नेभिगेशन
सबै कुरा

विमानस्थल भन्सारका तत्कालीन प्रमुख सहसचिव अरुण पोखरेल पनि सुन तस्करीमा दोषी

काठमाडौँ । सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेल दोषी देखिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

६० किलो सुन र भेप प्रकरणबारे जाँचबुझ गर्न गठित उच्चस्तरीय आयोगले बुझाएको प्रतिवेदनमा सहसचिव पोखरेलसहित ३ जनालाई कारबाही गर्न सिफारिस गरिएको छ । 

Ncell
Extreme Energy

‘तत्कालीन भन्सार प्रशासक अरुण पोखरेल, उपसचिवद्वय श्रीधर टण्डन र मुक्ति श्रेष्ठलाई कारबाही गर्नू,’ पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगको सिफारिसमा भनिएको छ । 

माओवादी नेताहरू निकट पोखरेल सहसचिव भएको छोटो समयमै निकै आकर्षक ठाउँहरूमा पोस्टिङ पाएका व्यक्ति हुन् । सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारी रहेको पोखरेललाई जनार्दन शर्माले देशकै सबै भन्दा ठूलो वीरगन्ज भन्सारको जिम्मेवारी दिएका थिए । वीरगञ्जमा छोटो समय बसेका उनी लगत्तै लगत्तै देशकै अर्को महत्वपूर्ण भन्सार कार्यालय त्रिभुवन विमानस्थलको प्रमुख भएका थिए । 

सुन प्रकरणमा विवादित बनेपछि लामो समय अर्थ मन्त्रालयको जगेडामा बसेका उनलाई सरकारले सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयको सचिव बनाएर पठाएको थियो । गत १७ फागुनमा सरकारको उनको सरुवा गृह मन्त्रालयमा गरेको छ । 

आयोगले उनलाई सुन तस्करी रोक्न प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै विभागीय कारबाहीको सिफारिस गरेको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
फोनमा चर्को स्वरमा बोलेको रिसमा साथीको घाँटी रेटेर हत्या

फोनमा चर्को स्वरमा बोलेको रिसमा साथीको घाँटी रेटेर हत्या

चक्कु प्रहार गर्ने ढोरपाटन नगरपालिका–६ का २५ वर्षका अर्जुन घर्ती मगर र ढोरपाटन नगरपालिका–५ बस्ने वर्ष ३६ का रिख दमाईलाई अनुसन्धानका लागि २६ गते नै पक्राउ गरिएकोमा उनिहरुले...
काठमाडौँकाे भ्याली ब्वाइज होस्टलमा कुटपिटबाट युवकको मृत्यु

काठमाडौँकाे भ्याली ब्वाइज होस्टलमा कुटपिटबाट युवकको मृत्यु

गम्भीर घाइते कालाथोकीको मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घटनालगत्तै प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले बाराको कलैया उपमहानगरपालिका–३ घर भएका १८ वर्षीय किशोरलाई...
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...