नेभिगेशन
सबै कुरा

विवादित मन्त्रीको राजीनामा माग गर्दै नाराबाजी भएपछि संसद स्थगित

विवादित मन्त्रीहरुको राजीनामा माग गर्दै संसद अवरुद्ध भएपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।  सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठक सुरु हुनासाथ सभामुखको रुलिङ सरकारले नटेरेको भन्दै एमालेका सांसदहरु विरोधमा उत्रिएका थिए । त्यसपश्चात एमालेका सांसद महेश बस्नेतले प्रधानमन्त्री प्रचण्डलाई सुप्रिमोको संज्ञा दिँदै सुप्रिमोभन्दा माथि को छ र मन्त्रीहरुलाई कारबाही नगरेको भन्दै प्रश्न उठाएका थिए । त्यस्तै उनले प्रधानमन्त्रीले आजै सदनमा आएर जवाफ दिनुपर्ने अडान राखेका थिए । 

Ncell
Extreme Energy

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समेत विवादास्पद मन्त्रीहरु आफू निर्दोष भएको आधार भए संसदमा उभिएर जवाफ दिन चेतावनीसमेत दिएका थिए । 

उनीहरूले भाैतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र पर्यटनमन्त्री सुदन किराँतीलाई पदमा बस्ने नैतिक अधिकार नभएको भन्दै राजीनामा माग गरेका हुन् ।

सांसदहरूले आफ्नो माग राखेपछि सभामुखले कार्यसूचीअनुसार अगाडि बढ्न सुरू गरेका थिए । त्यसपश्चात एमालेका सांसदले संसदमा नाराबाजी गरेका हुन् । सभामुखले निरन्तर आग्रह गर्दा पनि नाराबाजी नरोकिएपछि सभामुखले १५ मिनेटका लागि संसद स्थगित गरेका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यासको अभाव सहज बनाउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।
खोलाले बगाउँदा किशोर बेपत्ता, खोजी जारी

खोलाले बगाउँदा किशोर बेपत्ता, खोजी जारी

खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् । जगन्नाथ गाउँपालिका–३ अन्दाजी १६–१७ वर्षीय  अनुज सिंह खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन् ।
प्रचण्डको प्रश्न : जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

प्रचण्डको प्रश्न : जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेन जी आन्दोलनको उपलब्धीमाथि प्रश्न उठाएका छन् ।
मुस्ताङमा निरन्तर भूकम्पको धक्का, चर्किए घरहरू

मुस्ताङमा निरन्तर भूकम्पको धक्का, चर्किए घरहरू

मुस्ताङमा निरन्तर भूकम्पको धक्का महसुस गरिएको छ ।