नेभिगेशन
सबै कुरा

देश विकासमा हैन एमालेको विरोधमा केन्द्रित छ गठबन्धन: केपी ओली

ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन एमालेको विरोधका लागि मात्रै केन्द्रित भएको बताएका छन् । 

पार्टी कार्यालय च्यासलमा मंगलबार पार्टीको सातौँ केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले जनता र मुलुकका मुद्दामा गठबन्धन केन्द्रित नरहेको र नितान्त एमालेको विरुद्ध केन्द्रित रहेको बताएका हुन् । एमालेमाथिको प्रहार लोकतान्त्रीक अभ्यासबाट शान्तिपूर्ण तवरले प्ररास्त गर्ने उनले बताए । ओलीले देशका लागि असफल भइसकेको गठबन्धनकै कारण जनताको आक्रोश र निराशा भयावह ढंगले बढिरहेको आरोप लगाए ।

जनतामा रहेका असन्तुष्टिलाई दक्षिणपन्थी प्रतिक्रियावादी भित्री र बाहिरी शक्तिले असन्तुष्टिलाई प्रयोग गर्न खोजिरहेको उनले बताए । सक्कली राजतन्त्र ५८ साल जेठ १९ गते समाप्त भइसकेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसपछि राजनीतिक कमजोरीको फाइदा उठाउँदै कुशको नक्कली राजतन्त्र खडा गरिएको तर्क गरे । उनले जनआन्दोलनको रापतापले फालेको राजतन्त्र फेरि ल्याउने मिठो सपना र कल्पना बोकेर आफ्नो दुनो सोझ्याउने धन्दा मौलाएको धारणा राखे ।

अहिलेको गठबन्धनको असफलताले नयाँ शक्ति भन्दै स्वतन्त्र पार्टी भन्नेहरू जन्मिएको  र असफल गठबन्धनकै कारण राजतन्त्रको कुरा उठिरहेको उनले बताए । ओलीले एमालेकाविरुद्ध झुटो लान्छना लगाउने कामले देशका लागि कोही छैन भन्ने भाष्य सिर्जना भएको जिकिर गरे ।

उनले गठबन्धनले देशलाई डुबाउन खोजेको भन्दै एमालेले देशलाई जोगाउँदै सुशासन र विकासलाई अघि बढाउनुपर्ने बताए । ओलीले शान्तिप्रक्रियाका कामलाई पीडितलाई न्याय दिने गरि छिटो भन्दा छिटो टुङ्गोमा पुर्याउनुपर्नेमा एमालेको जोड रहेको पनि बताए ।

त्यस्तै ओलीले झापाको गिरीबन्धु टी स्टेटको जग्गा सट्टापट्टा सम्बन्धमा केही तलमाथि नभएको भन्दै यस विषयमा अदालतले गरेको फैसलालाई लिएर विरोधीले प्रचार गर्न खोजेको बताएका छन् । फाल्गुन १० गतेसम्म चल्ने एमाले केन्द्रीय कमिटीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र दबाबको एजेन्डा तथा समसामयिक प्रस्तावमाथि छलफल भइ निष्कर्ष निकाल्ने एमालेले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।
रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रास्वपा सांसद सोम शर्माले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहका बीचमा फाटो ल्याउन सम्भव नभएको बताएका छन् ।
बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा अझ ठूलो लगानी गरेर उद्यो विस्तार गर्न र नयाँ प्रविधि भित्र्याउँदै रोजगारी सिर्जना गर्न नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । आज...
भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् ।