नेभिगेशन
सबै कुरा

नियम संंशाेधन गरेर भएपनि धरानमा विमानस्थल बनाएरै छोड्छु : हर्क साम्पाङ

काठमाडाैँ । धरानमा विमानस्थल बनाउन सम्भव नहुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

धरान उपमहानगरका मेयर हर्क साम्पाङ्ले बारम्बार धरानमा विमानस्थल बनाउँने दाबी गर्दै आएपछि उक्त स्थानमा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि प्राधिकरणले समिति गठन गरेको थियो । उक्त समितिले धरानमा विमानस्थल बनाउन सम्भव नरहेको प्राधिकरणलाई जनाएको हो ।

Ncell
Extreme Energy

हर्क साम्पाङले धरानमा विमानस्थल बनाउन माग गर्दै काठमाडौँ आएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई आग्रह गरेका थिए । साम्पाङको आग्रहमा मन्त्री किरातीले नागरिक उड्डयन प्राधिकरणलाई उक्त स्थानमा विमानस्थल बनाउनका लागि सम्भाव्यता अध्ययन गर्न निर्देशन दिएका थिए । मन्त्रीको निर्देशनपछि अध्ययन गर्न गठित समितिले धरानमा विमानस्थल बनाउनु नीतिगत र प्राविधिक विषयले सम्भव नहुने निष्कर्ष निकालेको छ  । 

उक्त समितिले हवाई नीति, २०६३ अनुसार धरानमा विमानस्थल बनाउन सम्भव नहुने देखाएको छ । उक्त नितिमा तराई तथा भित्री मधेशमा विमानस्थल बनाउँदा नजिकको विमानस्थलको दुरीबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने उल्लेख छ । तर धरानबाट विराटनगर  करिब २३ नटिकल माइलको दूरीमा भएकाले धरानमा विमानस्थल बनाउन सम्भव नहुने निष्कर्ष निकालेको हो । त्यतै प्राधिकरणले धरानमा हवाई सेवा दीर्घकालीन र व्यावसायिक नहुने पनि बताएको छ । 

प्राधिकरणको निष्कर्षसँगै उता धरानका मेयर हर्क साम्पाङले सामाजिक संजाल फेसबुकबाटै प्राधिकरणलाई चुनौती दिएका छन् । उनले प्राधिकरणले रोकेपनि धरानमा विमानस्थल बनाएरै छोड्ने अराजक अभिव्यक्ति दिएका छन् । उनले भनेका छन्, ‘तेरो नियम संशोधन गरेर भए पनि विमान स्थल बनाउनेछौँ ! ज्यादा नखोक् ! संविधान त परिवर्तन हुन्छ भने त्यो नाथे तेरो नियमावली ? थु...'



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यासको अभाव सहज बनाउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।
खोलाले बगाउँदा किशोर बेपत्ता, खोजी जारी

खोलाले बगाउँदा किशोर बेपत्ता, खोजी जारी

खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् । जगन्नाथ गाउँपालिका–३ अन्दाजी १६–१७ वर्षीय  अनुज सिंह खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन् ।
प्रचण्डको प्रश्न : जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

प्रचण्डको प्रश्न : जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेन जी आन्दोलनको उपलब्धीमाथि प्रश्न उठाएका छन् ।
मुस्ताङमा निरन्तर भूकम्पको धक्का, चर्किए घरहरू

मुस्ताङमा निरन्तर भूकम्पको धक्का, चर्किए घरहरू

मुस्ताङमा निरन्तर भूकम्पको धक्का महसुस गरिएको छ ।