नेभिगेशन
सबै कुरा

काठमाडौँ महानगरले फुटपाथ व्यवसायीमाथि ज्यादती गर्यो – सांसद हरि ढकाल

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले काठमाडौं महानगरले फुटपाथ व्यवसायीमाथि गरेको ज्यादतीको निन्दा गरेका छन् । शुक्रबारको संससद बैठकमा बोल्दै उनले सरकरालाई उक्त घटनाको छानबिन गर्न ध्यानाकर्षण समेत गराएका छन् । 

प्रकाश सपुतको गीत ‘मेरो पनि होइन र यो देश’ र स्थानीय निर्वाचनको समयमा काठमाडौँ महानगरका मेयरले नै गाएको ‘गरिबको चमेली बोल्दिने कोही छैन’ भन्ने दुई गीत स्मरण गर्दै सांसद ढकालले फुटपाथ व्यवसायीमाथि ज्यादती भएको बताए । ‘अस्ती राति काठमाडौं महानगरपालिकाले फुटपाथ व्यवसायीमाथि त्यहाँको सुरक्षा प्रशासनको ज्यादतीतको निन्दा गर्न चाहन्छौँ ।’ ढकालले भने ‘सरकारलाई उक्त घटनाको छानबिन गर्न ध्यानाकर्षण गर्न चाहान्छौँ । ’

City Express

साथै उनले चितवन भनेको भरतपुर मात्र नभएर अन्य भुगोल हो भन्दै चितवन भनेको भरतपुर मात्रै हो भन्ने गरी भरतपुर महोत्सव आयोजना गरिएको प्रति आपत्ति जनाए । साथै उनले तत्काल दुध किसानको भुक्तानी गर्न पनि माग गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

जेन जी आन्दोलनमा बालेनको समर्थन, धेरै बाठो नबन्न अभियन्ताहरुलाई आग्रह

उनले लेखेका छन्, ‘भोलीको र्‍याली स्पष्ट  स्वस्फूर्तरुपमा Gen Z को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ , जस्कोलागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि...
अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

भोजपुरको साल्पासिलिछो गाउँपालिका, इटहरी उपमहानगरपालिका, धरान उपमहानगरपालिका, मोरङको सुनबर्षी नगरपालिका र ओखलढुंगाको सुनकोशी गाउँपालिकाले हालसम्म बजेट सार्वजनिक गर्न सकेका छैन ।
निर्माण व्यवसायी विरुद्ध जनप्रतिनिधि आन्दोलित

निर्माण व्यवसायी विरुद्ध जनप्रतिनिधि आन्दोलित

छ वर्ष बितिसक्दा पनि चौकीडाँडा–फल्टुडे सडक निर्माण व्यवसायीले सम्पन्न नगरेपछि जनप्रतिनिधिहरु आन्दोलमा उत्रिएका हुन् । ठेकेदार कम्पनीको विरोध स्वरुप वडा नम्बर ३, १०, ११ र १२ का जनप्रतिनिधिहरुले...