नेभिगेशन
सबै कुरा

टेरामक्स, सेक्युरिटी प्रेस, रामग्राम लगायत सबै प्रकरणमा अनुसन्धान भइरहेकाे छ : अख्तियार प्रमुख राई

काठमाडाैँ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईले टेरामक्स प्रकरणको अध्ययन अनुसन्धान अन्तिम चरणमा पुगेको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिकाे बैठकमा राईले टेरामक्स प्रकरणमा बयान लिने काम सकिएको र अध्ययन अनुसन्धान अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् । टेरामक्स प्रकरणमा तथ्य र प्रमाणलाई केलाउने काम भइरहेको उनकाे भनाइ छ ।

Ncell
Extreme Energy

त्यस्तै उनले वाइडबडी खरिद प्रकरणको छानबिन अन्तिम चरणमा पुगेको जानकारी दिए । अन्तर्राष्ट्रिय स्तरबाट सूचना ल्याउन कठिन भइरहेको र दुईपक्षीय सम्झौता नभइ सूचना दिन नसक्ने जवाफ आएकाले सरकारले यसमा ध्यान दिनुपर्ने उनले बताए ।

राईले सेक्युरिटी प्रेसको टेप प्रकरणको पनि अनुसन्धान भइरहेको भन्दै पोख्त प्रमाण र आधार नभएसम्म कसैलाई दोषि ठहर गर्न नहुने जिकिर गरे । अख्तियारका प्रमुख आयुक्त राईले अहिले सवै भन्दा बढि भ्रष्टाचार आइटि क्षेत्रमा देखिएकाले सुधारका लागि सरकारलाई १० बुँदे सुझाव दिएको जानकारी दिए। सार्वजनिक जग्गको हिनामिना गर्ने प्रवृति बढ्दो रहेको देखिएको भन्दै अख्तियारमा प्राप्त उजुरीलाई हेर्दा यसको रफ्तार बढ्दै गएको पाइएको उनले बताए ।

राईले चमेलिया, रामग्राम जग्गा लिज प्रकरण लगाएतका बिषयमा पनि अध्ययन भइरहेको बताए । उनले गतबर्ष २८ हजार उजुरी परेकोमा ६५ प्रतिशत फछयौट भएको र अहिले पनि त्यहि हाराहारीमा पुग्ने गरि उजुरी आइरहेको जानकारी गराए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यासको अभाव सहज बनाउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।
खोलाले बगाउँदा किशोर बेपत्ता, खोजी जारी

खोलाले बगाउँदा किशोर बेपत्ता, खोजी जारी

खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् । जगन्नाथ गाउँपालिका–३ अन्दाजी १६–१७ वर्षीय  अनुज सिंह खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन् ।
प्रचण्डको प्रश्न : जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

प्रचण्डको प्रश्न : जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेन जी आन्दोलनको उपलब्धीमाथि प्रश्न उठाएका छन् ।
मुस्ताङमा निरन्तर भूकम्पको धक्का, चर्किए घरहरू

मुस्ताङमा निरन्तर भूकम्पको धक्का, चर्किए घरहरू

मुस्ताङमा निरन्तर भूकम्पको धक्का महसुस गरिएको छ ।