नेभिगेशन
सबै कुरा

पसलबाट कपडा चोरी गरेको आरोप लागेका नगर प्रहरीलाई सोधियो २४ घण्टे स्पष्टिकरण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नगर प्रहरी राधाकृष्ण थापासँग २४ घण्टे लिखित स्पष्टिकरण मागेको छ । नगर प्रहरी थापाले सटभित्रबाट पसलको सामग्री चोरी गरेको भन्दै भिडियो सामाजिक सञ्जालमा फैलिएपछि उनीसँग स्पष्टिकरण सोधिएको हो । 

थापाले महाबौद्धको पसलबाट जाडोमा लगाउने सर्टको कपडाको बण्डल चोरी गरेको भन्दै सीसीटीभी फुटेज सार्वजनिक भएको थियो । 

Global Ime Bank

महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेको हस्ताक्षर रहेको पत्रमा नगर प्रहरी थापाबाट लापरवाही भएको प्रस्ट देखिएको उल्लेख गरिएको छ । पत्रमा भनिएको छ, ‘महानगर प्रहरी बलले समपादन गर्ने कार्यमा खटिएको तपाई कमण्डर भएको टोलीबाट २०८०/१०/२७ गते शनिबारका दिन सटरभित्र रहेका सामानहरु समातेर नियन्त्रणमा लिएको दृश्यहरु सामाजिक सञ्जालमा प्रसारण भईहेको सम्बन्धमा तपाईको जिम्मेवमरीको लापरवाही भएको प्रस्ट देखिन्छ, यस सम्बन्धमा पछिसम्म फरक नपर्ने गरी २४ घण्टाभित्र लिखित रुपमा रुपष्टिकरण महानगर प्रहरी बलको कार्यालयमा पेश गर्नुहोला ।’

तोकिएको समयमा स्पष्टिकरण पेश नभए नगर प्रहरी ऐन २०८० अनुसार कारबाही गरिने उल्लेख गरिएको छ । 




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३४, गोलभेँडा सानो (टनेल)...
सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
स्पेनका नरेशद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी

स्पेनका नरेशद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी

सेभियास्थित रोयल अल्काजरमा आयोजित रात्रिभोजमा प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्य सहभागी भएका थिए । प्रधानमन्त्री ओली र स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच द्विपक्षीय भेटवार्ता भइसकेको...
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले बैठकमा गठबन्धन सरकारको काम, भ्रातृ संस्थाको अवस्था र पार्टीको सक्रिय सदस्यता वितरण, नवीकरण लगायतका विषयमा छलफल हुने जानकारी दिए ।