नेभिगेशन
सबै कुरा

विवादित मन्त्रीको राजीनामा माग गर्दै नाराबाजी भएपछि संसद स्थगित

विवादित मन्त्रीहरुको राजीनामा माग गर्दै संसद अवरुद्ध भएपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।  सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

बैठक सुरु हुनासाथ सभामुखको रुलिङ सरकारले नटेरेको भन्दै एमालेका सांसदहरु विरोधमा उत्रिएका थिए । त्यसपश्चात एमालेका सांसद महेश बस्नेतले प्रधानमन्त्री प्रचण्डलाई सुप्रिमोको संज्ञा दिँदै सुप्रिमोभन्दा माथि को छ र मन्त्रीहरुलाई कारबाही नगरेको भन्दै प्रश्न उठाएका थिए । त्यस्तै उनले प्रधानमन्त्रीले आजै सदनमा आएर जवाफ दिनुपर्ने अडान राखेका थिए । 

Global Ime Bank

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समेत विवादास्पद मन्त्रीहरु आफू निर्दोष भएको आधार भए संसदमा उभिएर जवाफ दिन चेतावनीसमेत दिएका थिए । 

उनीहरूले भाैतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र पर्यटनमन्त्री सुदन किराँतीलाई पदमा बस्ने नैतिक अधिकार नभएको भन्दै राजीनामा माग गरेका हुन् ।

सांसदहरूले आफ्नो माग राखेपछि सभामुखले कार्यसूचीअनुसार अगाडि बढ्न सुरू गरेका थिए । त्यसपश्चात एमालेका सांसदले संसदमा नाराबाजी गरेका हुन् । सभामुखले निरन्तर आग्रह गर्दा पनि नाराबाजी नरोकिएपछि सभामुखले १५ मिनेटका लागि संसद स्थगित गरेका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
झापामा कोभिडका आठजना सङ्क्रमित फेला

झापामा कोभिडका आठजना सङ्क्रमित फेला

झापामा कोभिडको सङ्क्रमण देखिन थालेपछि मेचीनगर नगरपालिकास्थित काँकरभिट्टा नाकामा शङ्कास्पद मानिसको कोभिड परीक्षण हुन थालेको छ । “काँकरभिट्टा नाकामा कोभिड परीक्षणका लागि तीनजना खटिएका छन्,” उनले भने, “जटिल...
कुलिङ पिरियडमा भएको जालसाजी विश्व इतिहासकै निकृष्ट र लाजमर्दो राजनीतिक ठगीः बाबुराम भट्टराई

कुलिङ पिरियडमा भएको जालसाजी विश्व इतिहासकै निकृष्ट र लाजमर्दो राजनीतिक ठगीः बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदीय समितिले पारित गरेको कुलिङ पिरियडसम्बन्धी जालसाजीपूर्ण ढंगले हटाएर संसदबाट पारित गराएको घटना विश्व इतिहासकै निकृष्ट र लाजमर्दो राजनीतिक ठगी भएको बताएका छन् ।...
‘कुलिङ पिरियड’ विवादमा कर्मचारीलाई दोष दिएर सांसद उम्कन मिल्दैन: सांसद सुमना श्रेष्ठ

‘कुलिङ पिरियड’ विवादमा कर्मचारीलाई दोष दिएर सांसद उम्कन मिल्दैन: सांसद सुमना श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले निजामती सेवा विधेयकमा राखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानमा देखिएको विवादमा कर्मचारीलाई दोष दिएर सांसदहरू उम्कन नमिल्ने बताएकी छिन् ।
रौनकको शतक र विपिनको घातक बलिङमा नेपालको शानदार जित, सेमिफाइनल मलेसियासँग खेल्ने

रौनकको शतक र विपिनको घातक बलिङमा नेपालको शानदार जित, सेमिफाइनल मलेसियासँग खेल्ने

नेपाली यू–१६ क्रिकेट टोलीले एसीसी पुरुष यू–१६ इष्ट जोन कपमा शानदार प्रदर्शन गर्दै समूह ए को विजेता बनेको छ। सोमबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई २९८...