नेभिगेशन
सबै कुरा

माओवादी र कांग्रेसलाई रघुजी पन्तको प्रश्न : भारतीयले प्रचण्ड र देउवालाई वर्तमान र भविष्यमा चढ्ने घोडा भन्दा चुइक्क बोल्न सक्नुहुन्न ?

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले भारतीय सेनाका रिटायर्ड मेजर जनरलले नेपालका लागि निकै अपमानजनक लेख लेखेको भन्दै सो लेखका विषयमा परराष्ट्र मन्त्रालयको कुनै प्रतिक्रिया नआएकोप्रति आपत्ति जनाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पन्तले संसद बैठककाे विशेष समयमा बाेल्दै 'द पायोनियर'मा २७ फेब्रुअरी २०२४ मा ‘इन्डिया इज अन द राइट ट्रयाक इन नेपाल’ शिर्षकमा छापिएको लेखमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतले चढ्ने घोडा भनिएको र कांग्रेस सभापति शेर बहादुर देउवालाई भविष्यमा चढ्न सकिने घोडा भनेर लेखिएकाे बताए ।

Ncell
Extreme Energy

उक्त लेखका लेखिएको लाइनलाई नेपालीमा उल्था गर्दै सांसद पन्तले भने, ‘ मलाई सबैभन्दा आपत्ति त त्यो लेखको अन्तिममा लेखिएको शब्दमा छ । लेखमा लेखिएको छ –प्रचण्ड त्यस्तो पात्र हुन्, जो भारतलाई चढ्नको लागि अहिले उपयुक्त छन् । तबेलामा राखिएको शेरबहादुर देउवा अर्को घोडा हुन् जो भविस्यमा चढ्नको लागि उपयुक्त छन् । अर्थ त्यही हो । नोपालको भईरहेको प्रधानमन्त्रीलाई एउटा विदेशीले घोडा भनेर लेख्दा हाम्रो स्वाभिमान कहाँ गयो ? परराष्ट्र मन्त्रालयले प्रतिक्रिया जारी गर्नुपर्दैन ?’

उनले परारष्ट्र मन्त्रालयबाट कुनै प्र्रतिक्रिया नआएपनि माओवादी र कांग्रेसबाट कुनै खण्डन नआएको बताउँदै स्वाभिमान कहाँ गयो भन्दै प्रश्न गरे । ‘परराष्ट्र मन्त्रालय नबोले पनि आफ्नो पार्टीका सभापतिबारे यस्ता कुरा लेखिदा नेपाली कांग्रेस पार्टीका तर्फबाट खण्डन आउनु पर्दैन ।’ सांसद पन्तले भने, ‘हिजो कुनै कालखण्डमा भारतसँग लड्न भनेर सुरुङ खन्ने माओवादी कमरडहरु तपाईँहरुको पार्टीको अध्यक्ष भईहरेको प्रधानमन्त्रीलाई दिल्लीको घोडा भनेर लेख्दा चुइक्क बोल्न सक्नुहुन्न ? कुन सुरुङमा लुकेर बस्नुभएको छ ? तपाईँहरुको स्वाभिमान कहाँ गयो ? तपाईँहरुको नसामा रगत बगेको छ कि पानी बगेको छ दिनुस् जवाफ ।’


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् ।
पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । सरकारी छाप र लेटरप्याड कीर्ते गरी दुरुपयोग गरेको अभियोगमा प्रहरीमा जाहेरी परेपछि जिल्ला अदालत...
संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई बोलाएको छ ।
तीनवटा संसदीय समितिको बैठक बस्दै

तीनवटा संसदीय समितिको बैठक बस्दै

प्रतिनिधि सभाका तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।