नेभिगेशन
सबै कुरा

सुन तस्करी जाँचबुझ आयोगको म्याद २ महिना थप

काठमाडौँ । सरकारले सुन तस्करी जाँचबुझ आयोगको म्याद २ महिना थप गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुनको अवैध पैठारी तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको म्याद २ महिना थप गर्ने निर्णय गरेको हो ।

विद्युतीय चुरोट (भेप) र ब्रेक सुमा लुकाएर विमानस्थल हुँदै तस्करी भएको सुन सम्बन्धी छानबिन र कारबाही सिफारिस गर्न असोज १४ मा पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा सरकारले चार सदस्यीय आयोग गठन गरेको थियो ।

City Express

असोज १४ गते आयोगको म्याद आज सकिदै थियो । सरकारले दिएको समय सकिनै लाग्दा पनि अनुसन्धान नसकिएको भन्दै २ फागुनमा आयोगले १५ दिन म्याद थप मागेको थियो । तर, सरकारले आयोगलाई थप २ महिना समय थप गरेर सुन अनुसन्धान सक्न ७ महिनाको समय दिएको हो । आयोगमा पूर्व एआईजी सहकुल थापा र सहसचिवद्वय किशोरजंग कार्की र प्रेमराज जोशी सदस्य छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...
बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आइतबार अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा एकै परिवारका तीन सहित चार जनाको मृत्यु, बसले अटोरिक्सालाई ठक्कर दिएको थियो

दुर्घटनामा एकै परिवारका तीन सहित चार जनाको मृत्यु, बसले अटोरिक्सालाई ठक्कर दिएको थियो

विराटनगरबाट धनगढी गइरहेको सुप्र०१–००१ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश२–०१–००१ह १२३० नम्बरको अटोरिक्सालाई शनिबार साँझ ठक्कर दिएको थियो ।
छोराको प्रहारबाट बाबुको मृत्यु, आमा घाइते

छोराको प्रहारबाट बाबुको मृत्यु, आमा घाइते

मालिका –३ म्यालका २३ वर्षीय भोटबहादुर विकले शनिबार ५२ वर्षीय धनबहादुरको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारूले जानकारी दिए ।