नेभिगेशन
सबै कुरा

माओवादी र कांग्रेसलाई रघुजी पन्तको प्रश्न : भारतीयले प्रचण्ड र देउवालाई वर्तमान र भविष्यमा चढ्ने घोडा भन्दा चुइक्क बोल्न सक्नुहुन्न ?

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले भारतीय सेनाका रिटायर्ड मेजर जनरलले नेपालका लागि निकै अपमानजनक लेख लेखेको भन्दै सो लेखका विषयमा परराष्ट्र मन्त्रालयको कुनै प्रतिक्रिया नआएकोप्रति आपत्ति जनाएका छन् । 

पन्तले संसद बैठककाे विशेष समयमा बाेल्दै 'द पायोनियर'मा २७ फेब्रुअरी २०२४ मा ‘इन्डिया इज अन द राइट ट्रयाक इन नेपाल’ शिर्षकमा छापिएको लेखमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतले चढ्ने घोडा भनिएको र कांग्रेस सभापति शेर बहादुर देउवालाई भविष्यमा चढ्न सकिने घोडा भनेर लेखिएकाे बताए ।

उक्त लेखका लेखिएको लाइनलाई नेपालीमा उल्था गर्दै सांसद पन्तले भने, ‘ मलाई सबैभन्दा आपत्ति त त्यो लेखको अन्तिममा लेखिएको शब्दमा छ । लेखमा लेखिएको छ –प्रचण्ड त्यस्तो पात्र हुन्, जो भारतलाई चढ्नको लागि अहिले उपयुक्त छन् । तबेलामा राखिएको शेरबहादुर देउवा अर्को घोडा हुन् जो भविस्यमा चढ्नको लागि उपयुक्त छन् । अर्थ त्यही हो । नोपालको भईरहेको प्रधानमन्त्रीलाई एउटा विदेशीले घोडा भनेर लेख्दा हाम्रो स्वाभिमान कहाँ गयो ? परराष्ट्र मन्त्रालयले प्रतिक्रिया जारी गर्नुपर्दैन ?’

उनले परारष्ट्र मन्त्रालयबाट कुनै प्र्रतिक्रिया नआएपनि माओवादी र कांग्रेसबाट कुनै खण्डन नआएको बताउँदै स्वाभिमान कहाँ गयो भन्दै प्रश्न गरे । ‘परराष्ट्र मन्त्रालय नबोले पनि आफ्नो पार्टीका सभापतिबारे यस्ता कुरा लेखिदा नेपाली कांग्रेस पार्टीका तर्फबाट खण्डन आउनु पर्दैन ।’ सांसद पन्तले भने, ‘हिजो कुनै कालखण्डमा भारतसँग लड्न भनेर सुरुङ खन्ने माओवादी कमरडहरु तपाईँहरुको पार्टीको अध्यक्ष भईहरेको प्रधानमन्त्रीलाई दिल्लीको घोडा भनेर लेख्दा चुइक्क बोल्न सक्नुहुन्न ? कुन सुरुङमा लुकेर बस्नुभएको छ ? तपाईँहरुको स्वाभिमान कहाँ गयो ? तपाईँहरुको नसामा रगत बगेको छ कि पानी बगेको छ दिनुस् जवाफ ।’


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...

भर्खरै