नेभिगेशन
सबै कुरा

ऋण तिर्न नसकेपछि बैंकलाई पत्रः सपरिवारलाई जागिर देउ किस्ता घटाउ 

बागलुङ । बैंकको किस्ता तिर्न नसकेपछि सपरिवारलाई जागिर माग्दै बागलुङका एक व्यक्तिले बैंकलाई पत्र पठाएका छन् । बागलुङ नगरपालिका ६ का चन्द्र बहादुर विकले सिटिजन्स बैंक बागलुङ शाखालाई एक पत्र पठाउँदै ऋणको किस्ता तिर्न नसकेको भन्दै बरु बैंकमै जागिर खाएर सो ऋण घटाउने भन्दै पत्र पठाएका हुन् ।


ऋणको साँवा र ब्याज तिर्न नसकेको पछि घरजग्गा लिलामीमा चढेको तर आफूसँग सो रकम तिर्न पैसा नभए पछि बैंकमै जागिर खाएर घटाउन आफूले पत्र पठाएर प्रस्ताव गरेको विकले सिधाकुरालाई बताए । 

‘मैले यस बैंकबाट कर्जा लिएर व्यापार व्यवसाय गर्न खोजेको तर सबै ठप्प भएको र हामी सपरिवार बेरोजगार भयौँ,’ बैंकलाई पठाइएको पत्रमा भनिएको छ । ‘बेरोजगार भएका कारण हाल कर्जाको भुक्तानी दिने वा किस्ता बुझाउन असमर्थ भएकोले हामी सपरिवार सल्लाह गरी म घरको मुली मान्छे चन्द्र बहादुर बिक त्यस कार्यालयमा चौकिदारी गर्न सक्षम भएको, मेरी श्रीमती चन्द्रमाया बिक कार्यालय सहयोगी भइ काम गर्न सक्षम भएको र मेरो छोरा मनिष विश्वकर्मा कोर्सबाट १२ कक्षा उत्तीर्ण भएको र कार्यालयमा प्रशासनमा काम गर्न सक्षम भएको जानकारी गराइन्छ ।’


चन्द्र बहादुरले आफूहरूलाई खर्च चलाउन पुग्ने मासिक ३ हजार मात्रै भुक्तानी दिएर बाँकी तलब भत्ताबाट ऋण कर्जा किस्ता कटाउन बैंकलाई अनुरोध गरेका छन् । बिक ले आफूहरूको परिवारहरूलाई जागिरको व्यवस्था गरिदिन पत्रमा अनुरोध गरेका छन् ।

सो पत्र हुलाकमार्फत बैंकको केन्द्रिय कार्यालय काठमाडौँलाई समेत पत्र पठाएको उनले बताएका छन् । बैंकले आफ्नो जग्गा जमिन लिलामी गर्न सूचना निकालेपछि यस्तो निर्णयमा पुगेको विकले भनेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यासको अभाव सहज बनाउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।
खोलाले बगाउँदा किशोर बेपत्ता, खोजी जारी

खोलाले बगाउँदा किशोर बेपत्ता, खोजी जारी

खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् । जगन्नाथ गाउँपालिका–३ अन्दाजी १६–१७ वर्षीय  अनुज सिंह खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन् ।
प्रचण्डको प्रश्न : जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

प्रचण्डको प्रश्न : जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेन जी आन्दोलनको उपलब्धीमाथि प्रश्न उठाएका छन् ।
मुस्ताङमा निरन्तर भूकम्पको धक्का, चर्किए घरहरू

मुस्ताङमा निरन्तर भूकम्पको धक्का, चर्किए घरहरू

मुस्ताङमा निरन्तर भूकम्पको धक्का महसुस गरिएको छ ।