नेभिगेशन
सबै कुरा

सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्न सरकारलाई आग्रह

प्रतिनिधिसभा सदस्य ठाकुरप्रसाद गैरेले सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्न सरकारलाई आग्रह गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठककाे शून्य समयमा बोल्दै सांसद गैरेले नेपालको भुगोल सुन्तलाका लागि उपयुक्त भएको र सुन्तला स्वास्थ्यको लागि पनि फाइदाजनक भएको भन्दै राष्ट्रिय फल घोषणा गर्न आग्रह गरेका हुन् । 

उनले अन्य देशको उदाहरण दिँदै सुन्तलालाई नेपालको राष्ट्रिय फल किन घोषणा नगर्ने भन्दै प्रश्न गरेका छन्, ‘भारतले आँपलाई, जापानले हलुवावेदलाई राष्ट्रिय फल बनाएको छ । त्यसैगरी नेपालले सुन्तलालाई राष्ट्रिय फल घोषणा किन नगर्ने ?’, सांसद गैरेले भने । 

त्यस्तै उनले सुन्तलाले देशको जीडिपीमा समेत उल्लेखनिय भुमिका खेल्ने भएका कारण सरकारलाई सुन्तलाको उत्पादन वृद्धि गर्न बजेटको समेत घोषणा गरेका छन् । 

‘नेपालमा वर्षेनी ३० अर्ब ६१ करोडको सुन्तलाको कारोबार हुने गरेको छ । सात लाखले रोजगारी पाउने गरेका छन् । अन्य अन्नबालीभन्दा ६/७ गुणा बढी फाइदा हुने गरेको छ।  कृषि क्षेत्रको तर्फबाट सुन्तलाले कुल ग्राहस्थ उत्पादनको १ प्रतिशत योगदान दिएको छ ।’, उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...

भर्खरै