नेभिगेशन
सबै कुरा

विवादित मन्त्रीहरुलाई बर्खास्त गर्न एमालेको माग

काठमाडाेँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विवादित मन्त्रीहरुलाई बर्खास्त गर्नुपर्ने माग राखेको छ । एमालेका प्रमुख सचेतक पदम गिरीले संसद बैठकमा आकस्मिक समयमा बाेल्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रमुख सचेतक गिरीले प्रधानमन्त्रीले विवादित मन्त्रीहरूबारे छिटो जवाफ दिनुपर्ने दोहोर्याए । उनले भने, ‘विवादित मन्त्रीहरूबारे छिटोभन्दा छिटो प्रधानमन्त्रीले जवाफ दिनुहोस् । बदनीयत बोकेका र छानबिनमा रहेका मन्त्रीलाई चाँडो बर्खास्त गरियोस् ।’

Ncell
Extreme Energy

एमाले लगायतका दलहरुले बालकुमारी घटनामा सरकारले गठन गरेको आयोगमा भौति पूर्वाधारमन्त्री प्रकाश ज्वाला दोषी देखिएको भन्दै राजिनामाको मग गर्दै आएका छन् । त्यस्तै टेरामस्क प्रबिधि खरिद प्रकरण स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत अख्तियारको छानबिनमा परेकाले उनले राजनिामा दिनुपर्ने माग संसदमा उठेको छ । यता रामग्राम क्षेत्रको जग्गा भाडामा दिने निर्णय गरेका संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीलाई बर्खास्त गर्नुपर्ने माग गरिएको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।