नेभिगेशन
सबै कुरा

कटारीमा मेडिकल कलेज स्थापनाको माग गर्दै प्रधानमन्त्री र शिक्षा मन्त्रीलाई ज्ञापन पत्र

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शिक्षामन्त्री अशोक कुमार राईलाई उदयपुरको कटारी नगरपालिकामा मेडिकल कलेज स्थापनाको माग गर्दै सोमबार ज्ञापनपत्र बुझाइएको छ । कटारीमा मेडिकल कलेज स्थापना गर्न प्रधानमन्त्री र शिक्षा मन्त्रीको कार्यालयमा पुगेर सर्वपक्षीय टोलीले ज्ञापनपत्र बुझाएको हो ।

 शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट गठित अध्ययन टोलीले समेत कटारी–३ मा अध्ययन गरिसकेको कटारी नगरपालिकाले जनाएको छ।  संघीयताको मर्म विकासमा विकेन्द्रीकरणको सिदान्तले पनि कटारी नगरपालिका मेडिकल कलेज स्थापनाका लागि उपयुक्त स्थान भएको कटारी नगर प्रमुख राजेश चन्द्र श्रेष्ठले बताए । 

Global Ime Bank

उदयपुरका संघीय सांसद अम्बर बहादुर रायमाझी सिन्धुलीका सांसद राजन दाहाल ओखलढुङ्गाका सांसद रामहरि खतिवडा खोटाङका सांसद राम कुमार राई सोलुखुम्बुका सांसद मानबिर राई कोशी प्रदेशका उद्योग ,कृषि तथा सहकारी मन्त्री राम कुमार खत्री, कटारी नगर प्रमुख राजेशचन्द्र श्रेष्ठ, नगर उप प्रमुख गीता खड्का ,राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, कटारीका सरोकारवाला, बरिष्ठ अधिवक्ता शम्भु थापासमेतको उपस्थितमा ज्ञापन पत्र बुझाईएको हो । 

सरकारले विगतमा सातवटै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने प्रतिबद्धता जनाए अनुसार कोशी प्रदेश उदयपुरको  कटारीमा कलेज स्थापनाको माग गर्दै सर्वपक्षीय टोली काठमाण्डौँ पुगेको हो । ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री दाहालले मेडिकल कलेज स्थापना गर्न आफू सकारात्मक रहेको जानकारी दिएको कोशी प्रदेशका मन्त्री  रामकुमार खत्रीले बताए।  

कटारी–३ मा मेडिकल कलेज स्थापनाका लागि सो टोलीले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई समेत ज्ञापनपत्र बुझाएको थियो । कटारीमा मेडिकल कलेज स्थापना भए छिमेकी जिल्लाले समेत लाभ लिन सक्ने सिन्धुलीका सांसद राजन दाहालले बताए ।

कटारी–३ मा मेडिकल कलेज स्थापना गर्न उपयुक्त हुने स्थान र पर्याप्त जग्गासमेत भएकाले कलेज स्थापनाका लागि आवश्यक सबै तयारी गरेको युवा नेता यज्ञ राइको भनाई छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बेइमानहरु ! कानुन मै किर्ते ?

बेइमानहरु ! कानुन मै किर्ते ?

बेइमानहरु ! कानुन मै किर्ते ? || Cooling Period: Parliament Betrayal Exposed
विमानस्थलका दुई पसललाई २ लाख बढी जरिवाना, सोल्टी होटललाई तीन दिनभित्र उपस्थित हुन निर्देशन

विमानस्थलका दुई पसललाई २ लाख बढी जरिवाना, सोल्टी होटललाई तीन दिनभित्र उपस्थित हुन निर्देशन

अत्यधिक मूल्य लिएको आरोपमा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित दुई पसललाई जरिवाना गरेको छ। मंगलबार विभागको छड्के अनुगमन टोलीले “इजी ट्रेड” लाई रु...
कुलिङ पिरियडबारे सामान्य प्रशासनमन्त्री भन्छन्, ‘रामहरीजीले पत्तै नदिई संसदमा प्रतिवेदन पेस गर्नुभयो’

कुलिङ पिरियडबारे सामान्य प्रशासनमन्त्री भन्छन्, ‘रामहरीजीले पत्तै नदिई संसदमा प्रतिवेदन पेस गर्नुभयो’

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘कुलिङ अफ पिरियड’ को व्यवस्थामा भएको हेरफेरमाथि छानबिन गर्न प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई आग्रह गरेका छन् ।
रुपन्देहीको चुनाव जनता भर्सेस राणा शासन हो, इतिहास रच्नुपर्छः सागर ढकाल

रुपन्देहीको चुनाव जनता भर्सेस राणा शासन हो, इतिहास रच्नुपर्छः सागर ढकाल

सागर ढकालले रुपन्देही–३ को उपनिर्वाचनलाई ‘जनता भर्सेस राणा शासन’ को लडाइँको संज्ञा दिएका छन्। सामाजिक सञ्जालमार्फत एक अपिल गर्दै उनले नेपाली राजनीतिमा ऐतिहासिक परिवर्तन ल्याउने सङ्कल्पका साथ मैदानमा...