नेभिगेशन
सबै कुरा

बालकुमारी घटनाकाे प्रतिवेदन मैले हेरेको छैन – प्रधानमन्त्री

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटनाकाे प्रतिवेदन आफूले नहेरेकाे बताएका छन् । प्रतिवेदनकाे अध्ययनपछि आवश्यक कारवाही हुने दाहालकाे भनाई छ। उनले संसदमा प्रस्नोत्तरका क्रममा कारवाही हुने बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संसद बैठकको सुरुवातै नेकपा एमालेका सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालकुमारी घटनामा छानबिन गर्न सरकारले बनाएको समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको लापरवाही देखिएको निष्कर्ष निकालेको बताउँदै बार्खास्त गर्नुपर्ने माग राखेका थिए । प्रधानमन्त्रीले त्यसको जवाफ दिदै आफूले प्रतिवेदन हेर्न नभ्याएको बताए । उनले भने, ‘सरकारले बनाएको छानबिन समितिले गृहमा प्रतिवेदन बुझाएको छ । आज मेले बुझ्दै छु । प्रधानमन्त्रीको हैसियतले मैले हेरेको छैन । मैले हेर्दै छु । आजै क्याविनेट छ । छानबिन समितिले दिएिको प्रतिवेदन अध्ययनपछि आवश्यक कारवाही गरिन्छ । म यो विश्वास दिलाउन चाहन्छु ।’

Ncell
Extreme Energy

साथै उनले बालकुमारी घटनाबारे गलत प्रचार भएको बताउँदै पीडित परिवारलाई १० दिएर सरकार चुप बसेको भन्ने आरोपको खण्डन गरे । उनले परिवारको एक एक जनालाइृ रोजगारीको साथै थप राहत उपलब्ध गराउन निर्देशन भएको जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।
रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रास्वपा सांसद सोम शर्माले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहका बीचमा फाटो ल्याउन सम्भव नभएको बताएका छन् ।
बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा अझ ठूलो लगानी गरेर उद्यो विस्तार गर्न र नयाँ प्रविधि भित्र्याउँदै रोजगारी सिर्जना गर्न नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । आज...
भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् ।