नेभिगेशन
सबै कुरा

संस्कारसहितको व्यावहारिक शिक्षा आजको आवश्यकता : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कार, संस्कृति र पहिचानसहितको व्यावहारिक सीपमूलक शिक्षा आजको आवश्यकता भएको बताएका छन् । अनन्तश्री ब्रह्माण्डीय महायज्ञलाई सम्बोधन गर्दै उनले देशका विभिन्न स्थानमा सञ्चालित गुरूकूल वेदविद्याश्रमबाट संस्कार र संस्कृति प्रवाह भएको बताए । “गुरूकूल वेदविद्याश्रमबाट उत्पादित जनशक्ति धर्मसंस्कार, संस्कृतिको संरक्षण, सम्वद्र्धन, आफ्नो देशका तीर्थस्थलको महिमा र गरिमालाई आमजनसमुदायमा बुझाउन तल्लीन रहेका छन्”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “२० वर्ष अगाडि मुक्तिनाथजस्तो तत्कालीन दुर्गम स्थानमा स्वास्थ्य सेवाश्रमको स्थापनाले स्वास्थ्य क्षेत्रको विकास हुनु महत्वपूर्ण छ ।” प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार भौतिक विकासको दौडमा रहेको वर्तमान विश्वले जबसम्म आध्यात्मिक चेतनाको विकास गर्न सक्दैन तबसम्म समाजले शान्तिको श्वास फेर्न नसक्ने प्रधानमन्त्रीले बताए । उनले भने, “गौतमबुद्धको देशमा जन्मेका हामी शान्तिका लागि सम्पूर्ण विश्वको आकर्षणको केन्द्र बन्नुपर्नेमा पैसाका लागि विदेशिने अवस्था परिवर्तन गर्नुपर्छ ।”

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

बाढीका कारण देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन

बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यासको अभाव सहज बनाउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।
खोलाले बगाउँदा किशोर बेपत्ता, खोजी जारी

खोलाले बगाउँदा किशोर बेपत्ता, खोजी जारी

खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् । जगन्नाथ गाउँपालिका–३ अन्दाजी १६–१७ वर्षीय  अनुज सिंह खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन् ।
प्रचण्डको प्रश्न : जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

प्रचण्डको प्रश्न : जेन–जीले खोजेको परिवर्तन कहाँ पुग्यो ?

नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेन जी आन्दोलनको उपलब्धीमाथि प्रश्न उठाएका छन् ।
मुस्ताङमा निरन्तर भूकम्पको धक्का, चर्किए घरहरू

मुस्ताङमा निरन्तर भूकम्पको धक्का, चर्किए घरहरू

मुस्ताङमा निरन्तर भूकम्पको धक्का महसुस गरिएको छ ।