नेभिगेशन
सबै कुरा

त्रिभुवन विमानस्थल ओर्लने बितिक्कै सम्पर्कविहीन भए दुलाल, सम्पर्कमा आउन परिवारको आग्रह

काठमाडौँ । वैदेशिक रोजगारीबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्पर्कविहीन बनेका मकवानपुरका रामहरि दुलाललाई घर फर्कन परिवारले आग्रह गरेका छन् । 

मकवानपुरगढी सिमलटारी घर भई मलेसियाको क्वालालम्पुर विमानस्थल हुँदै शनिबार बिहान नेपाल आएका उनी सम्पर्कविहीन बनेका हुन् । विमानस्थलको अभिलेख अनुसार दुलाल आएको जहाज शनिबार बिहान ११ः ०४ मा नेपाल ल्यान्ड भएको थियो । विमानबाट ओर्लिएपछि पनि परिवारको सम्पर्कमा नआएपछि उनका परिवार आत्तिँदै विमानस्थल प्रशासनमा पुगेका हुन् । 

विमानस्थल पुगेका उनीहरूलाई अध्यागमन विभागले समेत दुलाल अध्यागमन पास भएर बाहिरिएको बतायो । त्यसपश्चात् विमानस्थल प्रहरीकहाँ गएर खोजी गर्न आग्रह गरेका उनका परिवारलाई प्रहरीले सिसिटिभी क्यामेरा देखायो । जहाँ रामहरि दुलाल विमानस्थलबाट भाडाको भ्यान लिएर विमानस्थलबाट बाहिरिएको उनका दाइ गोविन्दराज दुलालले बताए ।  

२ वर्षपछि नेपाल फर्किएका रामहरि सम्पर्कविहीन भएपछि उनका परिवार आत्तिएका छन् । ‘घरमा  परिवार तिम्रो बाटो कुरिरहेका छन् । जहाँ छौ सम्पर्कमा आउ’, सिधाकुरा मार्फत भाइलाई अनुरोध गर्छन् गोविन्द । 

त्यस्तै उनी रामहरिलाई कोही कसैले देखे नजिकको प्रहरी वा तल दिइएका नम्बरमा सम्पर्क गर्न अनुरोधसमेत गर्छन् । 

सम्पर्क नम्बर : ९८५५०८६५९४, ९८४५२८६५९४

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तीन पूर्व सचिवहरु रास्वपाको विज्ञ सल्लाहकार मनोनित

तीन पूर्व सचिवहरु रास्वपाको विज्ञ सल्लाहकार मनोनित

नियुक्त भएका तीनैजना विज्ञ सदस्यहरू विगतमा नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, जल तथा ऊर्जा आयोग लगायतका निकायहरूमा नेतृत्वदायी भूमिकामा रहीसकेका छन् ।
मन्त्री राजकुमारलाई घुस दिने विचौलीया पूर्वमन्त्री तथा नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ

मन्त्री राजकुमारलाई घुस दिने विचौलीया पूर्वमन्त्री तथा नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ

मन्त्री राजकुमारलाई घुस दिने विचौलीया पूर्वमन्त्री तथा नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ
केपी ओली र एमालेले भ्रष्टाचार गर्दैन:  प्रधानमन्त्री ओली

केपी ओली र एमालेले भ्रष्टाचार गर्दैन:  प्रधानमन्त्री ओली

आफूबिनाको एमाले देख्न चाहने प्रतिक्रियावादीहरूको खेल भएको टिप्पणी गर्दै अध्यक्ष ओलीले पार्टीभित्र र बाहिरबाट भइहेका षड्यन्त्र चिर्दै ढुक्कका साथ सही नीति र नेतृत्वको पक्षमा लाग्न आग्रह गरे ।
अश्लीलता फैलाएको भन्दै शान्तिश्री,प्रियंका देखि रामजी खाँड सहितका ३ गीतविरुद्द साइबर ब्युरोमा उजुरी

अश्लीलता फैलाएको भन्दै शान्तिश्री,प्रियंका देखि रामजी खाँड सहितका ३ गीतविरुद्द साइबर ब्युरोमा उजुरी

संस्थाका अनुसार, ती गीतमा प्रयोग गरिएका शब्द, हाउभाउ र प्रस्तुत शैलीले सामाजिक र सांस्कृतिक संवेदनशीलतालाई ठेस पुर्‍याएको छ। आइतबार अपरान्ह संस्थाका पदाधिकारीहरू साइबर ब्युरो कार्यालयमा पुगेर औपचारिक उजुरी...

भर्खरै