नेभिगेशन
सबै कुरा

सुन अनुसन्धान आयोगको खुलासा ‘ट्र्याक भएको तस्कर समाउन समेत प्रहरीले सहयोग गरेन’

काठमाडौँ । सुन तस्करीको अनुसन्धान गर्न गठित सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगलाई प्रहरीले नै असहयोग गरेको पाइएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विद्युतीय चुरोट (भेप) मार्फत तस्करी भएको ९ किलो र ब्रेक सु मा तस्करी भएको करिब ६० किलो सुनको अनुसन्धान गर्न सरकारले असोज १४ गते उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको थियो । 

CG

पक्राउ र थुनछेकसम्मको अधिकार भएको आयोगले आफ्नो अनुसन्धान क्रममा केही सन्दिग्ध व्यक्तिहरूको लोकेसन ट्रयाक गरेको थियो । तर, उनीहरुलाई पक्राउ गर्न प्रहरीले सहयोग नगरेको आयोगका एक सदस्यले सिधाकुरालाई बताए ।

‘सरकारले आयोग त गठन गर्यो । अनुसन्धान गर्न जे सहयोग गर्नुपर्ने थियो, सम्बद्ध निकायले त्यसमा सँधै आनाकानी गर्यो,’ ति अधिकारी भन्छन्,  ‘ट्र्याक भएको व्यक्ति समाउन समेत प्रहरीले जनशक्ति र भेइकल (सवारी) दिएनन् ।’ 

उनका अनुसार आयोगलाई अनुसन्धानका क्रममा विभिन्न स्थानमा छापा हान्नुपर्ने भयो । त्यसका लागि उनीहरुलाई प्रशासन र प्रहरी लगायत अन्य निकायको आवश्यकता थियो । जसका लागि उनीहरुले सरोकारवाला निकायमा पत्राचार गरे तर सहयोग पाएनन् । 

त्यस्तै आयोगकाअनुसार सुनको अनुसन्धान गर्न राजस्व बुझेको एक अधिकृत चाहिएको थियो । अधिकृत पठाइदिन अर्थ मन्त्रालयलाई पटक पटक पत्राचार गर्दा पनि अर्थ सचिव र मन्त्रीले कर्मचारी दिएनन् ।

सरकारले २ महिनामा अनुसन्धान सक्न समयसिमा तोकेर दिएपनि सरकारकै असहयोगले अनुसन्धान सक्न ५ महिना लागेको पनि आयोगले जनाएको छ । ‘अनुसन्धान गर भन्ने अनि अनुसन्धान गर्न सहयोग पनि नगर्ने अनि हामीले कसरी समयमा अनुसन्धान सक्नु ?’, उनी प्रश्न गर्छन् । त्यस्तै सरकारको त्यत्तिका असहयोगका बिचपनि आफूहरुले पूर्ण अनुसन्धान गरेको उनको जिकिर छ । 

सरकारले गठन गरेको उक्त आयोगको सदस्यमा पूर्वसहसचिवद्वय किशोरजङ्ग कार्की र प्रेमराज जोशी तथा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा थिए । 

उनीहरुले करिब ५ महिना लगाएर सुन तस्करीको अनुसन्धान गरेर ४८५ पृष्ठको प्रतिवेदन बिहिबार उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई बुझाएका थिए ।

अनुसन्धानका क्रममा उनीहरुले ९ भन्सार नाकाको स्थलगत अनुगमन, ६८ व्यक्तिसँगको बयान र ६१ विज्ञसँगको परामर्श गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

अधिवक्ता कंडेलकाअनुसार अब उच्च अदालतको आदेश जिल्ला अदालत रुपन्देही पठाउनुपर्छ । उक्त आदेश जिल्ला अदालतले नख्खु कारागार पठाउनु पर्छ । त्यसपछि नख्खुु कारागारले लामिछानेलाई रुपन्देही जिल्ला अदालतमा पेश...
इमेज सहकारीमा मिलापत्रको बहानामा फेरि ठगिए ११ सय बढी बचतकर्ता

इमेज सहकारीमा मिलापत्रको बहानामा फेरि ठगिए ११ सय बढी बचतकर्ता

‘मिलापत्रको कागज र अदालतमा बयान गरेपछि देवकुमारको सम्पत्ति बिक्री गरेर पैसा फिर्ता पाइन्छ भनियो,’ राजभण्डारी भन्छन्, ‘जब पैसा पाएको लिखत तमसुक र अदालतमा बयान सकियो । देवकुमारविरुद्ध सम्पत्ति...
पोखरा र भैरहवा विमानस्थल भ्रष्टाचारबारे राजन दाहालको भित्री खुलासा

पोखरा र भैरहवा विमानस्थल भ्रष्टाचारबारे राजन दाहालको भित्री खुलासा

लेखनाथ दाहाल (राजन) विघटित प्रतिनिधिसभा सदस्य हुन् । उनी तत्कालीन माओवादीका केन्द्रका तर्फबाट २०७९ मा सिन्धुलीबाट निर्वाचित भएका थिए ।  भ्रष्टाचार, अनियमितता, मुलुकको फितलो कूटनीति, अर्थराजनीति देखि भू(राजनीतिसम्म...