नेभिगेशन
सबै कुरा
राष्ट्रियसभा अध्यक्ष उम्मेदवार:

राजनीतिमा योगदानबारे थाहै नपाएका पक्षले आफूमाथि प्रचण्डको भाइको आरोप लगाउँछन् : नारायण दाहाल

काठमाडाैँ । सत्ता गठबन्धनका तर्फबाट राष्ट्रियसभाको अध्यक्ष पदका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद नारायण दाहालले पार्टीमा आफूले दिएको योगदान र जिम्मेवारीका आधारमा आफूले उम्मेदवारी दिएको बताएका छन् ।

उनले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीको जिज्ञासामा आफू प्रचण्डको भाइ भएर उम्मेदवारी नदिएको बरु आफूले नेपाली राजनीतिमा दिएको योगदानका कारण उम्मेदवारी दिएका छन् । “सामान्यतः प्रदेशको सह–इञ्चार्जको जिम्मेवारीमा जाँदासमेत पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को परिवारसँग जोडेर हेर्ने गरिन्थ्यो, यो आरोप पहिलो पटक होइन ।”, उनले भने । 

City Express

त्यस्तै उनले आफू विसं २०३६ देखि राजनीतिक गतिविधिमा लागेकामा त्यो योगदानबारे थाहै नपाएका पक्षले आफूमाथि आरोप लगाएको जनाउँदै उनले भूमिका नै नबुझी यसरी बारम्बार प्रश्न गर्दा कति न्याय होला भनी प्रश्न गरेका छन् ।

“त्यसबेला यदि दाजुभाइको नाता लगाउनेले युद्धमा हिँड्दा दाइ हिँडेको छ, परिवारका सबै किन हिँड्नु प¥यो भनी किन प्रश्न नगरेको ?”, उम्मेदवार दाहालले प्रश्न गरे । त्यसबेला युद्धमा नलाग्दा आफ्नो परिवार बचाउन लाग्यो भन्ने नेतृत्वलाई लाञ्छना लाग्ने गरेको उनले सुनाए ।

“मैले आफ्नो योगदानअनुसारको जिम्मेवारी पाउन लागेको छु, सिङ्गो पार्टी पङ्क्तिले एकमतका साथ मलाई उम्मेदवार बनाउने निर्णय गरेको छ, यसलाई अन्यथा लिन मिल्दैन”, दाहालले भने । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यातायात विभागले गर्यो दसैँ लक्षित १९ बुँदे निर्णय, अग्रिम टिकट बुकिङसहित के के छन् ? (निर्णयसहित)

यातायात विभागले गर्यो दसैँ लक्षित १९ बुँदे निर्णय, अग्रिम टिकट बुकिङसहित के के छन् ? (निर्णयसहित)

सरोकारवालासँगको बैठकपछि यातायात व्यवस्था विभागले दशैंलाई लक्षित गरी घटस्थापनादेखि २२ असोज (पूर्णिमाको पर्सिपल्ट) सम्म नेपालभर लागु हुने गरी रुट परमिट खुल्ला गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य भएको छ । संसद सचिवालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेको पत्र सचिवालयमा पठाएका छन् ।
जेनजी प्रदर्शनमा मृत्यु भएका ६ जनाको शव सेनाको हेलिकप्टरमार्फत सम्बन्धित जिल्लामा पुर्‍याइयो

जेनजी प्रदर्शनमा मृत्यु भएका ६ जनाको शव सेनाको हेलिकप्टरमार्फत सम्बन्धित जिल्लामा पुर्‍याइयो

यही भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा मृत्यु भएका उनीहरूको शव परिवारका सदस्यसहित सुनसरी, उदयपुर, सिराहा, धनकुटा र संखुवासभा जिल्ला पुर्‍याइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले...
प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको भेट, निर्वाचनमा सहयोग गर्न आग्रह

प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको भेट, निर्वाचनमा सहयोग गर्न आग्रह

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।