नेभिगेशन
सबै कुरा

धादिङका पहलमान र ओखलढुंगाका भुवनको उद्धार गर्न सांसदहरुको माग

काठमाडौँ । दुबइको जेलमा उद्धारको पर्खाइमा रहेका धादिङको नेत्रावती गाउँपालिका ४ का पहलमान थापा मगर र ओखलढुंगाका भुवन श्रेष्ठको उद्धारको माग संसदमा समेत उठेको छ । धादिङ क्षेत्र नम्बर २ का सांसद रामनाथ अधिकारी र ओखलढुंगाका सांसद रामहरी खतिवडाले उनीहरुको उद्धार गर्न सरकारलाई आग्रह गरेका हुन् । 

धादिङका पहलमान मगर, ओखलढुंगाका भुवन श्रेष्ठसँगै बस्दै आएका बाबुराम आलेमगरको मृत्युपछि पक्राउ परेका थिए । दूतावासका अधिकारीहरुका अनुसार स्थानीय प्रहरी अनुसन्धान र उनीहरुको बयानपछि युएईको तल्लो अदाललते हत्या अभियोगमा दोषी ठहर गर्दै आजीबन कारबासको फैसला सुनाएको छ । 

City Express


भुवन र पहलमानका परिवारले ब्लड मनिका रुपमा १ करोड रुपैयाँ दिने सहमती गरेको थिए । ‘मृतक बाबुरामको परिवारलाई दुबै परिवारले ५०÷५० लाख नगद दिएर कारागारमा रहेका श्रेष्ठ र मगरलाई रिहा गर्ने सहमती भएको थियो । पीडित र पीडक दुबै नेपाली भएको र नेपालमै रकम दिने सहमति भएको कागज युएईको उच्च अदालतमा पेश गरेपछि भने उच्च अदालतले ब्लड मनी दिने प्रक्रिया पुरा गरे रिहा हुने फैसला गरेको हो । यसैका लागि रकम जुटाउन दुवै परिवारलाई हम्मे हम्मे परेको छ ।

पहलमान  थापा मगर र भुवन श्रेष्ठलाई जेलबाट छुटाएर नेपाल ल्याउन परिवारका सदस्यहरु ऋण, धन र चन्दा संकलनमा जुटेका छन् । निकै कमजोर आर्थिक अवस्था भएका दुवैजनाको परिवारले विभिन्न संघ संस्था र व्यक्तिसंग हारगुहार गरेर भुवन श्रेष्ठको लागि आवश्यक रकम जुटाएका छन् । तर यता धादिङका पहलमानको लागि भने रकम जुट्न सकेको छैन । आफ्नो जाय ज्याथा र सबै सम्पत्ति बिक्री गर्दा समेत नपुग्ने रकम जोहो गर्नुपर्ने भन्दै उनीहरुले सहयोगका लागि सबैसंग अपिल गरेका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै दुई लाख १७ हजार एक सय

सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै दुई लाख १७ हजार एक सय

सोमबार प्रतितोला रु दुई लाख १५ हजार २०० मा कारोबार भएको सुन मंगलबार तोलामा रु एक हजार ९०० बढेर रु दुई लाख १७ हजार १०० पुगेको नेपाल सुनचाँदी...
पहिरोले महकाली राजमार्ग अवरुद्ध

पहिरोले महकाली राजमार्ग अवरुद्ध

राजमार्गअन्तर्गतको दोगडाकेदार–५ सलसेनास्थित साजाधारमा मंगलबार बिहान पहिरो खसेको स्थानीय शेरसिंह कार्कीले जानकारी दिए।
जेनजी आन्दोलन पछि सार्वजनिक भए प्रचण्ड, जलेको पार्टी कार्यालय पुगेर भने भव्य कार्यालय बनाउने छौँ

जेनजी आन्दोलन पछि सार्वजनिक भए प्रचण्ड, जलेको पार्टी कार्यालय पुगेर भने भव्य कार्यालय बनाउने छौँ

पार्टी कार्यालयमा आगजनी भएपनि माइन्युट र केही महत्वपूर्ण दस्ताबेज सुरक्षीत रहेको भन्दै प्रचण्डले कर्मचारी तथा कार्यकर्तालाई धन्यवाद दिएका थिए । लगत्तै प्रचण्डले माओवादीले देशभरका नेता कार्यकर्ताको सहयोगमा नयाँ...
जेन–जी शहदिहरुको शव यात्रा अघि टिचिङ हस्पिटल (तस्बिरहरु)

जेन–जी शहदिहरुको शव यात्रा अघि टिचिङ हस्पिटल (तस्बिरहरु)

त्रिवि शिक्षण अस्पतालबाट आज १० जना जेन–जी शहीदहरुको शव अन्त्यष्टीका लागि लगिदैछ । ६ जनाको शव काठमाडौं बाहिर लगिनेछ भने ४ जनाको पशुपतिमा आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।