नेभिगेशन
सबै कुरा

चौथो सन्तान पनि छोरी जन्माएको भन्दै परिवारको हेला, अस्पतालमै बच्चा छोडेर सुत्केरी आमा बेपत्ता

Watch On

Facebook Tiktok Youtube Instagram Twitter
वीरगन्ज । चौथौ सन्तान पनि छोरी जन्माएको भन्दै परिवारले हेला गरेपछि पर्साको नारायणी अस्पतालबाट एक सुत्केरी आमा बच्चा छोडेर बेपत्ता भएकी छिन् । पर्साको नारायणी अस्पतालमा शनिबार बिहान नवजात शिशुलाई जन्मदिएकी आमा दिउँसो अस्पतालमै बच्चा छोडेर बेपत्ता भएकी हुन् ।


नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चित्तरन्जन शाहले बच्चा छोडेर आमा बेपत्ता भएको सिधाकुरासंग पुष्टि गरे । ‘बिहान ६ बजे छोरीको जन्म भएको हो,’ डा साहले सिधाकुरासंग भने,‘ ३ किलो २ सय ग्राम तौलको बच्चा अहिले एनआईसीयूमै भर्ना छ । तर, आमा दिउँसो देखि अस्पतालबाट बेपत्ता छिन् ।’

डा. साहकाअनुसार सुत्केरी भएपछि आमा अस्पतालको भर्ना भएकी थिइन भने बच्चालाई आमा भर्ना भएकाे भन्दा माथिल्लो तल्लाको एनआईसीयू कक्षमा राखिएको थियो । सुत्केरी वार्डमै रहेका बेला छोरी जन्माएको भन्दै सासु वेवी देवी देविले सुत्केरी बुहारीसँग झगडा गरेको प्रत्यक्षदर्शी स्वास्थ्यकर्मीहरूले बताएका छन् ।  

‘यसअघि लगातार ३ वटा छोरीलाई जन्मदिएकी ति आमाले फेरि चौथो सन्तानका रुपमा छोरी कै जन्म दिएपछि सासु आमाले सुत्केरी महिलासँग झगडा गरेकी थिइन,’ ति महिलाको स्वास्थ्य सेवामा खटेकी एक जना नर्सले सिधाकुरासंग भनिन्, ‘सुत्केरी अवस्थामै परिवारले दुःख दिएपछि उनी अस्पतालबाट बाहिरिएको देखिन्छ ।’ 

अस्पतालमा सुत्केरी महिलाका परिवारले वीरगञ्जको रानीघाट ६ भनेर ठेगाना टिपाएका छन् । तर, यो ठेगाना गलत भएको अस्पतालले जनाएको छ । अस्पतालमा टिपाएको विवरणअनुसार सुत्केरी महिलाको श्रीमानको नाम धिरज कानु हो । बच्चाको स्वास्थ्य राम्रो अवस्थामा रहेको अस्पतालले जनाएको छ । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहान ९ बजे १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) भरुवा बन्दुक फेला पारेको हो ।
नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

मन्त्रालयले मङ्गलबार प्रतिवेदन दुवै निकायमा पठाउँदै आवश्यक अध्ययन, थप छानबिन तथा कानुन बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाउन अनुरोध गरेको हो । नेपाल टेलिभिजनले सन् २००२ देखि २०२२...
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ

गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ

विश्वमा दुर्लभ, एकसिङ्गे गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा प्रहरीले खड्गनारायण चौधरी र टेकबहादुर मगरलाई पक्राउ गरेको हो ।
नयाँ बसपार्कको गेस्ट हाउसमा युवतीको हत्या

नयाँ बसपार्कको गेस्ट हाउसमा युवतीको हत्या

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईका अनुसार आइतबार नयाँ बसपार्कमा रहेको एक गेस्ट हाउसको कोठामा २५ वर्षीया निशा सुनारको शव फेला परेको हो।