नेभिगेशन
सबै कुरा

इँटाभट्टामा मानिस जलाएको घटनाका अभियुक्त कांग्रेस नेता आलमको मुद्दाको अन्तिम सुनुवाइ आज

इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका अभियुक्त कांग्रेस नेता मोहम्मद अफताब आलमको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदै छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आलमविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ जिल्ला अदालत रौतहटका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजालसमा पेसी तोकिएको छ। 

Ncell
Extreme Energy

२०६४ सालको संविधानसभा निर्वाचनको समयमा रौतहटको राजापुरमा बम विस्फोट भएको र पोल खुल्ने डरले बम विस्फोटका घाइतेहरुलाई इँटा भट्टामा हालेर जलाएको आरोप लागेका उनीविरुद्ध आइतबार अन्तिम सुनुवाइका लागि पेसी तोकिएको हो । 

यसअघि पुष २९ गते पनि उनीविरुद्धको मुद्दाको पेसी स्थगितको सूचीमा परेको थियो । ७ न्यायाधीशको दरबन्दी रहेको जिल्ला अदालत रौतहटमा २ जना मात्र न्यायाधीश उपस्थित भएपछि मुद्दा स्थगितको सुचीमा परेको थियो ।

२०७६ कात्तिक १८ मा उनीविरुद्ध ‘विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर’मा रौतहट जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । मुद्दाको थुनछेक बहसपछि आलम २०७६ कात्तिक २९ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...