नेभिगेशन
सबै कुरा

राजेन्द्र महतोले छाेडे लाेसपा, 'राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

काठमाडाैँ । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेका छन्। काठमाडौँमा सोमबार पत्रकार सम्मेलन गर्दै उनले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी छाडेको घोषणा गरेका हुन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टी परित्याग गरेसँगै महतोले  ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा गरेका छन्। पार्टीं परित्याग गर्दै उनले भनेका छन्, ‘वर्तमानको ठूलो अनिश्चितता र श्रमलाई चिर्न सक्ने वैकल्पिक राजनैतिक शक्ति दावी गर्दै केही नयाँ समूहहरुको उदय तथा पुराना शक्तिहरु भित्रको नयाँ पुस्ताले उठाएको रुपान्तरणको बहस सुनिरहेका नेपाली जनताहरुले न नयाँ

Ncell
Extreme Energy

समूहहरुको उदय, न त पुराना शक्तिहरुको रुपान्तरण नै देखिरहेका छन्‌, बरु, उनिहरु अनिश्चितता तथा भ्रमले सृजना गरेको अविश्वास र शंकाको परिस्थितिलाई थप गिजोल्दै लाभ उठाउने अवसरवादी समुहहरुको रुपमा देखिएको छ ।’

यस्तै महतोले अहिलेको नेपाल राज्य एकल जातीय रहेको भन्दै अब आफूले बहुल राष्ट्रिय राज्य बनाउने योजना पनि सार्वजनिक गरेका छन्।  ‘देशमा एकल राष्ट्रिय राज्यको चिन्तन सोचबाट संविधान निर्माण र राज्यको सञ्चालन भई रहेको कारणले नेपाल सबै नेपालीको लागि बन्न सकेन’, महतोले भने । 

त्यस्तै उनले पहिचानवादीहरु एकल आयामिक गोलचक्करमा फसेकै कारण विगत चार दशक अगाडी सुरु भएको पहिचानावादी आन्दोलन शासकीय षडयन्त्रको शिकार भइ अधुरो रहन गएको बताए । हिमाल, पहाड, तराईका अधिकार तथा पहिचानवादी उत्पीडित राष्ट्रियताहरु तथा देशमा सुशासन र समृद्धि चाहनेहरु सबै संयुक्त रुपमा एकताबद्ध भई बहुल राष्ट्रिय राज्य निर्माणको निम्ति राष्ट्रिय मुक्ति क्रान्तिको आवश्यकता रहेको महतोको भनाई छ । 

लामो समयदेखि लोसपाका अध्यक्ष महन्त ठाकुरसँग असन्तुष्ट उनले आगामी दिनमा नयाँ पार्टी बनाउने र लोसपा, जसपालगायत मधेशवादी दल तथा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितका दलहरूसँग सहकार्य गरेर अगाडि बढ्न सक्ने बताए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।