नेभिगेशन
सबै कुरा

धादिङका पहलमान र ओखलढुंगाका भुवनको उद्धार गर्न सांसदहरुको माग

काठमाडौँ । दुबइको जेलमा उद्धारको पर्खाइमा रहेका धादिङको नेत्रावती गाउँपालिका ४ का पहलमान थापा मगर र ओखलढुंगाका भुवन श्रेष्ठको उद्धारको माग संसदमा समेत उठेको छ । धादिङ क्षेत्र नम्बर २ का सांसद रामनाथ अधिकारी र ओखलढुंगाका सांसद रामहरी खतिवडाले उनीहरुको उद्धार गर्न सरकारलाई आग्रह गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

धादिङका पहलमान मगर, ओखलढुंगाका भुवन श्रेष्ठसँगै बस्दै आएका बाबुराम आलेमगरको मृत्युपछि पक्राउ परेका थिए । दूतावासका अधिकारीहरुका अनुसार स्थानीय प्रहरी अनुसन्धान र उनीहरुको बयानपछि युएईको तल्लो अदाललते हत्या अभियोगमा दोषी ठहर गर्दै आजीबन कारबासको फैसला सुनाएको छ । 

Ncell
Extreme Energy


भुवन र पहलमानका परिवारले ब्लड मनिका रुपमा १ करोड रुपैयाँ दिने सहमती गरेको थिए । ‘मृतक बाबुरामको परिवारलाई दुबै परिवारले ५०÷५० लाख नगद दिएर कारागारमा रहेका श्रेष्ठ र मगरलाई रिहा गर्ने सहमती भएको थियो । पीडित र पीडक दुबै नेपाली भएको र नेपालमै रकम दिने सहमति भएको कागज युएईको उच्च अदालतमा पेश गरेपछि भने उच्च अदालतले ब्लड मनी दिने प्रक्रिया पुरा गरे रिहा हुने फैसला गरेको हो । यसैका लागि रकम जुटाउन दुवै परिवारलाई हम्मे हम्मे परेको छ ।

पहलमान  थापा मगर र भुवन श्रेष्ठलाई जेलबाट छुटाएर नेपाल ल्याउन परिवारका सदस्यहरु ऋण, धन र चन्दा संकलनमा जुटेका छन् । निकै कमजोर आर्थिक अवस्था भएका दुवैजनाको परिवारले विभिन्न संघ संस्था र व्यक्तिसंग हारगुहार गरेर भुवन श्रेष्ठको लागि आवश्यक रकम जुटाएका छन् । तर यता धादिङका पहलमानको लागि भने रकम जुट्न सकेको छैन । आफ्नो जाय ज्याथा र सबै सम्पत्ति बिक्री गर्दा समेत नपुग्ने रकम जोहो गर्नुपर्ने भन्दै उनीहरुले सहयोगका लागि सबैसंग अपिल गरेका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यासको अभाव सहज बनाउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।
खोलाले बगाउँदा किशोर बेपत्ता, खोजी जारी

खोलाले बगाउँदा किशोर बेपत्ता, खोजी जारी

खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् । जगन्नाथ गाउँपालिका–३ अन्दाजी १६–१७ वर्षीय  अनुज सिंह खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन् ।
प्रचण्डको प्रश्न : जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

प्रचण्डको प्रश्न : जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेन जी आन्दोलनको उपलब्धीमाथि प्रश्न उठाएका छन् ।
मुस्ताङमा निरन्तर भूकम्पको धक्का, चर्किए घरहरू

मुस्ताङमा निरन्तर भूकम्पको धक्का, चर्किए घरहरू

मुस्ताङमा निरन्तर भूकम्पको धक्का महसुस गरिएको छ ।