नेभिगेशन
सबै कुरा

शक्तिको दुरुपयोग गरी मलाई कमजोर बनाउन सक्दैनौ, प्रयास नै नगर : रवि लामिछाने

कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई फसाउन झुटा कुरामा जबरजस्ती आफूलाई दोषी बनाउन गिरोह सक्रिय भएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार कपिलवस्तुको जीतपुरस्थित बुद्ध रंगशालामा रास्वपाको खुलासभालाई सम्बोधन गर्दै उनले पछिल्ला समय आफूलाई फसाउन र झुटा कुरामा जबरजस्ती आफूलाई दोषी बनाउन गिरोह लागिपरेको तर नसक्ने बताएका छन् । ‘शक्तिको दुरुपयोग गरी झुटा र अनर्गल प्रचार गरेर मलाई कसैले कमजोर बनाउन सक्दैनौ, प्रयास नै नगरे हुन्छ। ’, लामिछानेले भने ।

Ncell
Extreme Energy

उनले मानिसबाट समय समयमा कमजोरी हुने भएपनि आफूले आजका दिनसम्म पनि कसैमाथि अन्याय नगरेको बताएका छन् । 

त्यस्तै सभालाई सम्बोधन गर्दै उनले जनताले परिवर्तनको कसम खाएर चार वर्ष प्रतिवद्ध रहे मुलुकमा परिवर्तन हुन कसैले नरोक्ने दाबी गरे । उनले भने, ‘म शक्तिशाली जनता हुँ, दास होइन, नोकर होइन, म लोभी होइन। रक्सी–मासुमा भोट बेच्नेवाला होइन। म सचेत नागरिक हुँ भनेर कसम खान सक्नुहुन्छ ? र, त्यो कसम चार वर्ष टिकाउन सक्नुहुन्छ? सक्नुहुन्छ भने यो देशमा परिवर्तन कसैले पनि रोक्न सक्दैन।’

उनले रास्वपाले बहुमतको सरकार हाँकेको दिन आफूहरुले देखाएका सबै सपना पूरा गर्ने र त्यो पूरा गर्न नसके राजनीतिबाटै अलग हुने घोषणासमेत  गरे । उनले भने ’एक कार्यकाल बहुमतको सरकार चलाएर आफूले भनेका कुरा पूरा गर्न नसके राजनीतिबाटै अलग हुनेछु । राम्रो गरुन्जेल घण्टी बजाउनुस्। नराम्रो गर्दा घण्टीले हामीलाई नै बजाइदिनुस्।’

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका उपसभापति डिपि अर्यालले रास्वपाले नेपाललाई भावी पुस्ताका लागि बस्नयोग्य देश बनाउने बताएका छन् । 

‘भावी पुस्ताका लागि बस्नलायक देश बनाउने दायित्व रास्वपाले पूरा गर्नेछ। जनताको आशा र अपेक्षा पूरा गर्न रास्वपा सधैँ इमानदार रहनेछ । नागरिकको अहित हुने काम कहिल्यै गर्ने छैनौँ ।’

त्यस्तै शनिबारको भेलालाई पार्टीका केन्द्रीय सदस्य क्रान्तिशिखा धिताल, अर्जुन अधिकारीले पनि सम्बोधन गरेका थिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।