नेभिगेशन
सबै कुरा

भक्तपुरमा हत्या गरी फरार एकजना काभ्रेबाट पक्राउ

काठमाडाैँ ।  प्रहरीले भक्तपुरमा मृत अवस्थामा फेला परेका गोपाल प्रसाद ढकालको हत्या आरोपमा एकजनालाई पक्राउ गरेको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै ढकालको हत्या आरोपमा भक्तपुर चागुनारायण घर भएका सन्तोष सुवाललाई मृतकको मोवाईलसहित काभ्रे मण्डनदेउपुरबाट पक्राउ गरिएको जनाएको हो ।

City Express

फागुन १० गते तेह्रथुम घर भइ हाल भक्तपुर सिपाडोल बस्ने गोपाल प्रसाद ढकालकी श्रीमती रेनु ढकालले आफ्नो श्रीमान हराएको र श्रीमान चाहिए सुर्यविनायक जंगलमा दुई लाख लिएर आउनु भनि फोन आएको भन्दै प्रहरी वृत्त जगातीमा जानकारी गराएकी थिइन् ।

निजको खोजतलास गर्दै जाँदा फागुन ११ गते सुर्यबिनायक ८ स्थित रोधन बस्नेतको गोठमा गोपाल प्रसाद ढकाल मृत अवस्थामा फेला परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए । त्यसपश्चात अनुसन्धान गर्दा सन्तोष सुवाल उक्त घटनामा संलग्न भई फरार रहेको खुल्न आएकाले खोज तलास गर्दै जाँदा काभ्रेबाट पक्राउ गरिएको उनले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...
बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आइतबार अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा एकै परिवारका तीन सहित चार जनाको मृत्यु, बसले अटोरिक्सालाई ठक्कर दिएको थियो

दुर्घटनामा एकै परिवारका तीन सहित चार जनाको मृत्यु, बसले अटोरिक्सालाई ठक्कर दिएको थियो

विराटनगरबाट धनगढी गइरहेको सुप्र०१–००१ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश२–०१–००१ह १२३० नम्बरको अटोरिक्सालाई शनिबार साँझ ठक्कर दिएको थियो ।
छोराको प्रहारबाट बाबुको मृत्यु, आमा घाइते

छोराको प्रहारबाट बाबुको मृत्यु, आमा घाइते

मालिका –३ म्यालका २३ वर्षीय भोटबहादुर विकले शनिबार ५२ वर्षीय धनबहादुरको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारूले जानकारी दिए ।