नेभिगेशन
सबै कुरा

ललिता निवास जग्गा प्रकरणः गैर आवासीय नेपाली संघ सर्वोच्च जाने

काठमाडौँ । गैर आवासीय नेपाली संघ एआरएनए ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतबाट भएको फैसला विरुद्ध सर्वोच्च अदालत जाने भएको छ ।  

विशेष अदालतको बिहीबारको फैसलाले बालुवाटारमा रहेको ललिता निवासले चर्चेको तर पछि  व्यक्ति तथा संस्थाको नाममा हडपिएको सबै जमिन सरकारीकरण हुने फैसला गरेको थियो । सो फैसला पछि संघको मुख्य कार्यालयसमेत सरकारी करण हुने चर्चाका बीच संघले एक प्रेस वक्तव्य जारी गर्दै विशेष अदालतको फैसला विरुद्ध सर्वोच्चमा रिट दायर गर्ने बताएको हो । 

सरकारबाटै अनुमति लिएर जग्गा खरिद गरेको र त्यसमा मुख्यालय निर्माण गरेको दाबी गर्दै संघले सर्वोच्चबाट समेत सरकारकै पक्षमा फैसला भए त्यसलाई स्वीकार गर्ने जनाएको छ । ‘विशेष अदालतको निर्णय र त्यसको प्रभाव बारे संघले सर्वोच्च अदालतमा अन्तिम निराकरणको लागि अपिल गर्ने छ । सम्मानित सर्वोच्च अदालतको निर्णय संघलाई पनि मान्य हुने नै छ ।

तब सम्म भोगाधिकार हक र स्वामित्व संघमै निहित रहने छ,’ संघले भनेको छ । सर्वोच्च अदालतको अन्तिम निर्णय पश्चात पनि जग्गाको स्वामित्व आफ्नोमा नआए जग्गा बिक्री गर्ने विरुद्ध मुद्दा दायर गरी लागत रकम थैली अङ्क प्राप्त गर्ने र सम्पूर्ण क्षतिपूर्ति असुल गर्ने संघले जनाएको छ । 

त्यस अघिसम्म संघले आफ्नो मुख्यालय निर्वाध सोही स्थानमा सञ्चालन गर्ने पनि प्रवक्ता फणिन्द्र पन्तद्धारा जारी विज्ञप्तिमा भनिएको छ । संघले १४ जेठ २०७२ कार्यकाल २०१३ -२०१५ ) मा संघको हाल कार्यालय रहेको भवनको ३ रोपनी जम्मा ४८ आना ) जग्गा प्रति आना २६ लाख ५० हजार रुपैयाँका दरले १२ करोड ७२ लाखमा खरिद गरेको थियो ।

बिक्रेताहरू शोभाकान्त ढकाल, रामकुमार सुवेदी, सन्दिप ढकाल, उमाकुमारी ढकाल र माधवी सुवेदीमार्फत बैंक भुक्तानी गरि किनिएको संघले प्रष्टयाएको छ । त्यसयता कार्यालयसहितका संरचना लगायतमा करिब २९ करोड रुपैयाँ खर्च भएको संघले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रतिनिधिसभा बैठक सुरु

प्रतिनिधिसभा बैठक सुरु

प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ भएको छ । सभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ ।
रसुवा बाढीमा मृतकको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी सम्पर्कविहीन

रसुवा बाढीमा मृतकको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी सम्पर्कविहीन

रसुवाको भोटेकोशीसहित विभिन्न नदीमा आएको बाढी र त्यसबाट प्रभावित क्षेत्रमा ज्यान गुमाउनेको संख्या १ हजार ३६७ पुगेको छ।
बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यासको अभाव सहज बनाउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।
खोलाले बगाउँदा किशोर बेपत्ता, खोजी जारी

खोलाले बगाउँदा किशोर बेपत्ता, खोजी जारी

खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् । जगन्नाथ गाउँपालिका–३ अन्दाजी १६–१७ वर्षीय  अनुज सिंह खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन् ।