नेभिगेशन
सबै कुरा

सुन तस्करी जाँचबुझ आयोगको म्याद २ महिना थप

काठमाडौँ । सरकारले सुन तस्करी जाँचबुझ आयोगको म्याद २ महिना थप गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुनको अवैध पैठारी तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको म्याद २ महिना थप गर्ने निर्णय गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विद्युतीय चुरोट (भेप) र ब्रेक सुमा लुकाएर विमानस्थल हुँदै तस्करी भएको सुन सम्बन्धी छानबिन र कारबाही सिफारिस गर्न असोज १४ मा पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा सरकारले चार सदस्यीय आयोग गठन गरेको थियो ।

Ncell
Extreme Energy

असोज १४ गते आयोगको म्याद आज सकिदै थियो । सरकारले दिएको समय सकिनै लाग्दा पनि अनुसन्धान नसकिएको भन्दै २ फागुनमा आयोगले १५ दिन म्याद थप मागेको थियो । तर, सरकारले आयोगलाई थप २ महिना समय थप गरेर सुन अनुसन्धान सक्न ७ महिनाको समय दिएको हो । आयोगमा पूर्व एआईजी सहकुल थापा र सहसचिवद्वय किशोरजंग कार्की र प्रेमराज जोशी सदस्य छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...