नेभिगेशन
सबै कुरा

बालेनसँग काम गर्ने अवसर, महानगरले माग्याे १४० जना स्वयंसेवक

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले  २४ हप्तासम्म काम गर्नेगरी १४० जना महानगर स्वयंमसेवक (सिटी भोलेन्टियर) का लागि आवेदन खुलाएको छ ।  आवेदकमा छनोट भएका स्वयमसेवकले हप्तामा २ दिन समय दिनुपर्ने महानगरले जनाएकाे छ ।

बालबालिका र वातवरणकाे क्षेत्रमा काम गर्न १ सय जना बाबा (बालबालिका र वातावरण) स्वयमसेवक र सम्पदामा युवा र बालबालिका लक्षित कार्यक्रमका लागि ४० जना सम्युवा (सम्पदामा युवा र बालबालिका)  स्वयमसेवक खाेजिएकाे महानगरका सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिए । 

महानगरपालिकाको पर्यटन महाशाखा प्रमुख श्रृजु प्रधानका अनुसार , ‘बाबा कार्यक्रम विद्यालय र वातावरणसँग केन्द्रीत छ भने सम्युवा कार्यक्रम समुदायसँग बढी सम्बन्धित छ । 

स्वयमसेवकका लागि आवेदन दिन याे लिङ्क क्लिक गर्नुहोस् ।  https://shorturl.at/dflw0 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...

भर्खरै