नेभिगेशन
सबै कुरा

त्रिपुरेश्वरमा कार्यरत प्रहरी जवान लागुऔषधसहित पक्राउ

बाँके । जाजरकोट भेरी नगरपालिका वडा नम्वर ४ घर भएका प्रहरी जवान तिलक सुनार प्रतिबन्धित लागुऔषध सहित नेपालगन्जको जमुनाहा नाकाबाट पक्राउ परेका छन् । भारतको रुपैडियाबाट लागुऔषध लिएर आउँदै गर्दा २४ बर्षीय सुनारलाई लागुऔषध नियन्त्रण ब्युरो नेपालगन्जको टोलीले पक्राउ गरेको हो ।   

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुनारले ज्याकेटको गोजीमा राखेर ल्याउँदै गरेको अवस्थामा प्रतिबन्धित लागुऔषध ६ सय ट्याब्लेट ट्रामाडोल नामक लागुऔषध बरामद भएको  ईलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी नायब निरीक्षक (सई) नविन रिजालले जानकरी दिए ।

Ncell
Extreme Energy

पैदल हिडेर आउँदै गरेका सुनारको व्यवहार शंकास्पद लागेपछि लागुऔषध नियन्त्रण ब्युरो नेपालगन्जको टोलीले चेकजाँच गर्ने क्रममा उनको साथबाट लागुऔषध बरामद भएको हो ।

काठमाडौ उपत्यका प्रहरी शुरक्षा गण त्रिपुरेश्वरमा कार्यरत प्रहरी जवान सुनार कार्यरत छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...
जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहान ९ बजे १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) भरुवा बन्दुक फेला पारेको हो ।