नेभिगेशन
सबै कुरा

बिजुलीको पोल ढलेर लाग्दा वडा सदस्यको मृत्यु

हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका–७ को  मानदमारमा एक बिजुलीको पोल ढलेर लाग्दा स्थानीय वडासदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका वडासदस्य ४० वर्षीय रामकुमार तितुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । 

मङ्गलबार दिउँसो १ः३० बजे आफ्नै घर अगाडि हिँडिरहेको अवस्थामा एक्कासि बिजुलीको पोल ढल्दा लागेर उनी सख्त घाइते भएपछि उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पतालमा लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि मङ्गलबार अपराह्न भरतपुरस्थित मेडिकल कलेज लगिएकामा उपचारका क्रममा आज बिहान मृत्यु भएको उनले जानकारी दिए । मृतक तितुङको शव हाल सोही अस्पतालमा राखिएको र घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए। 

City Express

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यातायात विभागले गर्यो दसैँ लक्षित १९ बुँदे निर्णय, अग्रिम टिकट बुकिङसहित के के छन् ? (निर्णयसहित)

यातायात विभागले गर्यो दसैँ लक्षित १९ बुँदे निर्णय, अग्रिम टिकट बुकिङसहित के के छन् ? (निर्णयसहित)

सरोकारवालासँगको बैठकपछि यातायात व्यवस्था विभागले दशैंलाई लक्षित गरी घटस्थापनादेखि २२ असोज (पूर्णिमाको पर्सिपल्ट) सम्म नेपालभर लागु हुने गरी रुट परमिट खुल्ला गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य भएको छ । संसद सचिवालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेको पत्र सचिवालयमा पठाएका छन् ।
जेनजी प्रदर्शनमा मृत्यु भएका ६ जनाको शव सेनाको हेलिकप्टरमार्फत सम्बन्धित जिल्लामा पुर्‍याइयो

जेनजी प्रदर्शनमा मृत्यु भएका ६ जनाको शव सेनाको हेलिकप्टरमार्फत सम्बन्धित जिल्लामा पुर्‍याइयो

यही भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा मृत्यु भएका उनीहरूको शव परिवारका सदस्यसहित सुनसरी, उदयपुर, सिराहा, धनकुटा र संखुवासभा जिल्ला पुर्‍याइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले...
प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको भेट, निर्वाचनमा सहयोग गर्न आग्रह

प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको भेट, निर्वाचनमा सहयोग गर्न आग्रह

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।