नेभिगेशन
सबै कुरा
प्रतिनिधिसभा बैठक :

बालकुमारी घटनामा दोषी देखिएको भन्दै एमालेले माग्यो भौतिक पूर्वाधार मन्त्रीको राजीनामा

काठमाडाैँ । नेकपा एमालेका सचेतक महेश बर्तौलाले बालकुमारी घटनामा दोषी देखिएका मन्त्रीहरुलाई अविलम्ब बर्खास्त गर्न माग गरेका छन् । बर्ताैँलाले संसद बैठकमा मन्त्रीकाे राजीनामा मागेका हुन् । 


City Express

उनले गएको पुस १३ गते सिंगो देशलाई रुवाउने गरी बालकुमारीमा भएको घटनाबारे छानबिन गर्न पुस १६ गते बनाएको आयोगले भौतिक पूर्वाधार मन्त्रीको लापरवाही देखिएको भन्दै बर्खास्तीको माग गरेका हुन् । आयाेगले फागुन ४ गते सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

आयाेगले बुझाएकाे प्रतिवेदनमा मन्त्रीको लापरबाही देखिदा पनि मन्त्री अझै बहाल रहेको भन्दै बर्खास्त गनुृपर्ने माग राखेका हुन् । ‘प्रतिवेदनले निष्कर्ष निकाल्यो बहालवाला भौतिक मन्त्री जसको लापरबाहीको कारणले गर्दा त्यो घटना घट्यो, दुई जना युवाहरुको ज्यान गयो । सरकारको आयोगले मन्त्री दोषी भन्यो । तर सरकारका मन्त्री निष्कर्ष निस्केको २८/३० घण्टा हुँदा समेत मन्त्री पदमा बहाल हुनुहुन्छ । ‘प्रधानमन्त्रीले दोषी देखिएका मन्त्रीलाई बर्खास्त गरेको सूचना हामिले पाएनौँ ।’ 

त्यस्तै उनले मन्त्रीलाई जोगाएर कर्मचारी र सिपाहीलाई कारबाही गर्ने खेल भइरहेको पनि संकत गरे ।  उनले थपे, ‘हामीले सुन्दैछौँ सामान्य सिपाहीहरुलाई कारवाहीको डण्डा, मन्त्रीलाई उन्मुक्ति यो हुन सक्दैन । सिपाहीलाई डण्डा मन्त्रीलाई झण्डा, जनतालाई ऐन ठूला मन्त्रीहरुलाई चैन यो कुन खालको बिधिको सासन हो ? सरकारको सुशासन यही हो ?’ बर्तौलालाले प्रश्न गरे। । 

उनले भौतिक मन्त्री मात्र नभएर सम्पूण प्रसशासनको नतृत्व गर्ने गृहमन्त्री जोडिने अवस्था रहेको बताउँदै घटनामा जोडिएका मन्त्रीहरुलाई जिम्मेवारीबाट हटाउन माग गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

उनले लेखेका छन्, ‘भोलीको र्‍याली स्पष्ट  स्वस्फूर्तरुपमा Gen Z को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ , जस्कोलागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि...
अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

भोजपुरको साल्पासिलिछो गाउँपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, मोरङको सुनबर्षी नगरपालिका र ओखलढुंगाको सुनकोशी गाउँपालिकाले हालसम्म बजेट सार्वजनिक गर्न सकेका छैन ।
निर्माण व्यवसायी विरुद्ध जनप्रतिनिधि आन्दोलित

निर्माण व्यवसायी विरुद्ध जनप्रतिनिधि आन्दोलित

छ वर्ष बितिसक्दा पनि चौकीडाँडा–फल्टुडे सडक निर्माण व्यवसायीले सम्पन्न नगरेपछि जनप्रतिनिधिहरु आन्दोलमा उत्रिएका हुन् । ठेकेदार कम्पनीको विरोध स्वरुप वडा नम्बर ३, १०, ११ र १२ का जनप्रतिनिधिहरुले...