नेभिगेशन
सबै कुरा

महानगरको स्मार्ट पार्किङमा घोटलाः अवैध रकम जम्मा हुने सहकारीलाई कारबाही गर्न तीन निकायलाई पत्राचार

Watch On

Facebook Tiktok Youtube Instagram Twitter
काठमाडौँ । काठमाडौं महानगरपालिकाले महानगर भित्रिको स्मार्ट पार्किङमा भएको अनियमितता छानविन गर्न ३ निकायलाई पत्राचार गरेको छ ।

पार्किङको जिम्मा पाएको कम्पनी ह्वील्स ट्रुली योर्स र एड गुरु एडभरटाइजिङ महानगरलाई छलेर जम्मा गर्ने पार्किङको अवैध रकम जम्मा हुने न्यूरोड कै समान बचत तथा ऋण सहकारी संस्थालाई कारबाही गर्न सहकारी विभाग, राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण विभागलाई पत्राचार गरेको हो । साे सहकारीमा छापा मारेर महानगरले सिल गरेकाे थियाे । 

सहकारीमा प्रशस्त मात्रामा अनियमितता भएको देखिए पछि महानगरको सहकारी विभागले उक्त सहकारीलाई कारबाही गर्न पत्राचार गरेको महानगर स्रोतले जानकारी दियो ।

‘अनियमितता देखिएको सहकारीलाई कारबाही गर्न सहकारी विभाग, सम्पत्ति शुद्धिकरण विभाग र राजश्व अनुसन्धान विभागमा पत्राचार गरिसकिएको छ,’ महानगर स्रोतले भन्यो,‘ उहाँहरुबाट के कस्तो कारबाही हुन्छ हेर्छौ । हामी पनि थप आन्तरिक अनुसन्धान गरिरहन्छौं ।’

महानगरका अधिकारीहरूकाअनुसार महानगरको पार्किङमा झण्डै ३ देखि ४ अर्ब रुपैयाँ घोटला भएको छ । महानगरको पार्किङमा घोटाला भएको समाचार सिधाकुराले प्रकाशित गरेको थियो ।  

Extreme Energy
citizen life

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
माफियाको जालोमा देश !

माफियाको जालोमा देश !

मैले सुरुमै भनिसकेँ, लहरो तान्दा पहरो थर्किँदै छ । केही बिचौलिया र उद्योगी व्यवसायी मात्रै होइन, सरकारी सेवामा रहेका उच्च पदस्थ कर्मचारीहरु पनि बिमा र पुनर्बिमा कम्पनीमा भएको...
उदयपुरमा २७ केजी गाँजासहित एक जना पक्राउ

उदयपुरमा २७ केजी गाँजासहित एक जना पक्राउ

अस्थायी प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले बिहान करिब ११ः४० बजे सवारी साधन चेकजाँच गर्ने क्रममा अटोमा ल्याइँदै गरेको अवस्थामा २७ किलो गाँजा बरामद गरेको हो। प्रहरीले उक्त...
दीपक भट्ट र सुलभ अग्रवाल थप ७ दिन हिरासतमा

दीपक भट्ट र सुलभ अग्रवाल थप ७ दिन हिरासतमा

आज विपक्षी दीपक भट्ट र सुलभ अग्रवालका तर्फबाट बरिष्ठ अधिवक्ताहरु कृष्ण प्रसाद सापकोटा, सविता भण्डारी बराल, लभ कुमार मैनाली, सुरेन्द्र कुमार महतो तथा अधिवक्ताहरु रमण कुमार श्रेष्ठ, समिर...
विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ

विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ

पक्राउ पर्नेमा रौतहट बौधीमाई नगरपालिका–७ का २५ वर्षीय मिथिलेश कुशवाहा, भोजपुर नगरपालिका–७ का ४४ वर्षीय केदारबहादुर भण्डारी, सप्तरी सुरूङगा नगरपालिका–५ का ५३ वर्षीय रामतुला मियाँ र  भक्तपुर सूर्यविनायक...