नेभिगेशन
सबै कुरा

कटारीमा मेडिकल कलेज स्थापनाको माग गर्दै प्रधानमन्त्री र शिक्षा मन्त्रीलाई ज्ञापन पत्र

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शिक्षामन्त्री अशोक कुमार राईलाई उदयपुरको कटारी नगरपालिकामा मेडिकल कलेज स्थापनाको माग गर्दै सोमबार ज्ञापनपत्र बुझाइएको छ । कटारीमा मेडिकल कलेज स्थापना गर्न प्रधानमन्त्री र शिक्षा मन्त्रीको कार्यालयमा पुगेर सर्वपक्षीय टोलीले ज्ञापनपत्र बुझाएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट गठित अध्ययन टोलीले समेत कटारी–३ मा अध्ययन गरिसकेको कटारी नगरपालिकाले जनाएको छ।  संघीयताको मर्म विकासमा विकेन्द्रीकरणको सिदान्तले पनि कटारी नगरपालिका मेडिकल कलेज स्थापनाका लागि उपयुक्त स्थान भएको कटारी नगर प्रमुख राजेश चन्द्र श्रेष्ठले बताए । 

Ncell
Extreme Energy

उदयपुरका संघीय सांसद अम्बर बहादुर रायमाझी सिन्धुलीका सांसद राजन दाहाल ओखलढुङ्गाका सांसद रामहरि खतिवडा खोटाङका सांसद राम कुमार राई सोलुखुम्बुका सांसद मानबिर राई कोशी प्रदेशका उद्योग ,कृषि तथा सहकारी मन्त्री राम कुमार खत्री, कटारी नगर प्रमुख राजेशचन्द्र श्रेष्ठ, नगर उप प्रमुख गीता खड्का ,राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, कटारीका सरोकारवाला, बरिष्ठ अधिवक्ता शम्भु थापासमेतको उपस्थितमा ज्ञापन पत्र बुझाईएको हो । 

सरकारले विगतमा सातवटै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने प्रतिबद्धता जनाए अनुसार कोशी प्रदेश उदयपुरको  कटारीमा कलेज स्थापनाको माग गर्दै सर्वपक्षीय टोली काठमाण्डौँ पुगेको हो । ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री दाहालले मेडिकल कलेज स्थापना गर्न आफू सकारात्मक रहेको जानकारी दिएको कोशी प्रदेशका मन्त्री  रामकुमार खत्रीले बताए।  

कटारी–३ मा मेडिकल कलेज स्थापनाका लागि सो टोलीले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई समेत ज्ञापनपत्र बुझाएको थियो । कटारीमा मेडिकल कलेज स्थापना भए छिमेकी जिल्लाले समेत लाभ लिन सक्ने सिन्धुलीका सांसद राजन दाहालले बताए ।

कटारी–३ मा मेडिकल कलेज स्थापना गर्न उपयुक्त हुने स्थान र पर्याप्त जग्गासमेत भएकाले कलेज स्थापनाका लागि आवश्यक सबै तयारी गरेको युवा नेता यज्ञ राइको भनाई छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यासको अभाव सहज बनाउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।
खोलाले बगाउँदा किशोर बेपत्ता, खोजी जारी

खोलाले बगाउँदा किशोर बेपत्ता, खोजी जारी

खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् । जगन्नाथ गाउँपालिका–३ अन्दाजी १६–१७ वर्षीय  अनुज सिंह खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन् ।
प्रचण्डको प्रश्न : जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

प्रचण्डको प्रश्न : जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेन जी आन्दोलनको उपलब्धीमाथि प्रश्न उठाएका छन् ।
मुस्ताङमा निरन्तर भूकम्पको धक्का, चर्किए घरहरू

मुस्ताङमा निरन्तर भूकम्पको धक्का, चर्किए घरहरू

मुस्ताङमा निरन्तर भूकम्पको धक्का महसुस गरिएको छ ।