नेभिगेशन
सबै कुरा

चौथो सन्तान पनि छोरी जन्माएको भन्दै परिवारको हेला, अस्पतालमै बच्चा छोडेर सुत्केरी आमा बेपत्ता

वीरगन्ज । चौथौ सन्तान पनि छोरी जन्माएको भन्दै परिवारले हेला गरेपछि पर्साको नारायणी अस्पतालबाट एक सुत्केरी आमा बच्चा छोडेर बेपत्ता भएकी छिन् । पर्साको नारायणी अस्पतालमा शनिबार बिहान नवजात शिशुलाई जन्मदिएकी आमा दिउँसो अस्पतालमै बच्चा छोडेर बेपत्ता भएकी हुन् ।


नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चित्तरन्जन शाहले बच्चा छोडेर आमा बेपत्ता भएको सिधाकुरासंग पुष्टि गरे । ‘बिहान ६ बजे छोरीको जन्म भएको हो,’ डा साहले सिधाकुरासंग भने,‘ ३ किलो २ सय ग्राम तौलको बच्चा अहिले एनआईसीयूमै भर्ना छ । तर, आमा दिउँसो देखि अस्पतालबाट बेपत्ता छिन् ।’

डा. साहकाअनुसार सुत्केरी भएपछि आमा अस्पतालको भर्ना भएकी थिइन भने बच्चालाई आमा भर्ना भएकाे भन्दा माथिल्लो तल्लाको एनआईसीयू कक्षमा राखिएको थियो । सुत्केरी वार्डमै रहेका बेला छोरी जन्माएको भन्दै सासु वेवी देवी देविले सुत्केरी बुहारीसँग झगडा गरेको प्रत्यक्षदर्शी स्वास्थ्यकर्मीहरूले बताएका छन् ।  

‘यसअघि लगातार ३ वटा छोरीलाई जन्मदिएकी ति आमाले फेरि चौथो सन्तानका रुपमा छोरी कै जन्म दिएपछि सासु आमाले सुत्केरी महिलासँग झगडा गरेकी थिइन,’ ति महिलाको स्वास्थ्य सेवामा खटेकी एक जना नर्सले सिधाकुरासंग भनिन्, ‘सुत्केरी अवस्थामै परिवारले दुःख दिएपछि उनी अस्पतालबाट बाहिरिएको देखिन्छ ।’ 

अस्पतालमा सुत्केरी महिलाका परिवारले वीरगञ्जको रानीघाट ६ भनेर ठेगाना टिपाएका छन् । तर, यो ठेगाना गलत भएको अस्पतालले जनाएको छ । अस्पतालमा टिपाएको विवरणअनुसार सुत्केरी महिलाको श्रीमानको नाम धिरज कानु हो । बच्चाको स्वास्थ्य राम्रो अवस्थामा रहेको अस्पतालले जनाएको छ । 

CG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

अनुसन्धानका क्रममा उनीहरूले नाबालिकाहरूलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने कार्य गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको छ । सोही क्रममा ती होटल र स्पाबाट आठ बालिकाको उद्धार गरिएको ब्यूरोका प्रवक्ता प्रहरी...
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

कपिलवस्तु शिवराज नगरपालिका–५ घर भई हाल काठमाडौँ–३२ बस्ने ५४ वर्षीय पवित्रप्रकाश अधिकारी, भोजपुर षडानन्द नगरपालिका–१२ का ३३ वर्षीय बबिता विश्वकर्मा र भक्तपुर चाँगुनारायण नगरपालिका–९ घर भई हाल काठमाडौँ...
झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ

झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ

झुठ्ठा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाइ विभिन्न व्यक्ति तेस्रो मुलुक जाने गरेका भन्ने सूचनाका आधारमा प्रहरीले तीन जनालाई काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको हो...
परालको कुन्युमा लुकाई राखेको १ हजार ८ सय पिस अवैध भेप बरामद

परालको कुन्युमा लुकाई राखेको १ हजार ८ सय पिस अवैध भेप बरामद

पाल्हिनन्दन गाउपालिका वडा न ,६ कब्रस्थान  स्थित परालको कुन्युमा लुकाई राखेको अवस्थामा भेप बरामद गरिएको  हो । अबैध रुपमा नेपालबाट भारततर्फ लैजानको लागि लुकाईएको अवस्थामा बुधबार बिहान करिब...