नेभिगेशन
सबै कुरा
प्रतिनिधिसभा बैठक :

प्रधानमन्त्रीलाई रवि लामिछानेको प्रश्नः दोषीलाई साथमा लिएर हिड्ने, निर्दोषलाई फसाउन खोज्ने ? (भिडियो सहित)

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  प्रमाणले दोषी देखिएकाहरूलाई साथमा लिएर हिड्ने र निर्दोषलाई फसाउन लागि परेको दाबी गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै लामिछानेले बालकुमारी घटनामा छानबिन आयोगले दोषी ठहर गरेको भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाका विषयमा सदनमा प्रधानमन्त्रीले जाँच दिन चुनौती दिएका छन् । 

Extreme Energy
citizen life

साथै लामिछानेले सरकारका निकायहरूलाई सरकार बाहिरका व्यक्तिलाई नक्कली प्रमाण खडा गरेरै भएपनि थुन्न दबाब दिएको खुलासा गरेका हुन् । 

यस्तो छ संसद्मा रवि लामिछाने दिएको अभिव्यक्ति ः 

'सम्माननीय सभामुख महोदय, सबै भन्दा पहिला बालकुमारी घटनामा यो देशमा रोजगारी नपाएर, विदेशमा रोजगारी गरेर परिवार पाल्छु भनेर जान खोजेको दुई होनाहार युवा विरेन्द्र साह र सुजन राउतको दिनदहाडै गोली हानी हत्या गरियो, १०/१० लाख दिएर सरकार चुपचाप बस्यो । र अहिले छानबिन समितिले निष्कर्ष निकाल्यो जसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीनै दोषी रहेको कुरा प्रतिवेदनले ठहर गर्यो । प्रतिवेदनले स्पष्ट पारिसक्दा अहिलेसम्म पनि न सम्बन्धित मन्त्रीले आफ्नो नैतिकताको प्रदर्शन गरेका छन्, न सरकार न प्रधानमन्त्रीले कुनै छनक देखाउनु भएको छ । यसमा गर्नु पर्ने के होला ? 

छानबिन आयोगले दोषी ठहराउँदा ठहराउँदै पनि त्यस विषयमा चुइक्क नबोलेर अरु विषयमा भाषण दिदै जाने नैतिकता कहाँबाट प्राप्त हुन्छ ? यो विषयको जवाफ सदनलाई दिनु पर्ने हुन्छ । र मलाई विश्वास छ यसबारेमा प्रधानमन्त्रीले आज अवश्य पनि कुराकानी गर्नु हुने छ ।

सभामुख महोदय, म एउटा कुरा के स्पष्ट पार्न चाहन्छु भने, सरकार प्रमाण कँही कतै नभेटेका मान्छेहरूलाई प्रमाण खोजेर भएपनि, नक्कली प्रमाण बनाएर भएपनि, नक्कली उजुरी बनाएर भएपनि, जसरी भएपनि खोज, जसरी समात जसरी पनि थुन्न खोज भनेर दबाब दिनका लागि लागिरहने अनि छताछुल्ल प्रमाण भएका मान्छेहरूलाई वरिपरि लिएर हिँडिरहने हो भने विधिको शासनको बारेमा नबोले पनि हुन्छ । 

हामी बुझ्दछौँ, गठबन्धनको पिडा, हामी बुझ्दछौँ प्रधानमन्त्रीसँग जम्मा ३२ सिट भएको पीडा, तर हामी यो पनि बुझ्दछौँ नेपाली जनताले भोग्नु परेको पीडा कसैको सत्ता टिकाउनका लागि आधार नबनोस् । 

रास्वपाले रचनात्मकरुपमा सँधै सरकारले गरेको राम्रा कामको सदैव सम्मान गर्दै आएको छ । तर आफ्ना वरपरका मान्छेलाई बचाउन प्रयास गर्ने, अनि अन्यलाई फसाउन प्रयास गर्ने गरेको गन्ध आएको हुनाले सम्मानित सदनको ध्यानाकर्षण गराउन चाहन्छु । सरकारले फाइल खोल्ने हो भने हाम्रो दलबाट, म हुँदै मेरा सम्पूर्ण सांसदबाट सुरु गरोस् ठिक छ । तर अब अर्को फाइल सरकारले नखोलोस् , किनकी सरकारले फाइल खोल्ने भनेको त आफ्ना मान्छे बचाउनका लागि रहेछ । आफ्ना मान्छेको फोटो आउनका लागि रहेछ । त्यस कारण आज सम्माननीय सभामुख मार्फत सम्माननीय प्रधानमन्त्री र सरकारलाई म भन्न चाहन्छु, भ्रष्टाचार लगायतका सम्पूर्ण फाइल रास्वपाबाट खोल्न सुरु गरोस्, तर अन्य दलको नखोलोस् , कसैको पनि नखोलोस्  । 

फाइल खोल्नु के रहेछ भन्ने कुरा ललिता निवासमा देख्यौँ, फाइल खोल्नु केका लागि रहेछ सुन काण्डमा देख्यौँ, फाइल केका लागि खुल्दो रहेछ भन्ने भुटानी शरणार्थी प्रकरणमा देख्यौ । अब कति चिजमा हेर्न बाँकी होला र आफ्ना मान्छेको अनुहार आउँदा बित्तिकै बन्द गर्ने, र मुद्दा कमजोर बनाएर अदालतलाई फैसला गर्न ग्राहो बनाइदिने परिस्थिति बनाइदिने अनि न्यायालय बदनाम हुने ? न्यायलयले गर्यो , हामीले त गरेको होइन भन्ने अनुसन्धान गर्दै गर्दाका मान्छे सार्ने, यही हो फाइल खोल्ने तरिका म यत्ति भन्न चाहान्छु हामीबाट सुरु गरियोस्, मिडिया ट्याल पनि हामीबाट सुरु गरियोस्, २१ जना सांसद तयार छन्, सम्पुर्ण छानबिन हामीबाट गरियोस्, हाम्रा सम्पूर्ण फाइल  खोलियोस, हामीलाई कहाँ बोलाउने हो खडा गरियोस् तर अन्य फाइल सरकारले नखोलोस् , सरकारको नियतमा ठुलो शंका भयो र अन्त्यमा दुई होनाहार युवाले ज्यान गुमाएको यो घटनालाई रास्वपाले सामान्यरुपमा लिदैन । के गर्ने हो प्रधानमन्त्री ज्यूले आज यही संसदमा भन्नुहुने छ र आफूले प्रतिबद्धता गराए अनुसार सुशासनका लागि आफू जे पनि गर्न तयार छु, म देशमा केही गर्नका लागि आएको छ, यो कार्यकाल गज्जबको हुने छ भनेर जुन प्रतिवद्धता गर्नुभएको छ, आज प्रधानमन्त्रीको जाँच हुनेछ, प्रधानमन्त्रीले आज आफ्ना जाँच दिनुहुने छ, बालकुमारी घटनामा दोषी देखिएका मन्त्रीलाई के गर्ने हो, हाम्रो केही पनि माग छैन, प्रधानमन्त्रीले रोष्टमबाट भन्नुहुनेछ छ, हामीले हात दुखुन्जेल ढ्याप ढ्याप गर्न हामी तयार छौँ '।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यी हुन् अध्यादेशपछि खारेज हुन सक्ने १२०० भन्दा धेरै राजनीतिक नियुक्ति

यी हुन् अध्यादेशपछि खारेज हुन सक्ने १२०० भन्दा धेरै राजनीतिक नियुक्ति

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सार्वजनिक निकायमा राजनीतिक नियुक्ति भई बहाल रहेका पदाधिकारीलाई पदमुक्त गर्ने उद्देश्यले  सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश ल्याउन लागिएको हो ।
रास्वपा सांसदलाई रविले सम्झाए मर्यादाः कानुन बनाउने हो, बन्न नखोज्नू

रास्वपा सांसदलाई रविले सम्झाए मर्यादाः कानुन बनाउने हो, बन्न नखोज्नू

‘मालिक बन्न खोज्नेको लागि राष्ट्रिय स्वतन्त्र पार्टी होइन् । यो दल सेवक र सहजकर्ताहरूको लागि हो,’ लामिछानेले भने, ‘सांसदले सबै तहको समन्वय गर्न सक्नुपर्छ । प्रमुख प्राथमिकता भनेको...
संवैधानिक आयोगहरूमा व्यवहारिक काम गर्न कठिन हुँदैछ, नम्र राजनीतिक आक्रामकता आवश्यक छ: रवि लामिछाने

संवैधानिक आयोगहरूमा व्यवहारिक काम गर्न कठिन हुँदैछ, नम्र राजनीतिक आक्रामकता आवश्यक छ: रवि लामिछाने

‘कयौं संवैधानिक आयोग, नियोगमा खाली स्थानहरू छन, महत्त्वपूर्ण निर्णयहरू लिन ब्यबहारिक कठिनाइ हुँदैछ, वा कार्यवाहकले सम्झौता गरेर चलाउन बाध्य छन्’, सभापति लामिछानेले भने,’ धेरै कुरामा समय कुरेर मात्र...
सरकारविरुद्ध विपक्षी दलहरूले गरे यी चार निर्णय

सरकारविरुद्ध विपक्षी दलहरूले गरे यी चार निर्णय

बुधबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले संसद छलेर ल्याएको अध्यादेशको विरोध, भर्त्सना र निन्दा गर्ने निर्णय गरेको हो ।  यसैगरी बैठकले  सरकारलाई अध्यादेश फिर्ता लिन र राष्ट्रपतिलाई अध्यादेश...