नेभिगेशन
सबै कुरा

विमानस्थल भन्सारका तत्कालीन प्रमुख सहसचिव अरुण पोखरेल पनि सुन तस्करीमा दोषी

काठमाडौँ । सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेल दोषी देखिएका छन् । 

६० किलो सुन र भेप प्रकरणबारे जाँचबुझ गर्न गठित उच्चस्तरीय आयोगले बुझाएको प्रतिवेदनमा सहसचिव पोखरेलसहित ३ जनालाई कारबाही गर्न सिफारिस गरिएको छ । 

City Express

‘तत्कालीन भन्सार प्रशासक अरुण पोखरेल, उपसचिवद्वय श्रीधर टण्डन र मुक्ति श्रेष्ठलाई कारबाही गर्नू,’ पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगको सिफारिसमा भनिएको छ । 

माओवादी नेताहरू निकट पोखरेल सहसचिव भएको छोटो समयमै निकै आकर्षक ठाउँहरूमा पोस्टिङ पाएका व्यक्ति हुन् । सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारी रहेको पोखरेललाई जनार्दन शर्माले देशकै सबै भन्दा ठूलो वीरगन्ज भन्सारको जिम्मेवारी दिएका थिए । वीरगञ्जमा छोटो समय बसेका उनी लगत्तै लगत्तै देशकै अर्को महत्वपूर्ण भन्सार कार्यालय त्रिभुवन विमानस्थलको प्रमुख भएका थिए । 

सुन प्रकरणमा विवादित बनेपछि लामो समय अर्थ मन्त्रालयको जगेडामा बसेका उनलाई सरकारले सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयको सचिव बनाएर पठाएको थियो । गत १७ फागुनमा सरकारको उनको सरुवा गृह मन्त्रालयमा गरेको छ । 

आयोगले उनलाई सुन तस्करी रोक्न प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै विभागीय कारबाहीको सिफारिस गरेको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...
बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आइतबार अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा एकै परिवारका तीन सहित चार जनाको मृत्यु, बसले अटोरिक्सालाई ठक्कर दिएको थियो

दुर्घटनामा एकै परिवारका तीन सहित चार जनाको मृत्यु, बसले अटोरिक्सालाई ठक्कर दिएको थियो

विराटनगरबाट धनगढी गइरहेको सुप्र०१–००१ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश२–०१–००१ह १२३० नम्बरको अटोरिक्सालाई शनिबार साँझ ठक्कर दिएको थियो ।
छोराको प्रहारबाट बाबुको मृत्यु, आमा घाइते

छोराको प्रहारबाट बाबुको मृत्यु, आमा घाइते

मालिका –३ म्यालका २३ वर्षीय भोटबहादुर विकले शनिबार ५२ वर्षीय धनबहादुरको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारूले जानकारी दिए ।