नेभिगेशन
सबै कुरा

मोबाइलको क्रान्ती यात्रा

काठमाडाैँ । आजको समय सम्म आइपुग्दा मोबाइल अति आवश्यक उपकरण भइसकेको छ । २१ ‌औँ शताब्दीमा विज्ञानले हामिलाइ नँया नँया उपकरण दिइरहेको नै छ । यसैमा मोबाइल पनि विज्ञानको एक अनौठो आविष्कार हो । समयको परिवर्तनसँगै प्रबिधिमा पनि धेरै छिटो परिवर्तन भइरहेको छ । समयसँगै अहिले टाढा टाढाका आफन्त हरु सङ्ग बोल्न तेति कष्ट गर्नु पर्दैन । नेपालको सन्दर्भमा कुरा गर्दा अहिलेको समयमा जसरी हरेक व्यक्तिको हात हातमा मोबाइल देख्न सकिन्छ तर आज भन्दा एक दशक भन्दा अघि सायदै यसरि जो कोहि सँग मोबाइल हुन्थ्यो । टेलिफोन सम्पर्कका लागि शहरमा बिभिन्न स्थानहरुमा टेलिफोन बुँथहरु हुन्थे भने गाउँमा भने टेलिफोन भएको घर बिरलै पाइन्थे । गाउँमा यस्तो अवस्थामा एक कल फोन गर्नका लागि घन्टौ लगाएर बस्नु पर्थ्याे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विश्व इतिहासमा सन १९७३ मा मोटोरोलाका इन्जिनियर मार्टिन कपूरले आफ्नो प्रतिद्धन्द्धी कम्पनीका कर्मचारीसँग पहिलोचोटी गरेको कुराकानी नै मोबाइल फोनमा गरिएको पहिलो कुराकानीको रुपमा लिइएको छ । त्यसको १० बर्षपछि मोटोरोलाले मोबाइल फोन बजारमा लेरायो , जसको मु थियो, दुई लाख रुपैया । मोटोरोलाको पहिलो हैंडसेटको नाम थियो डायना टीएसी । यसको ब्याट्रीलाई एकचोटीचार्ज गरेमा मात्र ३५ मिनेट कुरा गर्न सकिन्थ्यो । यसको तौल ७ सय ९४ ग्राम सम्मको थियो । सन् १९८५ मा बेलायतका हांस्य कलाकार एरिन वाइजले सैन्ट कैथरिन बन्दरगाहबाट वोडाफोनको कार्यालयमा फोन गरी बेलायतमा पहिलो पटक मोबाइल फोनको शुरुवात गरको इतिहास छ ।

Ncell
Extreme Energy

यसपछी ओ–२ नामको मोबाइल सेटले आफनो सेवा सुरु गर्यो । वोडाफोनको १० लाख ग्राहक बनाउनका लागि डेढ वर्षको समय लाग्यो । फ्रांसीसी व्यवसायी  फिलिप खानले सन् १९८७ को जुन ११ तारिखमा आफ्नो छोरी सोफीको फोटो लिएसँगै क्यामरा जडान गरिएको मोबाइलको सुरुवात भयो । यसको सुरुवातीका दिनमा टचस्क्रीन थियो । जस मार्फत इमेल, इलेक्ट्रिकल पेजर, क्यालेन्डर, क्यालकुलेटर र एड्रेस बुकका रुपमा काम गर्ने खालको बनाइयो । यसैगरी मोबाइलमार्फत टेक्स मेसेज पठाउने तरिका र यसका अक्षर १ सय ६० को सीमा सहितको नयाँ प्रविधि फ्रीडेलहम हेलीब्रान्ड नामका एक जर्मन इन्जिनियरले सुरु गरे । सन १९९३ मा आयोजित वायरलेस वल्र्ड कम्फरेन्समा आई बी एम नामको पहिलो स्मार्टफोन बजारमा आयो । सन २०१२ मा एक अर्व ७९ करोड वटा मोबाइल बिक्री भयो । जसमा नोकिया, सामसुङ र एप्पेलका रहेका छन ।

नेपालमा मोबाइल जीएसएम शुरुवात २२ वर्ष अगाडि भएको इतिहास छ । जीएसएम मोबाइलको परीक्षण २०५६ वैशाख १ गते शुरु भएको थियो भने औपचारिक रुपमा ५६ वैशाख ३० बाट पोस्पेड मोबाइलको वितरण प्रारम्भ भएको थियो । पहिलो चरणमा नेपालमा भित्रिएका मोबाइल नर्टेल कम्पनीको पहिलो पुस्ता अर्थात १ जी थिए जुन उच्च वर्ग र ओहदाका मानिसको पहुँचमा मात्र सीमित थियो किन भने यो निकै महंगो थियो जुन मध्यम वर्गको पहुँच भन्दा बाहिर थियो । २०६० साल भदौ ६ गतेदेखि तत्कालीन नेपाल दूरसंचार संस्थान हाल को नेपाल टेलिकमले प्रिपेड मोबाइलको शुरुवात गरेको थियो । यस अघि पोस्टपेड मात्र प्रयोगमा थियो ।

सरकारले नेपाली दूरसञ्चार संस्थानलाई २०६१ मा नेपाल टेलिकममा परिवर्तन गरे पछि भने नेपालमा मोबाइल सेवा द्रुुत गतिमा अघि बढ्यो । नेपाल टेलिकमले सीडीएमए सेवाको शुरुवात पनि सोही साल शुरु गर्यो जसले उच्च हिमाली भेगमा मोबाइल सेवा सञ्चालन गर्न सहज भएको हो ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...