नेभिगेशन
सबै कुरा
प्रतिनिधिसभा बैठक :

बालकुमारी घटनामा दोषी देखिएको भन्दै एमालेले माग्यो भौतिक पूर्वाधार मन्त्रीको राजीनामा

काठमाडाैँ । नेकपा एमालेका सचेतक महेश बर्तौलाले बालकुमारी घटनामा दोषी देखिएका मन्त्रीहरुलाई अविलम्ब बर्खास्त गर्न माग गरेका छन् । बर्ताैँलाले संसद बैठकमा मन्त्रीकाे राजीनामा मागेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

उनले गएको पुस १३ गते सिंगो देशलाई रुवाउने गरी बालकुमारीमा भएको घटनाबारे छानबिन गर्न पुस १६ गते बनाएको आयोगले भौतिक पूर्वाधार मन्त्रीको लापरवाही देखिएको भन्दै बर्खास्तीको माग गरेका हुन् । आयाेगले फागुन ४ गते सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

आयाेगले बुझाएकाे प्रतिवेदनमा मन्त्रीको लापरबाही देखिदा पनि मन्त्री अझै बहाल रहेको भन्दै बर्खास्त गनुृपर्ने माग राखेका हुन् । ‘प्रतिवेदनले निष्कर्ष निकाल्यो बहालवाला भौतिक मन्त्री जसको लापरबाहीको कारणले गर्दा त्यो घटना घट्यो, दुई जना युवाहरुको ज्यान गयो । सरकारको आयोगले मन्त्री दोषी भन्यो । तर सरकारका मन्त्री निष्कर्ष निस्केको २८/३० घण्टा हुँदा समेत मन्त्री पदमा बहाल हुनुहुन्छ । ‘प्रधानमन्त्रीले दोषी देखिएका मन्त्रीलाई बर्खास्त गरेको सूचना हामिले पाएनौँ ।’ 

त्यस्तै उनले मन्त्रीलाई जोगाएर कर्मचारी र सिपाहीलाई कारबाही गर्ने खेल भइरहेको पनि संकत गरे ।  उनले थपे, ‘हामीले सुन्दैछौँ सामान्य सिपाहीहरुलाई कारवाहीको डण्डा, मन्त्रीलाई उन्मुक्ति यो हुन सक्दैन । सिपाहीलाई डण्डा मन्त्रीलाई झण्डा, जनतालाई ऐन ठूला मन्त्रीहरुलाई चैन यो कुन खालको बिधिको सासन हो ? सरकारको सुशासन यही हो ?’ बर्तौलालाले प्रश्न गरे। । 

उनले भौतिक मन्त्री मात्र नभएर सम्पूण प्रसशासनको नतृत्व गर्ने गृहमन्त्री जोडिने अवस्था रहेको बताउँदै घटनामा जोडिएका मन्त्रीहरुलाई जिम्मेवारीबाट हटाउन माग गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सदन बाहिर नबोलेका मन्त्री महाबीर पुनलाई संसदीय समितिले बोलायो

सदन बाहिर नबोलेका मन्त्री महाबीर पुनलाई संसदीय समितिले बोलायो

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन अहिले चर्चाको केन्द्रमा छन् ।
सभापतिको निर्देशनपछि मधेश झर्दै रास्वपाका सांसद

सभापतिको निर्देशनपछि मधेश झर्दै रास्वपाका सांसद

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु मधेशतिर झरेका छन् । कोही स्थलमार्ग त कोही हवाई मार्गबाट मधेश प्रदेशतिर लागेका हुन् ।
राष्ट्रिय सभाको बैठक बस्दै, गृहमन्त्री गुरुङले जवाफ दिने कार्यसूची

राष्ट्रिय सभाको बैठक बस्दै, गृहमन्त्री गुरुङले जवाफ दिने कार्यसूची

संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
राष्ट्रपतिले शितल निवासमा बोलाएर प्रधानमन्त्रीलाई के भने ?

राष्ट्रपतिले शितल निवासमा बोलाएर प्रधानमन्त्रीलाई के भने ?

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार उनीहरूबिच १५ मिनेट संवाद भएको थियो ।  प्रधानमन्त्री बनेपछि औपचारिक कार्यक्रममा बाहेक पहिलो पटक राष्ट्रपतिलाई भेट्न पुगेका बालेनले सुनसरी घटना र मुलुकमा...