नेभिगेशन
सबै कुरा

जन्ती जाँदै गरेका २ युवकको दुर्घटनामा मृत्यु

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सर्लाही । रौतहटबाट सर्लाही जन्ती जादै गरेका २ युवकको सवारी दुर्घटनामा मृत्यु भएको छ । हुलाकी सडकखण्डमा स्कार्पियाेले माेटरसाइकललाई ठक्कर दिदाँ राैतहटका दुई युवककाे मृत्युु भएकाे हो ।

Ncell
Extreme Energy

सर्लाहीको काैडेना गाँउपालिका ३ स्थित हुलाकी सडकमा साेमबार राति साढे ८ बजे भएकाे दुर्घटनामा माेटरसाइकलमा सवार राैतहटकाे माधवनारायण नगरपालिकाका माधवनारायण नगरपालिका ६ का २३ बर्षिय सियानन्द महताे र वडा नम्बर ८ का १९ बर्षिय अजय महताेकाे मृत्यु भएकाे हाे।

सर्लाही प्रहरीका अनुसार जन्ति जाँदै गरेका महताेद्वय सवार बिआर ०६ सिवाई ५०८६ नम्बरको माेटरसाइकललाई सर्लाहीकाे काैडेना र मुसैली बिचकाे हुलाकी सडकमा विपरित दिशाबाट आउँदै गरेकाे एचआर ५९ ए ०१३१ नम्बरको स्कार्पियाेले ठक्कर दिदाँ महताेद्वय गम्भीर घाइते भएका थिए । प्रादेशिक अस्पताल मलंगवामा प्राथमिक उपचार गरी दुवैलाई थप उपचारका लागि वीरगन्जस्थित वीरगन्ज हेल्थकेयर हस्पिटलमा पठाइएकोमा चिकित्सकले दुवैलाई मृत घाेषित गरेकोे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

स्कार्पियाे प्रहरीको नियन्त्रणमा रहेकाे र  चालक भने फरार रहेकाे सर्लाही प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यासको अभाव सहज बनाउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।
खोलाले बगाउँदा किशोर बेपत्ता, खोजी जारी

खोलाले बगाउँदा किशोर बेपत्ता, खोजी जारी

खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् । जगन्नाथ गाउँपालिका–३ अन्दाजी १६–१७ वर्षीय  अनुज सिंह खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन् ।
प्रचण्डको प्रश्न : जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

प्रचण्डको प्रश्न : जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेन जी आन्दोलनको उपलब्धीमाथि प्रश्न उठाएका छन् ।
मुस्ताङमा निरन्तर भूकम्पको धक्का, चर्किए घरहरू

मुस्ताङमा निरन्तर भूकम्पको धक्का, चर्किए घरहरू

मुस्ताङमा निरन्तर भूकम्पको धक्का महसुस गरिएको छ ।