नेभिगेशन
सबै कुरा

इलाम–२ को उम्मेदवार छनोट गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ । इलाम–२ को उपनिर्वाचमा उठ्ने उम्मेदवारबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक सोमबार बिहान पार्टी कार्यालय वनस्थलीमा बस्नेछ । 

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र इलाममा हुने उपनिर्वाचनमा उठाउने उम्मेदवारबारे छलफल हुने सचिवालयलले जनाएको छ । 

City Express

गत भदौ २६ मा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधन भएसँगै उक्त क्षेत्रको सांसद पद रिक्त छ । निर्वाचन आयोगले इलाम क्षेत्र नम्बर २ मा बैशाख १५ गते उपनिर्वाचनको मिति तोकेको छ । 

उक्त निर्वाचनमा उम्मेदवार घोषण गर्नुअघि रास्वपाले मत सर्वेक्षण समेत गरेको छ । रास्वपाका ६ सांसदले इलामको सर्वेक्षण गरेका हुन् ।  सोविता गौतम, गणेश पराजुली, मनिष झा, अशोक चौधरी, असिम शाह र हरि ढकालले इलाममा सर्वेक्षण गरेका हुन् । उनीहरुले सोमबारको केन्द्रीय समिति बैठकमा त्यसको ब्रिफिङ गर्नेछन् । सो पश्चात रास्वपाले उठाउने उम्मेदवारबारे छलफल गर्ने बताइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मन्त्रिपरिषद् निर्णयः मृतकका परिवारलाई १५ लाख क्षतिपूर्ति, असोज १ गते शोक विदा

मन्त्रिपरिषद् निर्णयः मृतकका परिवारलाई १५ लाख क्षतिपूर्ति, असोज १ गते शोक विदा

सरकारले असोज १ गते  शोक विदा दिने निर्णय गरेको छ । आजको मन्त्रिपरिषद बैठकले केपी ओली नेतृत्वको मन्त्रिपरिषद्मा निर्णयका लागि पेश भएको प्रस्तावहरू सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय...
जेन–जी प्रदर्शनमा तत्कालिन सरकारले गम्भीर अपराध गरेको रास्वपाको ठहर

जेन–जी प्रदर्शनमा तत्कालिन सरकारले गम्भीर अपराध गरेको रास्वपाको ठहर

प्रवक्ता मनिष झाद्वारा विज्ञप्तीमा भनिएको छ, ‘विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा बिना हातहतियार शान्तिपूर्वक भेला हुने नागरिकको मौलिक हक उल्लंघन गर्दै तत्कालिन सरकारबाट भदौ २३, २४ मा भएको...
जनविद्रोह गर्ने र विस्थापित भएकाको परीक्षण निर्वाचनमार्फत हुन्छः गृहमन्त्री अर्याल

जनविद्रोह गर्ने र विस्थापित भएकाको परीक्षण निर्वाचनमार्फत हुन्छः गृहमन्त्री अर्याल

“विद्रोहबाट विस्थापित भएकाको फेरि पुनरागमन हुने अवस्था रहेछ, जनताले ‘म्यान्डेड’ दिनहुन्छ भने पनि त्यसका लागि निर्वाचनमै जानुपर्छ”, मन्त्री अर्यालले भने, “जसले नयाँ जनविद्रोह गर्नुभयो र अहिले यो अवस्था...
तोडफोड र आगजनीमा संलग्न २ वडा सभापतिलाई रास्वपाले गर्यो कारबाही

तोडफोड र आगजनीमा संलग्न २ वडा सभापतिलाई रास्वपाले गर्यो कारबाही

जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनीमा संलग्न भएका पोखरा महानगरपालिका–१० का वडा सभापति चन्द्रबहादुर थापा र मादी गाउँपालिका–६ का वडा सभापति भोजराज पौडेललाई निलम्बन गरेको हो ।