नेभिगेशन
सबै कुरा

लाइटर बोकेको ट्रकमा लागेको आगो जब चिसापानी पुलमा सल्कियाे...

काठमाडौँ । पूर्व पश्चिम राजमार्गअन्तर्गत कैलाली र बर्दिया जोड्ने चिसापानीको कर्णाली पुलमा भीषण आगलागी भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लाइटर बोकेर पुलमा गुडिरहेको ट्रकमा लागेको आगो पुलको लठ्ठामा समेत सल्किएकाे छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख एसपी प्रविण धितालकाअनुसार वीरगंजबाट धनगढीका लागि लाइटर बोकेर आएको ट्रकमा आगो लागेको हो । 

Ncell
Extreme Energy

लाइटर भरिएको ना ५ ख ५५५७ नम्बरको ट्रकमा अपरान्ह ४ बजेतिर एक्कासी आगो लागेको धितालले बताए । ‘आगलागीका कारण ट्रक जलिरहेको छ र आगो निभाउन गरिएको प्रयास सफल भएको छैन्,’ प्रहरी उपरीक्षक धितालले सिधाकुरासंग भने,‘ लम्कीबाट ल्याइएको दमकलले छ्यापेको पानीले पनि आगो नियन्त्रणमा आउन सकेन । अर्को दमकल मगाइरहेका छौं । ’ 

उनका अनुसार ट्रक बर्दियाबाट कर्णाली चिसापानी पुलको करिब २५ मिटर भित्र छिरेपछि आगलागीमा परेको हो । ट्रकको आगोको लप्काले पुलको लठ्ठामा लगाइएको प्लाष्टिकको कभरमा जलेको एसपी धितालले बताए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भेडीगोठमा लालबिरका सात दशक

भेडीगोठमा लालबिरका सात दशक

शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा भिरेर ट्याक पाइन्ट लगाएका । खुट्टामा घुँडासम्म छोपिने गमबुट । भेडाबाख्राका हुलको पछिपछि दौडिरहेका ८१ वर्षीय लालबिर तिलिजाको सक्रियता युवा...
आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

मंगलबार ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ ।
कृष्णभीरको अवरोधले काठमाडौँ यात्रा बन्यो कष्टकर

कृष्णभीरको अवरोधले काठमाडौँ यात्रा बन्यो कष्टकर

'वैकल्पिक बाटो निकै लामो र थकाइलाग्दो रहेछ। वर्षाका कारण बाटो चिप्लो हुने र ठाउँठाउँमा पहिरोको जोखिमसमेत रहेकाले डर लाग्छ', उनले बताइन्।
आज जेनजी सहिद दिवस- सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

आज जेनजी सहिद दिवस- सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

एक वर्षअघि काठमाडौँका सडकमा देखिएको त्यो दृश्य नेपालको राजनीतिक तथा सामाजिक इतिहासमा लामो समयसम्म सम्झिइनेछ ।