नेभिगेशन
सबै कुरा

राजेन्द्र महतोले छाेडे लाेसपा, 'राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

काठमाडाैँ । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेका छन्। काठमाडौँमा सोमबार पत्रकार सम्मेलन गर्दै उनले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी छाडेको घोषणा गरेका हुन्। 

पार्टी परित्याग गरेसँगै महतोले  ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा गरेका छन्। पार्टीं परित्याग गर्दै उनले भनेका छन्, ‘वर्तमानको ठूलो अनिश्चितता र श्रमलाई चिर्न सक्ने वैकल्पिक राजनैतिक शक्ति दावी गर्दै केही नयाँ समूहहरुको उदय तथा पुराना शक्तिहरु भित्रको नयाँ पुस्ताले उठाएको रुपान्तरणको बहस सुनिरहेका नेपाली जनताहरुले न नयाँ

समूहहरुको उदय, न त पुराना शक्तिहरुको रुपान्तरण नै देखिरहेका छन्‌, बरु, उनिहरु अनिश्चितता तथा भ्रमले सृजना गरेको अविश्वास र शंकाको परिस्थितिलाई थप गिजोल्दै लाभ उठाउने अवसरवादी समुहहरुको रुपमा देखिएको छ ।’

यस्तै महतोले अहिलेको नेपाल राज्य एकल जातीय रहेको भन्दै अब आफूले बहुल राष्ट्रिय राज्य बनाउने योजना पनि सार्वजनिक गरेका छन्।  ‘देशमा एकल राष्ट्रिय राज्यको चिन्तन सोचबाट संविधान निर्माण र राज्यको सञ्चालन भई रहेको कारणले नेपाल सबै नेपालीको लागि बन्न सकेन’, महतोले भने । 

त्यस्तै उनले पहिचानवादीहरु एकल आयामिक गोलचक्करमा फसेकै कारण विगत चार दशक अगाडी सुरु भएको पहिचानावादी आन्दोलन शासकीय षडयन्त्रको शिकार भइ अधुरो रहन गएको बताए । हिमाल, पहाड, तराईका अधिकार तथा पहिचानवादी उत्पीडित राष्ट्रियताहरु तथा देशमा सुशासन र समृद्धि चाहनेहरु सबै संयुक्त रुपमा एकताबद्ध भई बहुल राष्ट्रिय राज्य निर्माणको निम्ति राष्ट्रिय मुक्ति क्रान्तिको आवश्यकता रहेको महतोको भनाई छ । 

लामो समयदेखि लोसपाका अध्यक्ष महन्त ठाकुरसँग असन्तुष्ट उनले आगामी दिनमा नयाँ पार्टी बनाउने र लोसपा, जसपालगायत मधेशवादी दल तथा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितका दलहरूसँग सहकार्य गरेर अगाडि बढ्न सक्ने बताए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...

भर्खरै