नेभिगेशन
सबै कुरा

बिक्रि नभएको भन्दै पश्चिम नवलपरासीमा राजमार्गमै पाेखियाे दुध

पश्चिम नवलपरासी । आफूहरुले उत्पादन गरेको दुध बिक्रि नभएको भन्दै पश्चिम नवलपरासीका किसान आन्दोलित भएका छन । उनीहरुले राजमार्गमै दुध पोखेर १ घण्टा पूर्वपश्चिम राजमार्ग बन्द गरेर आन्दोलन गरेका हुन् ।

पश्चिम नवलपरासीमा दैनिक ३० हजार लिटर दुध उत्पादन हुन्छ । जुन काठमाडौँ, पोखरालगायतका स्थानमा बिक्रि हुँदै आएको तर पछिल्लो समय आफूहरुको दुध बिक्रि नभएको भन्दै किसानहरु आन्दोलित भएका हुन् । देशमा नाकाबन्दी वा कुनै हडताल नभएपनि आफूहरुको दुध बिक्रि नभएको भन्दै उनीहरुले सडकमै दुध पोखेर आन्दोलनमा उत्रिएका हुन् । दुधले उचित बजार नपाउँदा आफूहरु पीडामा परेको र सरकारले आफूहरुको समस्या समाधानमा ध्यान नदिएको उनीहरुको आरोप छ ।

CG


कृषिप्रधान देशमा किसाननै पीडामा हुनु समस्या रहेको उनीहरुको दाबी छ । ‘पराल, घाँस, चोकड, ब्रान्ड लगायतका सामाग्री नगदमै खरिद गर्नुपर्ने तर आफूहरुको दुध बिक्रि नहुँदा हामी कहिलेसम्म पीडाले मर्नुपर्ने ?’, आन्दोलित किसानहरु प्रश्न गर्छन् । त्यस्तै उनीहरुले सरकार भारतबाट दुध आयात गर्न सक्ने तर आफ्नै किसानको दुध खरिद गर्न आनाकानी गरेको र आफूहरुलाई सरकारले नै पीडा दिएको बताएका छन् । ‘दिनरात भारतबाट दुध आयात गर्ने अनि नेपालकै उत्पादन खरिदमा विभिन्न बहाना बनाउँदै समयमा भुक्तानी समेत नदिने ? हामीलाई सरकारले मार्न खोजेको हो ?’, उनीहरु प्रश्न गर्छन् ।

आन्दोलनमा उत्रिएका किसानले बिहिबारको बन्द प्रतिकात्मक आन्दोलन मात्र भएको र आगामी दिनमा सरकार आफूहरुको माग पूरा गर्न सकरात्मक नभए आन्दोलनका कार्यक्रम चर्काउने चेतावनी दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

निगमले पेट्रोलमा प्रतिलिटर रु. ४ ले, डिजेल/मट्टितेलमा प्रति लिटर रु. ५ ले, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु. ६ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रति किलोलिटर अमेरिकी...
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९७ पैसा कायम भएको छ ।
आजको निर्धारित विदेशी मुद्राको विनिमयदर

आजको निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ र बिक्रीदर १६९ रुपैयाँ ७० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६९ पैसा,...