नेभिगेशन
सबै कुरा

बिक्रि नभएको भन्दै पश्चिम नवलपरासीमा राजमार्गमै पाेखियाे दुध

पश्चिम नवलपरासी । आफूहरुले उत्पादन गरेको दुध बिक्रि नभएको भन्दै पश्चिम नवलपरासीका किसान आन्दोलित भएका छन । उनीहरुले राजमार्गमै दुध पोखेर १ घण्टा पूर्वपश्चिम राजमार्ग बन्द गरेर आन्दोलन गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पश्चिम नवलपरासीमा दैनिक ३० हजार लिटर दुध उत्पादन हुन्छ । जुन काठमाडौँ, पोखरालगायतका स्थानमा बिक्रि हुँदै आएको तर पछिल्लो समय आफूहरुको दुध बिक्रि नभएको भन्दै किसानहरु आन्दोलित भएका हुन् । देशमा नाकाबन्दी वा कुनै हडताल नभएपनि आफूहरुको दुध बिक्रि नभएको भन्दै उनीहरुले सडकमै दुध पोखेर आन्दोलनमा उत्रिएका हुन् । दुधले उचित बजार नपाउँदा आफूहरु पीडामा परेको र सरकारले आफूहरुको समस्या समाधानमा ध्यान नदिएको उनीहरुको आरोप छ ।

Ncell
Extreme Energy


कृषिप्रधान देशमा किसाननै पीडामा हुनु समस्या रहेको उनीहरुको दाबी छ । ‘पराल, घाँस, चोकड, ब्रान्ड लगायतका सामाग्री नगदमै खरिद गर्नुपर्ने तर आफूहरुको दुध बिक्रि नहुँदा हामी कहिलेसम्म पीडाले मर्नुपर्ने ?’, आन्दोलित किसानहरु प्रश्न गर्छन् । त्यस्तै उनीहरुले सरकार भारतबाट दुध आयात गर्न सक्ने तर आफ्नै किसानको दुध खरिद गर्न आनाकानी गरेको र आफूहरुलाई सरकारले नै पीडा दिएको बताएका छन् । ‘दिनरात भारतबाट दुध आयात गर्ने अनि नेपालकै उत्पादन खरिदमा विभिन्न बहाना बनाउँदै समयमा भुक्तानी समेत नदिने ? हामीलाई सरकारले मार्न खोजेको हो ?’, उनीहरु प्रश्न गर्छन् ।

आन्दोलनमा उत्रिएका किसानले बिहिबारको बन्द प्रतिकात्मक आन्दोलन मात्र भएको र आगामी दिनमा सरकार आफूहरुको माग पूरा गर्न सकरात्मक नभए आन्दोलनका कार्यक्रम चर्काउने चेतावनी दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुनचाँदीको मूल्य क्रमशः घट्दै

सुनचाँदीको मूल्य क्रमशः घट्दै

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ९२ हजार २०० र चाँदीको मूल्य रु चार हजार ३५५ कायम भएको छ ।
एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। यसबाट ग्राहकले अब कुल ३१ प्रतिशतसम्म...
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उनले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए । "बिल लिनुपर्छ भन्ने...
तोलामा रु दुई हजार ९०० बढ्यो सुनको मूल्य

तोलामा रु दुई हजार ९०० बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ९५ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ४०५ कायम भएको...