नेभिगेशन
सबै कुरा

आरती साह मृत्यु प्रकरण : सासु रेनु साह पक्राउ

धनुषा प्रहरीले आरती साहकी सासु रेनु साहलाई पक्राउ गरेको छ । साहलाई जनकपुरको भानु चोकबाट पक्राउ गरिएको धनुषा प्रहरी प्रमुख एसपी मित्रबन्धु शर्माले जानकारी दिए । उनीमाथि कर्तब्य ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान गरिने एसपी शर्माले बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

छोरीको न्यायको लागि काठमाडौँमा धर्ना दिदै आएका आरतीका माइती पक्ष र सरकारबीच फागुन २९ गते ५ बुँदे सहमति भएको थियो । जसमा अदालतमा विचाराधिन मुद्दालाई समेत मध्यनजर गरी प्राप्त हुन जाने थप प्रमाणहरु कानुन बमोजिम अदालतमा पेश गर्ने गरी थप अनुसन्धान गर्न नेपाल प्रहरको केन्द्रीय अनुसन्धान ब्यूरोको टोली खटाउने, मृतक आरती साहको परिवारसँगको समन्वयमा अनुसन्धान गर्ने र कार्य प्रारम्भ  गरेको पैतालिस दिनभित्र प्रतिवेदन पेश गर्ने गरी कर्तब्यज्यान सम्बन्धी मुद्दाको अनुसन्धानमा भएका कमी कमजोरीका सम्बन्धमा अनुसन्धान गर्ने, घटनाको अनुसन्धानको क्रममा परिवारमाथि प्रहरीबाट भएको भनिएको कुटपिट एवं दुव्र्यवहारका सम्बन्धमा अनुसन्धान गर्ने, लगायतका सहमति भएका थिए । 

Ncell
Extreme Energy

धनुषाको जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोककी २२ वर्षीया आरती साहको गत जेठ ७ गते  रहस्यमय मृत्यु भयो । करिब ३ वर्षअघि धनुषाकै मोतीबाबु साहसँग विवाह भएको आरतीको मृत्यु नभई हत्या गरिएको भन्दै आरतीको माइती पक्षले निरन्तर आन्देलन गर्दै आएका छन् । काठमाडौँमा धर्ना बसेको २७१ औँ दिनमा गृहमन्त्री रवि लामिछानेको पहलमा वार्ता भएको थियो ।  आरतीका माइतीले आरतीकै श्रीमान मोतीबाबु साह, ससुरा मदनमोहन साह तथा सासु रेनु साहकै संलग्नतामा आरतीको हत्या भएको माइतीको दावी गर्दै जाहेरी दिएका थिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।
सहकारी ठगी मुद्दामा  इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद...
यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

पीक आवरमा ड्युटीमा खटिएका प्रहरीले पैदल यात्रुलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए । त्यसक्रममा कठायतले प्रहरीको आग्रह अटेर गर्नुका साथै प्रहरी कर्मचारीलाई गालीगलौज र हातपात गरेको...