नेभिगेशन
सबै कुरा

भेपमा सुन तस्करी प्रकरण : कृष्ण महरालाई मुद्दा चलाउन आयोगको सिफारिस

काठमाडाैँ । सुनको अवैध पैठारी (तस्करी) सम्बन्धी जाँचबुझ आयोगले विद्युतिय चुरोट (भेप)मा सुन तस्करी गरेको अभियोगमा पूर्वसभामुख एवम् माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा सुन तस्करी भएको विषयको छानबिन गर्न गठित आयोगले बिहिबार गृहमन्त्रीलाई प्रतिवेदन बुझाउँदै भेपमा भएको सुन तस्करी प्रकरणमा कृष्ण महराको संलग्नता देखिएको  ‌औल्याउँदै कारबाही गर्न सिफारिस गरेको हो । 

Ncell
Extreme Energy

२०७९ पुस १० मा दुबईबाट भेपमा लुकाएर सुन ल्याउने दाओजिङ वाङसँग कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको कनेक्सन देखिएको थियो । 

केन्द्रीय अनुसन्धान ब्यूरोले राहुल महरालाई योजनाकार भएको प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो । तर सरकारी वकिलको कार्यालयले योजनकार किटान गरिएपनि बयान नलिएको कारण थप अनुसन्धान गर्नुपर्ने बताएको थियो । भेपमा सुन तस्करी प्रकरणमा राहुल महरा अझै पनि पुर्पक्षका लागि थुनामा छन् ।

भेपमा सुन तस्करी प्रकरणमा महरा परिवारको संलग्नता भएको विषय यसअघि नै सिधाकुराले प्रकाशन गरिसकेको छ । 

महरा बाबुछाेरामाथि अनुसन्धान थाल्न सरकारी वकिलकाे प्रहरीलाई निर्देशन




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...
एन्फा भ्रष्टाचारमा चुर्लुम्म ! फउल गर्ने पदाधिकारीलाई होला जेल ?

एन्फा भ्रष्टाचारमा चुर्लुम्म ! फउल गर्ने पदाधिकारीलाई होला जेल ?

पछिल्ला २ दशक नेपाली फुटबलले पटक पटक संकट भोग्दै आइरहेको छ । एन्फाका पदाधिकारीले सुशासनको नियम उल्लंघन गर्दै कमाउ धन्दामा लाग्दा पटक पटक निलम्बित हुनु परेको छ ।...