नेभिगेशन
समाज

काठमाडौंमा एक घण्टामा २१.६ मिलिमिटर वर्षा

काठमाडौं। काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा बिहान घाम लागिरहेको थियो। आकाशमा फाट्टफुट्ट बादल भए पनि ठूलो वर्षाको संकेत थिएन। असिनापानीको त कल्पना पनि थिएन।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मौसमविदहरूले एक साताअघि नै तिहारको मौसम प्रक्षेपण गरेका थिए। वरिष्ठ मौसमविद विनोद पोखरेलले भाइटीकाको दिन काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा हुने बताएका थिए।
तर बुधबार बिहानको मौसमी अवस्थाले त्यो पूर्वानुमान नमिल्ने संकेत देखाइरहेको थियो।

Marvel
Extreme Energy

टीकाको साइतसँगै काठमाडौंसहित देशका विभिन्न स्थानमा बदली सुरू भयो। मध्याह्नपछि सिन्धुपाल्चोक, नुवाकोट, गोरखा, लम्जुङसहित काठमाडौं उपत्यकामा पनि वर्षा सुरू भयो। काठमाडौं उपत्यकाका केही स्थानमा त बाक्लै असिनापानी पर्‍यो।

मौसम विज्ञान विभागको अद्यावधिक विवरणअनुसार पछिल्लो एक घण्टामा काठमाडौंमै बढी वर्षा भएको छ। विभागले वेबसाइटमा राखेको विवरणअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केन्द्रमा पछिल्लो एक घण्टामा २१.६ मिलिमिटर वर्षा भएको छ। गोदावरीमा ६.६ मिलिमिटर वर्षा भएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छ– परराष्ट्रमन्त्री खनाल

जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छ– परराष्ट्रमन्त्री खनाल

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) टर्किएको अन्ताल्या सहरमा जारी छ।
भाइटीकाको दिनमा काठमाडौंमा असिनासहित वर्षा

भाइटीकाको दिनमा काठमाडौंमा असिनासहित वर्षा

काठमाडौं उपत्यकामा हल्का वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंसहित देशका विभिन्न भागमा मध्याह्नपछि हल्का वर्षा भएको हो।
एनभिडिया प्रमुख हुआङमाथि भइरहेछ अनुसन्धान, शेयरधनीहरूले पनि दायर गरे मुद्दा

एनभिडिया प्रमुख हुआङमाथि भइरहेछ अनुसन्धान, शेयरधनीहरूले पनि दायर गरे मुद्दा

एआई चिप निर्माता एनभिडिया र यसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङविरुद्ध लगानीकर्तालाई गुमराहमा राखेको आरोपमा अमेरिकामा सामूहिक मुद्दा दायर भएको छ।
हराउँदै रानाथारुका मौलिक घर, सङ्कटमा सांस्कृतिक पहिचान

हराउँदै रानाथारुका मौलिक घर, सङ्कटमा सांस्कृतिक पहिचान

रानाथारु समुदायको मौलिक पहिचान झल्काउने परम्परागत घर पछिल्लो समय विस्थापित हुँदै गएका छन् ।