नेभिगेशन
सबै कुरा

महानगरको स्मार्ट पार्किङमा घोटलाः अवैध रकम जम्मा हुने सहकारीलाई कारबाही गर्न तीन निकायलाई पत्राचार

काठमाडौँ । काठमाडौं महानगरपालिकाले महानगर भित्रिको स्मार्ट पार्किङमा भएको अनियमितता छानविन गर्न ३ निकायलाई पत्राचार गरेको छ ।

पार्किङको जिम्मा पाएको कम्पनी ह्वील्स ट्रुली योर्स र एड गुरु एडभरटाइजिङ महानगरलाई छलेर जम्मा गर्ने पार्किङको अवैध रकम जम्मा हुने न्यूरोड कै समान बचत तथा ऋण सहकारी संस्थालाई कारबाही गर्न सहकारी विभाग, राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण विभागलाई पत्राचार गरेको हो । साे सहकारीमा छापा मारेर महानगरले सिल गरेकाे थियाे । 

सहकारीमा प्रशस्त मात्रामा अनियमितता भएको देखिए पछि महानगरको सहकारी विभागले उक्त सहकारीलाई कारबाही गर्न पत्राचार गरेको महानगर स्रोतले जानकारी दियो ।

‘अनियमितता देखिएको सहकारीलाई कारबाही गर्न सहकारी विभाग, सम्पत्ति शुद्धिकरण विभाग र राजश्व अनुसन्धान विभागमा पत्राचार गरिसकिएको छ,’ महानगर स्रोतले भन्यो,‘ उहाँहरुबाट के कस्तो कारबाही हुन्छ हेर्छौ । हामी पनि थप आन्तरिक अनुसन्धान गरिरहन्छौं ।’

महानगरका अधिकारीहरूकाअनुसार महानगरको पार्किङमा झण्डै ३ देखि ४ अर्ब रुपैयाँ घोटला भएको छ । महानगरको पार्किङमा घोटाला भएको समाचार सिधाकुराले प्रकाशित गरेको थियो ।  

Global Ime Bank

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
‘हटपट’ चाउचाउ न्यून गुणस्तर फेला, बजारबाट फिर्ता गर्न खाद्य विभागको आदेश

‘हटपट’ चाउचाउ न्यून गुणस्तर फेला, बजारबाट फिर्ता गर्न खाद्य विभागको आदेश

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरा नुडल्स प्रालिद्वारा उत्पादन गरिएको ‘हटपट’ ब्रान्डको चाउचाउ बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ।
गायिका एलिना चौहानलाई गालीगलौज गर्ने गुञ्जन राई पक्राउ

गायिका एलिना चौहानलाई गालीगलौज गर्ने गुञ्जन राई पक्राउ

गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा गुञ्जन राईलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोले चितवन स्थायी घर भई ललितपुरको बाडेगाउँमा बसोबास गर्दै आएका ३३...
नेपाली कांग्रेसबाट नागार्जुनको मेयरमा निर्वाचित मोहन बस्नेत भ्रष्टचारी ठहर, ८ वर्ष ३ महिना कैद

नेपाली कांग्रेसबाट नागार्जुनको मेयरमा निर्वाचित मोहन बस्नेत भ्रष्टचारी ठहर, ८ वर्ष ३ महिना कैद

सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दामा काठमाडौँको नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई विशेष अदालतले ८ वर्ष ३ महिना कैद र २६ करोड २५ लाख रुपैयाँभन्दा बढी सम्पत्ति जफत...
एयरपोर्ट गेट नजिकैको होटलबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

एयरपोर्ट गेट नजिकैको होटलबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा सिरहाको सिरहा नगरपालिका–८ का ४० वर्षिय मोहम्मद अख्तर मिया र धनुषाको कमला नगरपालिका–८ बस्ने ४२ वर्षिय सामन यादवलाई नियन्त्रणमा लिइएको...