नेभिगेशन
सबै कुरा

मेलम्ची खानेपानीमा भ्रष्टाचारः पूर्व सचिव भिम उपाध्याय सहित १८ जना विरुद्ध मुद्दा दायर

काठमाडौँ । मेलम्ची खानेपानी परियोजनामा अनियमितता गरेको अभियोगमा खानेपानी मन्त्रालयका पूर्वसचिव भिम उपाध्याय सहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विषेश अदालतमा पूर्वसचिव उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुरलाई प्रतिवादी बनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अख्तियारले मेलम्ची खानेपानी विकास समितिको बोर्डको तत्कालीन अध्यक्ष रहेका खानेपानी मन्त्रालयका तत्कालीन सचिव उपाध्यायविरुद्ध ४ करोड ११ लाख ३४ हजार २ सय ७९ रुपैयाँ बिगो माग दाबी गरेको छ । 

Extreme Energy
citizen life

यस्तै तत्कालीन बोर्ड अध्यक्ष एवं खानेपानी मन्त्रालयका तत्कालीन सचिव डा. शर्मा र अर्थ मन्त्रालयका तत्कालीन सह-सचिव तथा तत्कालीन बोर्ड सदस्य  पौडेलविरुद्ध जनही ६ कराेड ९७ लाख ८३ हजार १ सय ७८ रूपैयाँ बिगाे माग दाबी गरेकाे छ ।

यस्तै मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल र रुद्रसिंह तामाङ, कार्यकारी निर्देशहकरु घनश्याम भट्टराई, रामचन्द्र देवकोटा, सूर्यराज कडेल सहित १५ जना नेपाली र तीन विदेशी परामर्शदातालाई पनि प्रतिवादी बनाइएको छ । 

तामाङमा हाल अध्यागन विभागका महानिर्देशक रहेका छन् । तामाङ विरुद्ध अख्तियारले ११ कराेड ०९ लाख १७ हजार ४ सय ५८ रूपैयाँ  बिगाे माग दाबी गरेकाे छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकारी छाप दुरुपयोगको अभियोगमा तीन जना पक्राउ

सरकारी छाप दुरुपयोगको अभियोगमा तीन जना पक्राउ

पक्राउ पर्नेमा जिल्ला सल्यान बागचौर नगरपालिका२ बस्ने २० वर्षीय दीपक भण्डारी, सोही ठाउँका १९ वर्षीय सरोज घर्ती मगर र १९ वर्षीय राजन बिष्ट रहेको जिल्लास्थित प्रहरीका प्रवक्ता प्रहरी...
लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ महानगरपालिका–१२ टेकु ब्रह्मटोलबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ५६० वटा ट्रामाडोल ट्याब्लेटसहित एक, ललितपुर महानगरपालिका–३ कृष्णगल्लीबाट २६७ वटा ट्रामाडोल ट्याब्लेटसहित दुई , सुनसरीको बराहक्षेत्र नगरपालिका–३ कालिन्द्र...
जब एक महिलाले मर्न लागेको भन्दै श्रीमानलाई भिडियोकल गरिन्

जब एक महिलाले मर्न लागेको भन्दै श्रीमानलाई भिडियोकल गरिन्

ललितपुर महानगरपालिका–२७ सुनाकोठी बस्ने ४३ वर्षीया महिलाले आफ्नो श्रीमान्लाई सामाजिक सञ्जालमा भिडियोकल गरी आफू मर्न लागेको जानकारी गराएको भनी निजको श्रीमान्ले जिल्ला प्रहरी परिसरको प्रहरी कन्ट्रोल १०० मा...
दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालयमा १२ घण्टा सम्पत्ति शुद्धीकरण विभागको 'विशेष अपरेशन'

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालयमा १२ घण्टा सम्पत्ति शुद्धीकरण विभागको 'विशेष अपरेशन'

विभागले भट्टका व्यावसायिक साझेदार शङ्कर ग्रुपका सुलभ अग्रवालको कार्यालयमा पनि मङ्गलवार छापा हानेको छ । उनको कार्यालयबाट पनि महत्त्वपूर्ण कागजपत्र, ल्यापटप र सिसिटिभी फुटेज नियन्त्रणमा लिएको छ।