नेभिगेशन
सबै कुरा

सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्न सरकारलाई आग्रह

प्रतिनिधिसभा सदस्य ठाकुरप्रसाद गैरेले सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्न सरकारलाई आग्रह गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार प्रतिनिधिसभा बैठककाे शून्य समयमा बोल्दै सांसद गैरेले नेपालको भुगोल सुन्तलाका लागि उपयुक्त भएको र सुन्तला स्वास्थ्यको लागि पनि फाइदाजनक भएको भन्दै राष्ट्रिय फल घोषणा गर्न आग्रह गरेका हुन् । 

Ncell
Extreme Energy

उनले अन्य देशको उदाहरण दिँदै सुन्तलालाई नेपालको राष्ट्रिय फल किन घोषणा नगर्ने भन्दै प्रश्न गरेका छन्, ‘भारतले आँपलाई, जापानले हलुवावेदलाई राष्ट्रिय फल बनाएको छ । त्यसैगरी नेपालले सुन्तलालाई राष्ट्रिय फल घोषणा किन नगर्ने ?’, सांसद गैरेले भने । 

त्यस्तै उनले सुन्तलाले देशको जीडिपीमा समेत उल्लेखनिय भुमिका खेल्ने भएका कारण सरकारलाई सुन्तलाको उत्पादन वृद्धि गर्न बजेटको समेत घोषणा गरेका छन् । 

‘नेपालमा वर्षेनी ३० अर्ब ६१ करोडको सुन्तलाको कारोबार हुने गरेको छ । सात लाखले रोजगारी पाउने गरेका छन् । अन्य अन्नबालीभन्दा ६/७ गुणा बढी फाइदा हुने गरेको छ।  कृषि क्षेत्रको तर्फबाट सुन्तलाले कुल ग्राहस्थ उत्पादनको १ प्रतिशत योगदान दिएको छ ।’, उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।