नेभिगेशन
सबै कुरा

भक्तराज आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका छन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर आचार्यप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । आचार्यलाई श्रद्धाञ्जली दिन पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पर्यटनमन्त्री सुदन किराती, बिभिन्न दलका नेता, शुभचिन्तक, गीत–संगीत क्षेत्रका व्यक्तित्व, सर्वसाधारणहरु नाट्य प्रज्ञा–प्रतिष्ठानमा पुगेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्वर्गीय आचार्यलाई श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री प्रचण्डले गीत संगीतको माध्यमबाट आचार्यले पुर्याएको योगदान अमर रहने बताए । उनले भक्तराज आचार्यको योगदानलाई राज्यले उच्च सम्मान गर्ने उल्लेख गरे । भजन शिरोमणि उपाधि पाएका आचार्यको सोमबार ८२ वर्षको उमेरमा उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा  निधन भएको थियो ।  आचार्यले ‘मुटु जलिरहेछ’, ‘जहाँ छन् बुद्धका आँखा’, हजार सपनाहरूको माया लागेर आउँछ’ लगायत करिब चार सय गीतमा आवाज तथा सङ्गीत दिएका छन् । गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत–सङ्गीत क्षेत्रमै सक्रिय छन् । 

Ncell
Extreme Energy




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यासको अभाव सहज बनाउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।
खोलाले बगाउँदा किशोर बेपत्ता, खोजी जारी

खोलाले बगाउँदा किशोर बेपत्ता, खोजी जारी

खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् । जगन्नाथ गाउँपालिका–३ अन्दाजी १६–१७ वर्षीय  अनुज सिंह खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन् ।
प्रचण्डको प्रश्न : जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

प्रचण्डको प्रश्न : जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेन जी आन्दोलनको उपलब्धीमाथि प्रश्न उठाएका छन् ।
मुस्ताङमा निरन्तर भूकम्पको धक्का, चर्किए घरहरू

मुस्ताङमा निरन्तर भूकम्पको धक्का, चर्किए घरहरू

मुस्ताङमा निरन्तर भूकम्पको धक्का महसुस गरिएको छ ।