नेभिगेशन
सबै कुरा

भक्तपुरमा हत्या गरी फरार एकजना काभ्रेबाट पक्राउ

काठमाडाैँ ।  प्रहरीले भक्तपुरमा मृत अवस्थामा फेला परेका गोपाल प्रसाद ढकालको हत्या आरोपमा एकजनालाई पक्राउ गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै ढकालको हत्या आरोपमा भक्तपुर चागुनारायण घर भएका सन्तोष सुवाललाई मृतकको मोवाईलसहित काभ्रे मण्डनदेउपुरबाट पक्राउ गरिएको जनाएको हो ।

Ncell
Extreme Energy

फागुन १० गते तेह्रथुम घर भइ हाल भक्तपुर सिपाडोल बस्ने गोपाल प्रसाद ढकालकी श्रीमती रेनु ढकालले आफ्नो श्रीमान हराएको र श्रीमान चाहिए सुर्यविनायक जंगलमा दुई लाख लिएर आउनु भनि फोन आएको भन्दै प्रहरी वृत्त जगातीमा जानकारी गराएकी थिइन् ।

निजको खोजतलास गर्दै जाँदा फागुन ११ गते सुर्यबिनायक ८ स्थित रोधन बस्नेतको गोठमा गोपाल प्रसाद ढकाल मृत अवस्थामा फेला परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए । त्यसपश्चात अनुसन्धान गर्दा सन्तोष सुवाल उक्त घटनामा संलग्न भई फरार रहेको खुल्न आएकाले खोज तलास गर्दै जाँदा काभ्रेबाट पक्राउ गरिएको उनले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...