नेभिगेशन
सबै कुरा

आरती साह मृत्यु प्रकरण : सासु रेनु साह पक्राउ

धनुषा प्रहरीले आरती साहकी सासु रेनु साहलाई पक्राउ गरेको छ । साहलाई जनकपुरको भानु चोकबाट पक्राउ गरिएको धनुषा प्रहरी प्रमुख एसपी मित्रबन्धु शर्माले जानकारी दिए । उनीमाथि कर्तब्य ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान गरिने एसपी शर्माले बताए । 

छोरीको न्यायको लागि काठमाडौँमा धर्ना दिदै आएका आरतीका माइती पक्ष र सरकारबीच फागुन २९ गते ५ बुँदे सहमति भएको थियो । जसमा अदालतमा विचाराधिन मुद्दालाई समेत मध्यनजर गरी प्राप्त हुन जाने थप प्रमाणहरु कानुन बमोजिम अदालतमा पेश गर्ने गरी थप अनुसन्धान गर्न नेपाल प्रहरको केन्द्रीय अनुसन्धान ब्यूरोको टोली खटाउने, मृतक आरती साहको परिवारसँगको समन्वयमा अनुसन्धान गर्ने र कार्य प्रारम्भ  गरेको पैतालिस दिनभित्र प्रतिवेदन पेश गर्ने गरी कर्तब्यज्यान सम्बन्धी मुद्दाको अनुसन्धानमा भएका कमी कमजोरीका सम्बन्धमा अनुसन्धान गर्ने, घटनाको अनुसन्धानको क्रममा परिवारमाथि प्रहरीबाट भएको भनिएको कुटपिट एवं दुव्र्यवहारका सम्बन्धमा अनुसन्धान गर्ने, लगायतका सहमति भएका थिए । 

City Express

धनुषाको जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोककी २२ वर्षीया आरती साहको गत जेठ ७ गते  रहस्यमय मृत्यु भयो । करिब ३ वर्षअघि धनुषाकै मोतीबाबु साहसँग विवाह भएको आरतीको मृत्यु नभई हत्या गरिएको भन्दै आरतीको माइती पक्षले निरन्तर आन्देलन गर्दै आएका छन् । काठमाडौँमा धर्ना बसेको २७१ औँ दिनमा गृहमन्त्री रवि लामिछानेको पहलमा वार्ता भएको थियो ।  आरतीका माइतीले आरतीकै श्रीमान मोतीबाबु साह, ससुरा मदनमोहन साह तथा सासु रेनु साहकै संलग्नतामा आरतीको हत्या भएको माइतीको दावी गर्दै जाहेरी दिएका थिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...
बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आइतबार अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा एकै परिवारका तीन सहित चार जनाको मृत्यु, बसले अटोरिक्सालाई ठक्कर दिएको थियो

दुर्घटनामा एकै परिवारका तीन सहित चार जनाको मृत्यु, बसले अटोरिक्सालाई ठक्कर दिएको थियो

विराटनगरबाट धनगढी गइरहेको सुप्र०१–००१ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश२–०१–००१ह १२३० नम्बरको अटोरिक्सालाई शनिबार साँझ ठक्कर दिएको थियो ।