नेभिगेशन
सबै कुरा

सावित्रा भण्डारीले वाफ च्यामिपयनसिपको फाइनल खेल्न नपाउने

काठमाडा‌ैँ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) ले साउदी अरेबियामा हुने वेष्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिको फाइनल खेल गुमाउने भएकी छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा आज जारी विज्ञप्तिमा साम्बाले जोर्डन विरुद्धको फाइनल खेल नखेल्ने जनाइएको हो । गएराति सम्पन्न सेमिफाइनल खेलमा नेपालले लेवनानलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको थियो । 

Extreme Energy

साम्बा फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पमा अनुबन्धित छिन् । उक्त क्लबसँगको सम्झौताअनुसार साम्बालाई फिफा विन्डोको खेल खेल्न मात्र अनुमति रहेको छ । जसअनुसार साम्बाले फाइन खेल खेल्न नपाउने भएकी हुन् ।

यसअघि समूह चरण र सेमिफाइलका खेल भने फिफा विन्डोमा भएका कारण उनले खेलेकी हुन् । फाइनल भने फिफा विन्डो बाहिरको खेल हो । वाफ च्याम्पियनसिपमा साम्बाले खेलेका सबै ४ खेलमा नै गोल गरेकी थिइन् ।

उक्त चार खेलमा उनको गोल सङ्ख्या नौ रहेको छ । साम्बा फ्रेन्च लिग खेल्ने साउदी अरेबियाबाट फ्रान्स जाने एन्फाले जनाएको छ ।  उक्त प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
च्याम्पियन्स लिग: पिएसजीद्वारा बार्सिलोना ४–२ ले पराजित

च्याम्पियन्स लिग: पिएसजीद्वारा बार्सिलोना ४–२ ले पराजित

घरेलु मैदानमा पिएसजीको प्रभाव: बार्सिलोनालाई ४–२ गोल अन्तरले हराउँदै शानदार जित दर्ज
रोमामाथि रियाल मड्रिडको रोमाञ्चक जित, अन्तिम मिनेटको गोलले बदलियो नतिजा

रोमामाथि रियाल मड्रिडको रोमाञ्चक जित, अन्तिम मिनेटको गोलले बदलियो नतिजा

८३ औँ मिनेटमा बेन्चबाट मैदान प्रवेश गरेका युवा स्टार कार्लोस एस्पीले गोल गर्दै अन्तर घटाए भने ८५ औँ मिनेटमा एन्ड्रिकले उत्कृष्ट हेडरमार्फत खेल ३–३ को रोमाञ्चक बराबरीमा ल्याए।
अग्वेरोको कीर्तिमान तोड्दै इर्लिङ हलान्ड बने म्यानचेस्टर सिटीका लागि च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता

अग्वेरोको कीर्तिमान तोड्दै इर्लिङ हलान्ड बने म्यानचेस्टर सिटीका लागि च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता

हलान्डले म्यानचेस्टर सिटीका लेजेन्ड सर्जियो अग्वेरो को ३६ गोलको कीर्तिमानलाई पछि पार्दै च्याम्पियन्स लिगमा सिटीका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्।
च्याम्पियन्स लिगमा पीएसजीको दबदबा, घरेलु मैदानमै हार्यो म्यानचेस्टर सिटी

च्याम्पियन्स लिगमा पीएसजीको दबदबा, घरेलु मैदानमै हार्यो म्यानचेस्टर सिटी

खेलको पहिलो हाफमै पीएसजीले पूर्ण नियन्त्रण जमाएको थियो। १३ औं मिनेटमा डेजिरे दुएले काउन्टर-अट्याकमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसको लगत्तै ९९ सेकेन्डभित्रै ओसमान डेम्बेलेले हेडमार्फत दोस्रो गोल...