नेभिगेशन
सबै कुरा

शक्तिको दुरुपयोग गरी मलाई कमजोर बनाउन सक्दैनौ, प्रयास नै नगर : रवि लामिछाने

कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई फसाउन झुटा कुरामा जबरजस्ती आफूलाई दोषी बनाउन गिरोह सक्रिय भएको बताएका छन् । 

शनिबार कपिलवस्तुको जीतपुरस्थित बुद्ध रंगशालामा रास्वपाको खुलासभालाई सम्बोधन गर्दै उनले पछिल्ला समय आफूलाई फसाउन र झुटा कुरामा जबरजस्ती आफूलाई दोषी बनाउन गिरोह लागिपरेको तर नसक्ने बताएका छन् । ‘शक्तिको दुरुपयोग गरी झुटा र अनर्गल प्रचार गरेर मलाई कसैले कमजोर बनाउन सक्दैनौ, प्रयास नै नगरे हुन्छ। ’, लामिछानेले भने ।

उनले मानिसबाट समय समयमा कमजोरी हुने भएपनि आफूले आजका दिनसम्म पनि कसैमाथि अन्याय नगरेको बताएका छन् । 

त्यस्तै सभालाई सम्बोधन गर्दै उनले जनताले परिवर्तनको कसम खाएर चार वर्ष प्रतिवद्ध रहे मुलुकमा परिवर्तन हुन कसैले नरोक्ने दाबी गरे । उनले भने, ‘म शक्तिशाली जनता हुँ, दास होइन, नोकर होइन, म लोभी होइन। रक्सी–मासुमा भोट बेच्नेवाला होइन। म सचेत नागरिक हुँ भनेर कसम खान सक्नुहुन्छ ? र, त्यो कसम चार वर्ष टिकाउन सक्नुहुन्छ? सक्नुहुन्छ भने यो देशमा परिवर्तन कसैले पनि रोक्न सक्दैन।’

उनले रास्वपाले बहुमतको सरकार हाँकेको दिन आफूहरुले देखाएका सबै सपना पूरा गर्ने र त्यो पूरा गर्न नसके राजनीतिबाटै अलग हुने घोषणासमेत  गरे । उनले भने ’एक कार्यकाल बहुमतको सरकार चलाएर आफूले भनेका कुरा पूरा गर्न नसके राजनीतिबाटै अलग हुनेछु । राम्रो गरुन्जेल घण्टी बजाउनुस्। नराम्रो गर्दा घण्टीले हामीलाई नै बजाइदिनुस्।’

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका उपसभापति डिपि अर्यालले रास्वपाले नेपाललाई भावी पुस्ताका लागि बस्नयोग्य देश बनाउने बताएका छन् । 

‘भावी पुस्ताका लागि बस्नलायक देश बनाउने दायित्व रास्वपाले पूरा गर्नेछ। जनताको आशा र अपेक्षा पूरा गर्न रास्वपा सधैँ इमानदार रहनेछ । नागरिकको अहित हुने काम कहिल्यै गर्ने छैनौँ ।’

त्यस्तै शनिबारको भेलालाई पार्टीका केन्द्रीय सदस्य क्रान्तिशिखा धिताल, अर्जुन अधिकारीले पनि सम्बोधन गरेका थिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...

भर्खरै