नेभिगेशन
समाज

शेरबहादुरलाई विश्वप्रकाशको प्रश्न– एउटा बिचौलियाले भन्यो अरे भन्ने हल्लाको पछि लाग्न हुन्छ ?

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको आधिकारिता विवादमा भएको भनिएको आर्थिक ‘डिल’को पछि नलाग्न आग्रह गरेका छन् । उनले निवर्तमान सभापति शेरबहादुर देउवासमेत त्यो हल्लाको पछि लागेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली कांग्रेस काभ्रेले आयोजना गरेको कार्यक्रममा वरिष्ठ उपसभापति शर्माले देउवालाई इंगित गर्दै प्रश्न गरे– ‘एउटा बिचौलियाले भन्यो अरे भन्ने हल्लाको पछि लाग्न हुन्छ ?’ गत शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा देउवाले पार्टी किनबेच भएको टिप्पणी गरेका थिए । 

Marvel
Extreme Energy

शर्माले एक पटक जम्मा आठ नौ स्वास्थ्यमन्त्री भएको गगन थापा र एक पटक पनि मन्त्री नभएको आफूसँग त्यति धेरै पैसा खर्च गर्न सक्ने हैसियत नभएको स्पष्टीकरण पनि दिए । 

यस्तो छ शर्माको भनाइ 
कांग्रेस पार्टी विशेष महाधिवेशन गरिसकेर अहिले पन्ध्रौं महाधिवेशन पनि गरीसकेको छ। राष्ट्रिय एउटा आवश्यकता पर्यो, परिस्थिति पर्यो। त्यो परिस्थिति बमोजिम देशलाई नयाँ ढङ्गले लिएर जानुपर्ने अवस्था बन्यो। पार्टीलाई नयाँ ढङ्गले लानुपर्ने अवस्था बन्यो। यहाँ कसैले अनर्गल गरेर फेसबुकमा लेख्देर यति खाए रे, उति खाए रे, यति बुझाए रे, उति बुझाए रे, यति करोड बुझाए रे, ए बा बा । 

एक पटक केवल स्वास्थ्य मन्त्री ८–९ महिना भएको गगनकुमार थापा ।  जिन्दगीमा मन्त्री कहिले नबनेको सांसद मात्रै बनेको विश्वप्रकाश शर्मा।  करोड करोड बुझाउनु पर्यो भने हामी दुई भाइले बुझाउन सक्छौं जस्तो लाग्छ कि ? वर्षौँसम्म पटक–पटक सत्तामा बसेका नेताहरु उतै हुनुहुन्छ त। उहाँहरुले बुझाउन सक्ने हैन। त्यसैले यो खेल के हो भने, एउटा बिचौलियाले कहीं भन्यो अरे। भोलि एउटा बैंक डकैतीमा चाहिँ पक्राउ पर्‍यो बिशाल बजारबाट मान्छे गएर डकैती गर्‍यो, डकैतीमा परेको मान्छेले मानौ भन्दियो अरे कि फलानोलाई प्रधानमन्त्री बनाउनलाई फलानो प्रधानमन्त्रीको उम्मेदवारले दावी छोडेर ५० करोडमा डिल भएको थियो। त्यो डिल भएको पैसा चाहिँ नबुझाइसकेको हुँदा अहिले बैंकबाट डकैती गरेर पाँच करोड चाहिँ दाईलाई पुर्‍याउनलाई हामी आएको हौँ भनेर कसैले भन्यो भने त्यसलाई अदालतले मान्छ कि मान्दैन? कानुनले मान्छ कि मान्दैन? सामाजिक सञ्जालमा मान्छेले त्यसैको हुइयाँ सुन्नु हुन्छ कि हुँदैन? त्यसैले ढुक्क हुनुहोला, नेपाली कांग्रेस पार्टीको विशेष महाधिवेशन गरेर १५ औं महाधिवेशनसम्म पुग्दै गर्दा नेपाली कांग्रेस पार्टीको विधि, विधान, प्रक्रिया, पद्धति, संविधान सबै कुरा बमोजिम इमान्दारितापूर्वक सबै काम भएको छ र पार्टीका महाधिवेशन प्रक्रियाहरु पनि सम्पन्न भएका छन्। त्यसैले कांग्रेस अब देशका लागि आँखामा एउटा सपना देख्यो। मनमा एउटा हुटहुटीको आगो बोकेका गगन थापालाई सभापति बनाएर बडा योजनाबद्ध ढंगले अगाडि बढ्दै छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मध्यावधि निर्वाचन अमेरिकाका लागि ‘इतिहासकै ठूलो प्रतिगमन’ होः राष्ट्रपति ट्रम्प

मध्यावधि निर्वाचन अमेरिकाका लागि ‘इतिहासकै ठूलो प्रतिगमन’ होः राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यस वर्षको मध्यावधि निर्वाचनको परिणामले अमेरिका इतिहासमा ठूलो कदम पछाडि (प्रतिगमनतर्फ) गएको बताएका छन् ।
तिहारको चहलपहल : बजारमा किनमेलदेखि घरघरमा केराका थामको सजावट

तिहारको चहलपहल : बजारमा किनमेलदेखि घरघरमा केराका थामको सजावट

काठमाडौँ लगायतका बजार क्षेत्रमा बिहानैदेखि सर्वसाधारण सागसब्जी तथा दैनिक उपभोग्य सामग्री खरिद गर्न व्यस्त देखिएका छन्।
भोटेकोशीको कटानले हाकुबेँसीका १५६ परिवार जोखिममा, बस्ती स्थानान्तरणको माग

भोटेकोशीको कटानले हाकुबेँसीका १५६ परिवार जोखिममा, बस्ती स्थानान्तरणको माग

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको साढे दुई महिना बितिसक्दा पनि कटान र पहिरोको जोखिम नहटेपछि रसुवाको आमाछोदिङमो गाउँपालिका–१ स्थित हाकुबेँसीका १५६ परिवारले बस्ती सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग...
तिहार बिदामा पनि बाजुरा जिल्ला अदालत खुला रहने

तिहार बिदामा पनि बाजुरा जिल्ला अदालत खुला रहने

तिहार पर्वको सार्वजनिक बिदाका समयमा पनि बाजुरा जिल्ला अदालत खुला रहने भएको छ।