नेभिगेशन
सबै कुरा

इलाम–२ को उम्मेदवार छनोट गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ । इलाम–२ को उपनिर्वाचमा उठ्ने उम्मेदवारबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक सोमबार बिहान पार्टी कार्यालय वनस्थलीमा बस्नेछ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र इलाममा हुने उपनिर्वाचनमा उठाउने उम्मेदवारबारे छलफल हुने सचिवालयलले जनाएको छ । 

Ncell
Extreme Energy

गत भदौ २६ मा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधन भएसँगै उक्त क्षेत्रको सांसद पद रिक्त छ । निर्वाचन आयोगले इलाम क्षेत्र नम्बर २ मा बैशाख १५ गते उपनिर्वाचनको मिति तोकेको छ । 

उक्त निर्वाचनमा उम्मेदवार घोषण गर्नुअघि रास्वपाले मत सर्वेक्षण समेत गरेको छ । रास्वपाका ६ सांसदले इलामको सर्वेक्षण गरेका हुन् ।  सोविता गौतम, गणेश पराजुली, मनिष झा, अशोक चौधरी, असिम शाह र हरि ढकालले इलाममा सर्वेक्षण गरेका हुन् । उनीहरुले सोमबारको केन्द्रीय समिति बैठकमा त्यसको ब्रिफिङ गर्नेछन् । सो पश्चात रास्वपाले उठाउने उम्मेदवारबारे छलफल गर्ने बताइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
१५औं महाधिवेशनबाट यस्तो बन्यो कांग्रेस केन्द्रीय समिति (पदाधिकारी र सदस्यहरूको सूचीसहित)

१५औं महाधिवेशनबाट यस्तो बन्यो कांग्रेस केन्द्रीय समिति (पदाधिकारी र सदस्यहरूको सूचीसहित)

नेपाली कांग्रेसको १५औँ महाधिवेशनले गगन थापाको नेतृत्वमा २३१ सदस्यीय नयाँ केन्द्रीय समिति निर्वाचित गरेको छ । २९७ सदस्यीय केन्द्रीय समितिमा सभापतिले ६६ जना केन्द्रीय सदस्य मनोनीत गर्नेछन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
कांग्रेस महाधिवेशनः  मतगणना सकियो, दसैंपछि प्रमाणपत्र

कांग्रेस महाधिवेशनः मतगणना सकियो, दसैंपछि प्रमाणपत्र

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत भएको नयाँ नेतृत्व चयनको लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको छ ।
राज्यका संवेदनशील सूचना चुहाउनेले उन्मुक्ति पाउँदैनः गृहमन्त्री सुधन गुरुङ

राज्यका संवेदनशील सूचना चुहाउनेले उन्मुक्ति पाउँदैनः गृहमन्त्री सुधन गुरुङ

मन्त्री गुरुङले भने, “प्रहरीलाई उत्प्रेरित गर्ने गरी कानुनमार्फत सेवासुविधा थप गर्न वर्तमान सरकारले पहल गरिरहेको छ । आवास, स्वास्थ्यलगायतका सेवा सुविधा तथा सरुवा–बढुवालाई व्यवस्थित गरिनेछ ।” प्रहरीको उनले...