नेभिगेशन
सबै कुरा

तनहुँ जीप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको बोलेरो जिप दुर्घटना हुँदा ज्यान गुमाउनेको पहिचान खुलेको छ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका -६ छापस्वाँराका ७२ वर्षीय आसवीर गुरुङ र व्यास नगरपालिका - ९ गजौडे का १७ वर्षीया तुलसी गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। आसवीरको घटनास्थलमै र तुलसीको उपचारका क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो।

Ncell
Extreme Energy

बरादी- हिलेखर्कस्थित भित्री सडकखण्डमा जन्ती बोकेको बा १८ च ५९२१ नम्बरको बोलेरो जिप आज बिहान दुर्घटना भएको थियो। दुर्घटनामा १६ जना घाइते भएका छन्। 

अनियन्त्रित भई सडकबाट अन्दाजी पाँच सय मिटर तल जिप खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा आँबुखैरेनी गाउँपालिका -६ प्यूघरका १५ वर्षीया सुविना गुरुङ, सोही ठाउँका ६७ वर्षीय मनबहादुर गुरुङ, ३८ वर्षीया सुकमाया गुरुङ, छ वर्षीया एलिसा गुरुङ, १९ वर्षीया सविता गुरुङ र बन्दीपुर गाउँपालिका- ३ सुखौरा बस्ने १० वर्षीय शिशिर गुरुङ घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरूको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ।

यसैगरी आँबुखैरेनी –६ छापस्वाँराका ५६ वर्षीय सोमलाल गुरुङ, प्युघरफाँट बस्ने ७० वर्षीय भक्कुलाल गुरुङ, ५६ वर्षीय शेरबहादुर गुरुङ, ३६ वर्षीया आसमाया गुरुङ, १० वर्षीया दीक्षा गुरुङ, ५२ वर्षीय सेते गुरुङ, आँबुखैरेनी - १ गिरौनचौर बस्ने जिपचालक ३८ वर्षीय राजकुमार विश्वकर्मा, आँबुखैरेनी -६ छापस्वाँराका ३६ वर्षीया चिजकुमारी गुरुङ, १८ महिने सुसन गुरुङ, ३७ वर्षीया सुनिता गुरुङ घाइते भएका छन्। 

उनीहरूको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रतिनिधिसभा बैठक सुरु

प्रतिनिधिसभा बैठक सुरु

प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ भएको छ । सभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ ।
रसुवा बाढीमा मृतकको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी सम्पर्कविहीन

रसुवा बाढीमा मृतकको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी सम्पर्कविहीन

रसुवाको भोटेकोशीसहित विभिन्न नदीमा आएको बाढी र त्यसबाट प्रभावित क्षेत्रमा ज्यान गुमाउनेको संख्या १ हजार ३६७ पुगेको छ।
बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यासको अभाव सहज बनाउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।
खोलाले बगाउँदा किशोर बेपत्ता, खोजी जारी

खोलाले बगाउँदा किशोर बेपत्ता, खोजी जारी

खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् । जगन्नाथ गाउँपालिका–३ अन्दाजी १६–१७ वर्षीय  अनुज सिंह खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन् ।