नेभिगेशन
सबै कुरा

हतकडीसहित भागेका थुनुवा समाउन गएका प्रहरीकाे भिरबाट लडेर मृत्यु

दार्चुला । भिरबाट लडेर घाइते भएका प्रहरी जवान सोहन चौधरीको मृत्यु भएको छ । आज दिउँसो १२ बजेतिर जिल्ला प्रहरी कार्यालय दार्चुलाको मुद्दा शाखाबाट भागेका थुनुवा उमेश कुँवरलाई समात्ने क्रममा प्रहरी जवान चौधरी भिरबाट लडेका थिए । 

जिल्ला प्रहरी कार्यालय भवन पछाडिको भिरबाट करिब एकसय मिटर तल खस्दा चौधरीको टाउकोमा गम्भीर चोट लागेको थियो । उनको जिल्ला अस्पताल दार्चुलामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए। 

City Express

प्रहरी हिरासतमा रहेका महाकाली नगरपालिका–१ का २३ वर्षीय कुँवर अनुसन्धानका लागि मुद्दा फाँटमा लैजाने बेला हतकडीसहित भागेका थिए । कुँवरलाई पछ्याउने क्रममा प्रहरी जवान चौधरी भिरबाट लडेका थिए । प्रहरी हिरासतबाट भागेका कुँवर हतकडीसहित महाकाली नदी पार गरी भारत पुगेका थिए । कुँवरलाई भारतमा रहेको गोरखा रेजिमेन्टको सहयोगमा नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय दार्चुलामा ल्याइएको जनाइएको छ । 

गत माघ ७ गते दुई जना प्रहरीमाथि चक्कु प्रहार गरी फरार भएका कुँवरलाई प्रहरीले यही फागुन २० गते महाकाली नगरपालिका–४ पुलघाट क्षेत्रबाट पक्राउ गरेको थियो । 

कुँवरले श्रीमती धनिशा कुँवरलाई घरमा बन्धक बनाई कुटपिट गर्ने गरेको उजुरीका आधारमा उनलाई पक्राउ गर्न सामुदायिक प्रहरी केन्द्र बाङ्गाबगरबाट गएका प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्बर ठगुन्नालाई चक्कु प्रहार गरी घाइते बनाएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यातायात विभागले गर्यो दसैँ लक्षित १९ बुँदे निर्णय, अग्रिम टिकट बुकिङसहित के के छन् ? (निर्णयसहित)

यातायात विभागले गर्यो दसैँ लक्षित १९ बुँदे निर्णय, अग्रिम टिकट बुकिङसहित के के छन् ? (निर्णयसहित)

सरोकारवालासँगको बैठकपछि यातायात व्यवस्था विभागले दशैंलाई लक्षित गरी घटस्थापनादेखि २२ असोज (पूर्णिमाको पर्सिपल्ट) सम्म नेपालभर लागु हुने गरी रुट परमिट खुल्ला गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य भएको छ । संसद सचिवालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेको पत्र सचिवालयमा पठाएका छन् ।
जेनजी प्रदर्शनमा मृत्यु भएका ६ जनाको शव सेनाको हेलिकप्टरमार्फत सम्बन्धित जिल्लामा पुर्‍याइयो

जेनजी प्रदर्शनमा मृत्यु भएका ६ जनाको शव सेनाको हेलिकप्टरमार्फत सम्बन्धित जिल्लामा पुर्‍याइयो

यही भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा मृत्यु भएका उनीहरूको शव परिवारका सदस्यसहित सुनसरी, उदयपुर, सिराहा, धनकुटा र संखुवासभा जिल्ला पुर्‍याइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले...
प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको भेट, निर्वाचनमा सहयोग गर्न आग्रह

प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको भेट, निर्वाचनमा सहयोग गर्न आग्रह

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।