नेभिगेशन
सबै कुरा

ललिता निवासकाे जग्गा तत्काल खाली नगराउन महानगरपालिकालाई उच्चको आदेश

काठमाडाैँ । उच्च अदालत पाटनले ललिता निवासमा रहेका निजी आवास तथा अन्य संरचना तत्काल खाली नगराउन काठमाडौँ महानगरपालिकाका नाममा अन्तरिम आदेश जारी गरेको छ।

ललिता निवासको जग्गामा रहेका घर तथा अन्य संरचना हटाउन महानगरपालिकाले ७ दिने सूचना जारी गरेको थियाे । उक्त सूचना तत्काल कार्यान्वयन नगर्न नगराउन उच्च अदालतले आदेश दिएको हो।

Global Ime Bank

आइतबार न्यायाधीश प्रकाश खरेलको एकल इजलासमा र सोमबार पुरूषोत्तमप्रसाद ढकालको इजलासमा यससम्बन्धी निषेधाज्ञाका निवेदन परेका थिए। 

विशेष अदालतले २०८० फागुन ३ मा बालुवाटारस्थित ललिता निवास क्षेत्रको जग्गा जफत हुने फैसला गरेको थियो। साेही फैसला अनुसार कामाडाैँ महानगरपालिकाले  स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद–१३ स्थानीय तहको सम्पत्तिको संरक्षणसम्बन्धी व्यवस्था अन्तर्गत दफा ९७ (१) ले महानगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मत सम्भार तथा अन्य प्रबन्ध गर्नुपर्ने कानुनी दायित्व महानगरपालिकालाई तोकेको उल्लेख गर्दै जमिन खाली गर्न सार्वजनिक सूचना जारी गरेकाे थियाे । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
२८ अङ्कले बढ्यो नेप्से परिसूचक

२८ अङ्कले बढ्यो नेप्से परिसूचक

आज ३०९ कम्पनीको एक करोड ५७ लाख ६४ हजार एक कित्ता शेयर ७० हजार २१४ पटक खरिदबिक्री हुँदा रु सात अर्ब तीन करोड ३० लाख ५० हजार २८६...
ङुइला नाका तीन महिनाका लागि खुल्ला

ङुइला नाका तीन महिनाका लागि खुल्ला

तिब्बती क्षेत्र आवतजावत गर्ने उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारको ङुइला नाका खुलेको छ । तिब्बती सुरक्षाकर्मीले आजदेखि उक्त नाका खुल्ला गरेको छेकम्पारका निवर्तमान वडाअध्यक्ष पासाङफुञ्जो लामाले जानकारी दिए...
निजामती सेवा विधेयकमा षड्यन्त्र गर्नेमाथि छानबिन गरेर कारबाही गर्नुपर्छ : प्रचण्ड

निजामती सेवा विधेयकमा षड्यन्त्र गर्नेमाथि छानबिन गरेर कारबाही गर्नुपर्छ : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको दाबी गरेका छन्। मंगलबार पेरिसडाँडामा आयोजित...
मनसुन सुरु भएको १ महिनामै ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते

मनसुन सुरु भएको १ महिनामै ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते

गत जेठ १५ देखि यही असार १६ गतेसम्म ६७४ वटा मनसुनजन्य विपद्का घटना भएका छन् । ती घटनामा  ३१ जनाको मृत्यु भएको छ भने ११२ जना घाइते भएका...