नेभिगेशन
सबै कुरा

बागलुङको पञ्चकोटले दिइरहेको राष्ट्रिय सन्देश

बलेवा (बागलुङ) । गण्डकी प्रदेशको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र बागलुङको सर्वसिद्धिधाम पञ्चकोट क्षेत्रको पूर्वाधार निर्माण, विश्वकै अग्लो कलश निर्माण गर्ने र त्यसबाट धार्मिक पर्यटक भित्र्याउने लक्ष्यका साथ गत फागुन ९ गतेदेखि ब्रह्माण्डीय महायज्ञको बाटो रोजिएको छ । फागुन २३ गतेसम्म सञ्चालन हुने महायज्ञमा कथा वाचन, पाठपरायणलगायत गतिविधि निरन्तर भइरहेका छन् । 

विसं २०७१ मा महायज्ञमार्फत धार्मिक संरचना तयार हुँदै आएको पञ्चकोटमा महत्वकाङ्क्षी योजना सम्पन्न हुँदैछन् । यहाँ अहिलेसम्म रु ५० करोड बढीका संरचना बनिसकेका छन् । त्यसबाहेक अग्लो कलश बनाउने अभियान अझै जारी छ । झण्डै रु पाँच अर्बको योजनामा यहाँ भइरहेका सबै काममा महायज्ञ, धनधान्याञ्चल र स्थानीयको दानमुठीकैभर छ । 

City Express

केही पूर्वाधार निर्माणका क्षेत्रमा स्थानीय र प्रदेश सरकार जोडिएको पञ्चकोटका परिकल्पनाकार स्वामी कमलनयनाचार्यले बताए । उहाँका अनुसार अधिकांश काम महायज्ञका लागि दानमुठी गरिएको रकमबाटै भएका छन् ।

फागुनको १० गते राष्ट्रपति रामचन्द्र पौडेलले महाघण्टको उद्घाटन गरे । त्यसयता पञ्चकोटमा देशका विभिन्न क्षेत्रका विज्ञ, सङ्घ, प्रदेश र स्थानीय सरकारका प्रतिनिधि तथा देश विदेशका पर्यटन प्रवर्द्धकको बाक्लो उपस्थिति भइरहेको छ । पञ्चकोटमा महायज्ञ मात्रै भइरहेको छैन । १५ दिन लामो महायज्ञको कर्मकाण्डबाहेक हरेक दिन राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरले चासो राख्नेगरी सन्देशहरु प्रवाह भइरहेका छन् । 

महायज्ञमा हरेक दिन फरक विषयका विज्ञको सम्मेलनले सन्देश प्रवाह गरिरहेका हुन् । पहिलो दिन फागुन ९ गते जल, ऊर्जा, विकास तथा वातावरण सम्मेलन भयो । जलसम्पदा जोगाउन विज्ञले अनुनय गरे । त्यो मात्रै होइन जलकै कारण विश्वयुद्धको सम्भावना औँल्याइयो । जुन विषय देशविदेशमा रहेर जलसम्पदाको चासो राख्नेका लागि मुख्य विषय बन्यो । 

फागुन ११ गते राष्ट्रिय शिक्षा प्रणालीको कार्यान्वयन सम्मेलन भयो । विज्ञले शिक्षा नीतिमै सुधारको आवश्यकता औँल्याए । “महायज्ञको उद्देश्य एउटा पाटो हो, महायज्ञ अवधिमै भएका विज्ञ सम्मेलनले निकै राम्रो र दीर्घकालीन सन्देश दिएका छन्”, पूर्वसांसद तथा पञ्चकोट क्षेत्रकै स्थानीय इन्द्रलाल सापकोटाले भने, “विकाससँगै भइरहेका विनाशका विषय पनि पञ्चकोटले सम्झाएको छ । यसमा सरोकारवाला गम्भीर हुन जरुरी छ ।”

 महायज्ञ अवधिमा फागुन १२ गते गण्डकी विकासको अवधारणा र कार्यान्वयन सम्मेलन, फागुन १३ गते प्रादेशिक राजनीति र सुशासन सम्मेलन भएको छ । फागुन १४ गते राष्ट्रिय सुरक्षा प्रणाली, न्यायिक पद्धति कार्यान्वयन सम्मेलन, फागुन १५ गते आत्मनिर्भरमुखी राष्ट्रिय कृषि, फागुन १६ गते योग तथा खेल, फागुन १७ गते पूर्वीय चिकित्सा पद्धति र जनस्वास्थ्य विकास, १८ गते राष्ट्रिय अर्थतन्त्रको विकास र वित्तीय संस्थाको योगदान सम्मेलन भइसकेको महायज्ञ मूल संयोजक कमलनयनाचार्यले जानकारी दिए ।  

आज समावेशीताको सिद्धान्त र महिलाको क्षमता विकास सम्मेलन, फागुन २० गते भाषा, साहित्य र संस्कृति संरक्षण सम्मेलन हुनेछ । फागुन २१ गते समाजसेवा र समाजसेवीको प्रभावकारिता सम्मेलन, फागुन २२ गते प्राकृतिक स्रोत संरक्षण र वातावरण सम्मेलन तथा फागुन २३ गते वैदिक सनातन तथा बौद्ध धर्म र धार्मिक संस्थाको संरक्षणसम्बन्धी सम्मेलन हुने संयोजक कमलनयनाचार्यले बताए । महायज्ञले देशको अहिलेको अवस्था चित्रण गर्ने र बिग्रेका विषय सुधार गर्न सरोकारवालालाई सन्देश दिने उनले  बताए । 

ब्रह्माण्डीय महायज्ञ अहिलेसम्म नेपालमा नभएको र बागलुङमा पहिलोपटक भएको हो । ब्रह्माण्डीय महायज्ञ केबल धार्मिक कार्यक्रम मात्र नभई जल जोगाउन राष्ट्रिय आह्वान भएको कमलनयनाचार्यले बताए । पञ्चकोटमा भएका सम्मेलनले जल, ऊर्जा, विकास तथा वातावरण, देश विकासको अवधारणा र कार्यान्वयनका साथै राजनीति र सुशासनका विषय सन्देश दिइरहेका छन् । 

पन्ध्र दिनसम्म चल्ने महायज्ञमा २५ फिट अग्लो मौलो २१ हजार कर्ताबाट धान अर्पण गरेर पुरिनेछ । एक सय ५१ फिट अग्लो कलशमा करिब एक हजार पाँच सय व्यक्ति अटाउने गरी निर्माण भइरहेको छ । कलश निर्माणका लागि ४० फिट जमिनमुनिबाट फाउन्डेसन तयार पार्ने काम भइसकेको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
निर्माणाधीन मितेरी पुल दसैँ अघिनै सम्पन्न हुने

निर्माणाधीन मितेरी पुल दसैँ अघिनै सम्पन्न हुने

आफ्नो तर्फको भागमा पुल निर्माणसम्बन्धी काम पूरा गरिसकेको चिनियाँ पक्षले नेपालतर्फको भागमा समेत पिलर राख्ने भुइँ सहतको ढलान गर्ने काम आज सम्पन्न गरेसँगै अब छिट्टै पुल बन्ने भएको...
कार्यकर्ता संगै पार्टी कार्यालयको सरफाईमा जुटे प्रचण्ड(तस्बिरहरु)

कार्यकर्ता संगै पार्टी कार्यालयको सरफाईमा जुटे प्रचण्ड(तस्बिरहरु)

जेन जी आन्दोलनको क्रममा भाद्र २४ गते आन्दोलनकारीको समूहले तोडफोड र आगजनी गरेको पार्टीको कार्यालय पुगी प्रचण्डले सरसफाई र अवलोकन गरेका हुन् ।
जेन–जी शहीदहरुको शवयात्रा (तस्बिरहरु)

जेन–जी शहीदहरुको शवयात्रा (तस्बिरहरु)

१० जनाको शव र्‍यालीसहित लगिएकोमा ६ जनाको शव हेलिकप्टरमा काठमाडौं बाहिर लगिने भएको छ । चार जनाको पशुपतिमा अन्त्येष्टि गरिनेछ । सरकारले आन्दोलनमा मृत्यु हुनेलाई राष्ट्रिय झण्डा ओढाई...
उच्च मनोवलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई गृहमन्त्री अर्यालकाे आग्रह

उच्च मनोवलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई गृहमन्त्री अर्यालकाे आग्रह

मंगलबार युवाहरुको आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरिक्षण गर्दै गृहमन्त्री अर्यालले उच्च मनोवलका साथ आफ्नो काममा खटिन आग्रह गरेका हुन ।