नेभिगेशन
सबै कुरा

भेपमा सुन तस्करी प्रकरण : कृष्ण महरालाई मुद्दा चलाउन आयोगको सिफारिस

काठमाडाैँ । सुनको अवैध पैठारी (तस्करी) सम्बन्धी जाँचबुझ आयोगले विद्युतिय चुरोट (भेप)मा सुन तस्करी गरेको अभियोगमा पूर्वसभामुख एवम् माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा सुन तस्करी भएको विषयको छानबिन गर्न गठित आयोगले बिहिबार गृहमन्त्रीलाई प्रतिवेदन बुझाउँदै भेपमा भएको सुन तस्करी प्रकरणमा कृष्ण महराको संलग्नता देखिएको  ‌औल्याउँदै कारबाही गर्न सिफारिस गरेको हो । 

CG

२०७९ पुस १० मा दुबईबाट भेपमा लुकाएर सुन ल्याउने दाओजिङ वाङसँग कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको कनेक्सन देखिएको थियो । 

केन्द्रीय अनुसन्धान ब्यूरोले राहुल महरालाई योजनाकार भएको प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो । तर सरकारी वकिलको कार्यालयले योजनकार किटान गरिएपनि बयान नलिएको कारण थप अनुसन्धान गर्नुपर्ने बताएको थियो । भेपमा सुन तस्करी प्रकरणमा राहुल महरा अझै पनि पुर्पक्षका लागि थुनामा छन् ।

भेपमा सुन तस्करी प्रकरणमा महरा परिवारको संलग्नता भएको विषय यसअघि नै सिधाकुराले प्रकाशन गरिसकेको छ । 

महरा बाबुछाेरामाथि अनुसन्धान थाल्न सरकारी वकिलकाे प्रहरीलाई निर्देशन




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

अधिवक्ता कंडेलकाअनुसार अब उच्च अदालतको आदेश जिल्ला अदालत रुपन्देही पठाउनुपर्छ । उक्त आदेश जिल्ला अदालतले नख्खु कारागार पठाउनु पर्छ । त्यसपछि नख्खुु कारागारले लामिछानेलाई रुपन्देही जिल्ला अदालतमा पेश...
इमेज सहकारीमा मिलापत्रको बहानामा फेरि ठगिए ११ सय बढी बचतकर्ता

इमेज सहकारीमा मिलापत्रको बहानामा फेरि ठगिए ११ सय बढी बचतकर्ता

‘मिलापत्रको कागज र अदालतमा बयान गरेपछि देवकुमारको सम्पत्ति बिक्री गरेर पैसा फिर्ता पाइन्छ भनियो,’ राजभण्डारी भन्छन्, ‘जब पैसा पाएको लिखत तमसुक र अदालतमा बयान सकियो । देवकुमारविरुद्ध सम्पत्ति...
पोखरा र भैरहवा विमानस्थल भ्रष्टाचारबारे राजन दाहालको भित्री खुलासा

पोखरा र भैरहवा विमानस्थल भ्रष्टाचारबारे राजन दाहालको भित्री खुलासा

लेखनाथ दाहाल (राजन) विघटित प्रतिनिधिसभा सदस्य हुन् । उनी तत्कालीन माओवादीका केन्द्रका तर्फबाट २०७९ मा सिन्धुलीबाट निर्वाचित भएका थिए ।  भ्रष्टाचार, अनियमितता, मुलुकको फितलो कूटनीति, अर्थराजनीति देखि भू(राजनीतिसम्म...