नेभिगेशन
सबै कुरा

पसलबाट कपडा चोरी गरेको आरोप लागेका नगर प्रहरीलाई सोधियो २४ घण्टे स्पष्टिकरण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नगर प्रहरी राधाकृष्ण थापासँग २४ घण्टे लिखित स्पष्टिकरण मागेको छ । नगर प्रहरी थापाले सटभित्रबाट पसलको सामग्री चोरी गरेको भन्दै भिडियो सामाजिक सञ्जालमा फैलिएपछि उनीसँग स्पष्टिकरण सोधिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

थापाले महाबौद्धको पसलबाट जाडोमा लगाउने सर्टको कपडाको बण्डल चोरी गरेको भन्दै सीसीटीभी फुटेज सार्वजनिक भएको थियो । 

Ncell
Extreme Energy

महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेको हस्ताक्षर रहेको पत्रमा नगर प्रहरी थापाबाट लापरवाही भएको प्रस्ट देखिएको उल्लेख गरिएको छ । पत्रमा भनिएको छ, ‘महानगर प्रहरी बलले समपादन गर्ने कार्यमा खटिएको तपाई कमण्डर भएको टोलीबाट २०८०/१०/२७ गते शनिबारका दिन सटरभित्र रहेका सामानहरु समातेर नियन्त्रणमा लिएको दृश्यहरु सामाजिक सञ्जालमा प्रसारण भईहेको सम्बन्धमा तपाईको जिम्मेवमरीको लापरवाही भएको प्रस्ट देखिन्छ, यस सम्बन्धमा पछिसम्म फरक नपर्ने गरी २४ घण्टाभित्र लिखित रुपमा रुपष्टिकरण महानगर प्रहरी बलको कार्यालयमा पेश गर्नुहोला ।’

तोकिएको समयमा स्पष्टिकरण पेश नभए नगर प्रहरी ऐन २०८० अनुसार कारबाही गरिने उल्लेख गरिएको छ । 




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दीपक साहलाई उद्योगमन्त्री नियुक्तिको तयारी

दीपक साहलाई उद्योगमन्त्री नियुक्तिको तयारी

दीपक साह उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बन्ने भएका छन् । दीपकलाई उद्योग मन्त्री नियुक्तिको तयारी रहेको प्रधानमन्त्री शाहको सचिवालयले जानकारी दिएको छ ।
सरकार सिंहदरबारबाट नभई बाहिरबाट हुकुमी र गुण्डा शैलीमा सञ्चालन भइरहेको छः अमरेशकुमार सिंह

सरकार सिंहदरबारबाट नभई बाहिरबाट हुकुमी र गुण्डा शैलीमा सञ्चालन भइरहेको छः अमरेशकुमार सिंह

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले संसदीय व्यवस्थामा प्रधानमन्त्रीय शासन व्यवस्था हुनुपर्नेमा सल्लाहकार र सचिवालय व्यवस्थामा परिवर्तन भएको आरोप समेत लगाए ।
कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छः मन्त्री गौतम

कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छः मन्त्री गौतम

विभिन्न सरकारी निकायका डिजिटल प्रणालीलाई आपसमा जोडेर अदालतका फैसला तथा त्यसको कार्यान्वयनको अवस्था एकीकृत रूपमा हेर्न सकिने व्यवस्था गर्न सके पारदर्शिता बढ्ने उहाँको विश्वास छ । जिल्ला अदालतले...
उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएकी छन्।

भर्खरै