नेभिगेशन
सबै कुरा

ठगी आरोपमा प्रहरी सहायक हवल्दार र प्रहरी जवान पक्राउ

जनकपुरधाम । ठगी आरोपमा प्रहरीनै पक्राउ परेका छन । सर्वसाधारण ब्यापारीको ३१ थान मोबाईलसँगै दुईलाख रुपैयाँ ठगेको आरोपमा बहालवाला प्रहरी सहायक हवल्दार र प्रहरी जवान पक्राउ परेका हुन् ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका ५ घर भई जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत सहायक हवलदार दीपेन्द्र कुमार राज र सुनसरी देवागन्ज गाँउपालिका २  घर भएका जवान रोशन कुमार यादव रहेका छन् । 

Ncell
Extreme Energy

जिल्ला प्रहरी कार्यालय धनुषामा दुवैजनाविरुद्ध आईतवार आपराधिक विश्वासघात र आपराधिक लाभ शिर्षकमा मुद्दा  दर्ता भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसएसपी श्याम कुमार महतोले बताए ।

जिल्ला अदालत धनुषाबाट ७ दिनको म्याद लिई उनीहरमाथि अनुसन्धान भईरहेको एसएसपी महतोले जानकारी दिए ।

प्रहरीका अनुसार सहायक हवल्दार दिपेन्द्र र जवान रोशनले जनकपुरका एकजना ब्यापारीसँग फागुन ८ गते बिभिन्न ब्राण्डको ३१ थान मोबाईल खरिद गरेका थिए। पछि मोबाईल फिर्ता गर्ने भनेर ब्यापारीसँग दुईलाख रुपैयाँ समेत लिएका थिए । तर उनीहरुले मोबाइल र पैसा दुबै फिर्ता नगरेको भन्दै उजुरी परेको थियो । त्यसपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ । उनीहरुको बयानको आधारमा खोजी गर्दा  जनकपुर उपमहानगरपालिका ७ स्थित अन्जनीमाई कुटी नजिकै झाडीमा झोलाभित्र ३१ थान मोबाइल र ९५ हजार रुपैयाँ भेटिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।
सहकारी ठगी मुद्दामा  इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद...
यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

पीक आवरमा ड्युटीमा खटिएका प्रहरीले पैदल यात्रुलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए । त्यसक्रममा कठायतले प्रहरीको आग्रह अटेर गर्नुका साथै प्रहरी कर्मचारीलाई गालीगलौज र हातपात गरेको...