नेभिगेशन
सबै कुरा

अर्को गठबन्धनको प्रस्ताव बोकेर माधव नेपालको घरमा देउवा दम्पती

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा सहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नयाँ गठबन्धनमा जोडिएर सरकारमा मन्त्री पठाउने तयारी गरेका नेपालसँग छलफल गर्न कांग्रेस नेता रमेश लेखक पनि पुगेका छन् ।

Ncell
Extreme Energy

मंगलबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले निवासमै पुगेर नेपाललाई सरकारमा सहभागी हुन फकाएका थिए ।

गठबन्धन फेरिएसँगै किनारामा पुगेका नेपाल पुनः सरकारमा सहभागी हुन सकारात्मक देखिएको बैठकमा सहभागी नेताहरूले बताएका थिए ।

आज बिहानै कांग्रेस सभापति देउवाले अर्को गठबन्धनको प्रस्ताव सहित नेपाल निवास पुगेको कांग्रेसका एक नेताले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
१५औं महाधिवेशनबाट यस्तो बन्यो कांग्रेस केन्द्रीय समिति (पदाधिकारी र सदस्यहरूको सूचीसहित)

१५औं महाधिवेशनबाट यस्तो बन्यो कांग्रेस केन्द्रीय समिति (पदाधिकारी र सदस्यहरूको सूचीसहित)

नेपाली कांग्रेसको १५औँ महाधिवेशनले गगन थापाको नेतृत्वमा २३१ सदस्यीय नयाँ केन्द्रीय समिति निर्वाचित गरेको छ । २९७ सदस्यीय केन्द्रीय समितिमा सभापतिले ६६ जना केन्द्रीय सदस्य मनोनीत गर्नेछन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
कांग्रेस महाधिवेशनः  मतगणना सकियो, दसैंपछि प्रमाणपत्र

कांग्रेस महाधिवेशनः मतगणना सकियो, दसैंपछि प्रमाणपत्र

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत भएको नयाँ नेतृत्व चयनको लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको छ ।
राज्यका संवेदनशील सूचना चुहाउनेले उन्मुक्ति पाउँदैनः गृहमन्त्री सुधन गुरुङ

राज्यका संवेदनशील सूचना चुहाउनेले उन्मुक्ति पाउँदैनः गृहमन्त्री सुधन गुरुङ

मन्त्री गुरुङले भने, “प्रहरीलाई उत्प्रेरित गर्ने गरी कानुनमार्फत सेवासुविधा थप गर्न वर्तमान सरकारले पहल गरिरहेको छ । आवास, स्वास्थ्यलगायतका सेवा सुविधा तथा सरुवा–बढुवालाई व्यवस्थित गरिनेछ ।” प्रहरीको उनले...