नेभिगेशन
सबै कुरा

विद्याकी देवी सरस्वतीको पूजा–आराधना गरी मनाइँदै (तस्विरहरु)

काठमाडाैँ । आज माघ शुक्लपञ्चमी अर्थात श्रीपञ्चमी हिन्दू धर्मावलम्बीहरूको पर्व । आज देशभर विद्याकी देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । 

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

भारती, सरस्वती, शारदा, जगत्माता, वागीश्वरी, कौमारी, वरदायिनी, कामधेनु आदि हजारौँ नाम भएकी देवीको 'सरस्वती कवच' को मन्त्रबाट व्यास, वाल्मीकि, याज्ञावल्क्य, कणाद, पाणिनी आदिदेखि शङ्कराचार्य र सन्त तुलसीदाससम्मले सिद्धि प्राप्त गरेको भन्ने कथन पनि छ ।

सरस्वतीलाई विद्या र बुद्धिकी ज्ञाता मानिन्छ जसको कारण आजको दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षराम्भ गराउने चलन छ । सरस्वतीको पूजाको दिन अक्षराम्भ गरिए विद्या आउने विश्वास रही आएको छ । सोही विश्वासका साथ आज बिहानै देखि  स्वयम्भुस्थित सरस्वती मन्दिरमा श्रद्धालुहरूको भीड लागेको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दीपक साहलाई उद्योगमन्त्री नियुक्तिको तयारी

दीपक साहलाई उद्योगमन्त्री नियुक्तिको तयारी

दीपक साह उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बन्ने भएका छन् । दीपकलाई उद्योग मन्त्री नियुक्तिको तयारी रहेको प्रधानमन्त्री शाहको सचिवालयले जानकारी दिएको छ ।
सरकार सिंहदरबारबाट नभई बाहिरबाट हुकुमी र गुण्डा शैलीमा सञ्चालन भइरहेको छः अमरेशकुमार सिंह

सरकार सिंहदरबारबाट नभई बाहिरबाट हुकुमी र गुण्डा शैलीमा सञ्चालन भइरहेको छः अमरेशकुमार सिंह

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले संसदीय व्यवस्थामा प्रधानमन्त्रीय शासन व्यवस्था हुनुपर्नेमा सल्लाहकार र सचिवालय व्यवस्थामा परिवर्तन भएको आरोप समेत लगाए ।
कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छः मन्त्री गौतम

कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छः मन्त्री गौतम

विभिन्न सरकारी निकायका डिजिटल प्रणालीलाई आपसमा जोडेर अदालतका फैसला तथा त्यसको कार्यान्वयनको अवस्था एकीकृत रूपमा हेर्न सकिने व्यवस्था गर्न सके पारदर्शिता बढ्ने उहाँको विश्वास छ । जिल्ला अदालतले...
उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएकी छन्।

भर्खरै