नेभिगेशन
सबै कुरा

मोबाइलको क्रान्ती यात्रा

काठमाडाैँ । आजको समय सम्म आइपुग्दा मोबाइल अति आवश्यक उपकरण भइसकेको छ । २१ ‌औँ शताब्दीमा विज्ञानले हामिलाइ नँया नँया उपकरण दिइरहेको नै छ । यसैमा मोबाइल पनि विज्ञानको एक अनौठो आविष्कार हो । समयको परिवर्तनसँगै प्रबिधिमा पनि धेरै छिटो परिवर्तन भइरहेको छ । समयसँगै अहिले टाढा टाढाका आफन्त हरु सङ्ग बोल्न तेति कष्ट गर्नु पर्दैन । नेपालको सन्दर्भमा कुरा गर्दा अहिलेको समयमा जसरी हरेक व्यक्तिको हात हातमा मोबाइल देख्न सकिन्छ तर आज भन्दा एक दशक भन्दा अघि सायदै यसरि जो कोहि सँग मोबाइल हुन्थ्यो । टेलिफोन सम्पर्कका लागि शहरमा बिभिन्न स्थानहरुमा टेलिफोन बुँथहरु हुन्थे भने गाउँमा भने टेलिफोन भएको घर बिरलै पाइन्थे । गाउँमा यस्तो अवस्थामा एक कल फोन गर्नका लागि घन्टौ लगाएर बस्नु पर्थ्याे । 

विश्व इतिहासमा सन १९७३ मा मोटोरोलाका इन्जिनियर मार्टिन कपूरले आफ्नो प्रतिद्धन्द्धी कम्पनीका कर्मचारीसँग पहिलोचोटी गरेको कुराकानी नै मोबाइल फोनमा गरिएको पहिलो कुराकानीको रुपमा लिइएको छ । त्यसको १० बर्षपछि मोटोरोलाले मोबाइल फोन बजारमा लेरायो , जसको मु थियो, दुई लाख रुपैया । मोटोरोलाको पहिलो हैंडसेटको नाम थियो डायना टीएसी । यसको ब्याट्रीलाई एकचोटीचार्ज गरेमा मात्र ३५ मिनेट कुरा गर्न सकिन्थ्यो । यसको तौल ७ सय ९४ ग्राम सम्मको थियो । सन् १९८५ मा बेलायतका हांस्य कलाकार एरिन वाइजले सैन्ट कैथरिन बन्दरगाहबाट वोडाफोनको कार्यालयमा फोन गरी बेलायतमा पहिलो पटक मोबाइल फोनको शुरुवात गरको इतिहास छ ।

Global Ime Bank

यसपछी ओ–२ नामको मोबाइल सेटले आफनो सेवा सुरु गर्यो । वोडाफोनको १० लाख ग्राहक बनाउनका लागि डेढ वर्षको समय लाग्यो । फ्रांसीसी व्यवसायी  फिलिप खानले सन् १९८७ को जुन ११ तारिखमा आफ्नो छोरी सोफीको फोटो लिएसँगै क्यामरा जडान गरिएको मोबाइलको सुरुवात भयो । यसको सुरुवातीका दिनमा टचस्क्रीन थियो । जस मार्फत इमेल, इलेक्ट्रिकल पेजर, क्यालेन्डर, क्यालकुलेटर र एड्रेस बुकका रुपमा काम गर्ने खालको बनाइयो । यसैगरी मोबाइलमार्फत टेक्स मेसेज पठाउने तरिका र यसका अक्षर १ सय ६० को सीमा सहितको नयाँ प्रविधि फ्रीडेलहम हेलीब्रान्ड नामका एक जर्मन इन्जिनियरले सुरु गरे । सन १९९३ मा आयोजित वायरलेस वल्र्ड कम्फरेन्समा आई बी एम नामको पहिलो स्मार्टफोन बजारमा आयो । सन २०१२ मा एक अर्व ७९ करोड वटा मोबाइल बिक्री भयो । जसमा नोकिया, सामसुङ र एप्पेलका रहेका छन ।

नेपालमा मोबाइल जीएसएम शुरुवात २२ वर्ष अगाडि भएको इतिहास छ । जीएसएम मोबाइलको परीक्षण २०५६ वैशाख १ गते शुरु भएको थियो भने औपचारिक रुपमा ५६ वैशाख ३० बाट पोस्पेड मोबाइलको वितरण प्रारम्भ भएको थियो । पहिलो चरणमा नेपालमा भित्रिएका मोबाइल नर्टेल कम्पनीको पहिलो पुस्ता अर्थात १ जी थिए जुन उच्च वर्ग र ओहदाका मानिसको पहुँचमा मात्र सीमित थियो किन भने यो निकै महंगो थियो जुन मध्यम वर्गको पहुँच भन्दा बाहिर थियो । २०६० साल भदौ ६ गतेदेखि तत्कालीन नेपाल दूरसंचार संस्थान हाल को नेपाल टेलिकमले प्रिपेड मोबाइलको शुरुवात गरेको थियो । यस अघि पोस्टपेड मात्र प्रयोगमा थियो ।

सरकारले नेपाली दूरसञ्चार संस्थानलाई २०६१ मा नेपाल टेलिकममा परिवर्तन गरे पछि भने नेपालमा मोबाइल सेवा द्रुुत गतिमा अघि बढ्यो । नेपाल टेलिकमले सीडीएमए सेवाको शुरुवात पनि सोही साल शुरु गर्यो जसले उच्च हिमाली भेगमा मोबाइल सेवा सञ्चालन गर्न सहज भएको हो ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय र कुलिङ अफ पिरियडमा संसदीय छानबिन समिति बनाउन माग गर्ने रास्वपाको निर्णय

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय र कुलिङ अफ पिरियडमा संसदीय छानबिन समिति बनाउन माग गर्ने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म सदनमा प्रतिरोध कायमै राख्ने निर्णय गरेको छ ।
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने

चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने

सहरी विकास मन्त्रालयले काठमाडौँको चोभार गल्छीका चट्टान नफोडिने स्पष्ट पारेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै निकास विन्दुका रुपमा रहेको गल्छीका चट्टान नफोडिने उल्लेख गर्दै त्यहाँ...
पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न अदालतको आदेश

पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न अदालतको आदेश

पत्रकार दिलभूषण पाठकलाई विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दामा काठमाडौं जिल्ला अदालतले २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश खेमराज भट्टको इजलासले उनलाई धरौटीमा रिहा गर्न...
अदालतको अवहेलना मुद्दामा मेडिकल एसोसिएसनका महासचिवलाई जवाफ दिन अदालतको आदेश

अदालतको अवहेलना मुद्दामा मेडिकल एसोसिएसनका महासचिवलाई जवाफ दिन अदालतको आदेश

नेपाल मेडिकल एसोसिएसनका महासचिव डा सञ्जीव तिवारीलाई अदालतको अवहेलनमा मुद्दामा ७ दिनभित्र जवाफ पेस गर्न आदेश भएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय श्यामकुमार भट्टराई र हेमन्त रावलको...

भर्खरै