नेभिगेशन
सबै कुरा

विवादित मन्त्रीहरुलाई बर्खास्त गर्न एमालेको माग

काठमाडाेँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विवादित मन्त्रीहरुलाई बर्खास्त गर्नुपर्ने माग राखेको छ । एमालेका प्रमुख सचेतक पदम गिरीले संसद बैठकमा आकस्मिक समयमा बाेल्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । 

प्रमुख सचेतक गिरीले प्रधानमन्त्रीले विवादित मन्त्रीहरूबारे छिटो जवाफ दिनुपर्ने दोहोर्याए । उनले भने, ‘विवादित मन्त्रीहरूबारे छिटोभन्दा छिटो प्रधानमन्त्रीले जवाफ दिनुहोस् । बदनीयत बोकेका र छानबिनमा रहेका मन्त्रीलाई चाँडो बर्खास्त गरियोस् ।’

एमाले लगायतका दलहरुले बालकुमारी घटनामा सरकारले गठन गरेको आयोगमा भौति पूर्वाधारमन्त्री प्रकाश ज्वाला दोषी देखिएको भन्दै राजिनामाको मग गर्दै आएका छन् । त्यस्तै टेरामस्क प्रबिधि खरिद प्रकरण स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत अख्तियारको छानबिनमा परेकाले उनले राजनिामा दिनुपर्ने माग संसदमा उठेको छ । यता रामग्राम क्षेत्रको जग्गा भाडामा दिने निर्णय गरेका संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीलाई बर्खास्त गर्नुपर्ने माग गरिएको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...

भर्खरै