नेभिगेशन
सबै कुरा

विद्याकी देवी सरस्वतीको पूजा–आराधना गरी मनाइँदै (तस्विरहरु)

काठमाडाैँ । आज माघ शुक्लपञ्चमी अर्थात श्रीपञ्चमी हिन्दू धर्मावलम्बीहरूको पर्व । आज देशभर विद्याकी देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइएको छ । 


Global Ime Bank

सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । 

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

भारती, सरस्वती, शारदा, जगत्माता, वागीश्वरी, कौमारी, वरदायिनी, कामधेनु आदि हजारौँ नाम भएकी देवीको 'सरस्वती कवच' को मन्त्रबाट व्यास, वाल्मीकि, याज्ञावल्क्य, कणाद, पाणिनी आदिदेखि शङ्कराचार्य र सन्त तुलसीदाससम्मले सिद्धि प्राप्त गरेको भन्ने कथन पनि छ ।

सरस्वतीलाई विद्या र बुद्धिकी ज्ञाता मानिन्छ जसको कारण आजको दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षराम्भ गराउने चलन छ । सरस्वतीको पूजाको दिन अक्षराम्भ गरिए विद्या आउने विश्वास रही आएको छ । सोही विश्वासका साथ आज बिहानै देखि  स्वयम्भुस्थित सरस्वती मन्दिरमा श्रद्धालुहरूको भीड लागेको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सानेपामा नेपाल तरूण दलका कार्यकर्ताहरूको आमरण अनशन, के हुन् माग ? (तस्बिरहरु)

सानेपामा नेपाल तरूण दलका कार्यकर्ताहरूको आमरण अनशन, के हुन् माग ? (तस्बिरहरु)

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलका असन्तुष्ट कार्यकर्ताहरूले सानेपास्थित पार्टी केन्द्रीय कार्यालयअगाडि आमरण अनशन सुरु गरेका छन्।
असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकमा के के भयो निर्णय ?

असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकमा के के भयो निर्णय ?

सोमबार सिंहदरबारमा असार १३ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले सर्वोच्च अदालतका उपसचिव कृतिबहादुर बस्नेत अध्यक्ष र बसन्तराज पुरी तथा गोविन्द शर्मा गैरै सदस्य...
धनगढीमा भारी वर्षा, एक दर्जन बढी बस्ती जलमग्न

धनगढीमा भारी वर्षा, एक दर्जन बढी बस्ती जलमग्न

गए रातिदेखिको अविरल वर्षा कारण धनगढी बजारलगायत आसपासका विभिन्न क्षेत्र आज जलमग्न भएका छन् । मुख्यगरी धनगढीको विशालनगर, मिलनचोक, शिवनगर, हसनपुर, क्याम्पस रोड, मालिका टोल, कृष्णनगर, पुरानो भन्सार...
सरकारलाई शिक्षक महासङ्घको चेतावनी: शिक्षा विधेयकमा षड्यन्त्र नहोस्, नत्र...

सरकारलाई शिक्षक महासङ्घको चेतावनी: शिक्षा विधेयकमा षड्यन्त्र नहोस्, नत्र...

नेपाल शिक्षक महासङ्घले सरकारलाई विद्यालय शिक्षा विधेयकमाथि षडयन्त्र नगर्न चेतावनी दिएको छ । महासङ्घले एक विज्ञप्ति सार्वजनिक गर्दै सरकारले आफूहरूसँगको सहमतिमा असार १५ गतेभित्र विधेयक ल्याउने प्रतिबद्धता जनाए...